क प्रचण्ड किन मौन ?

श्रदेय  अध्यक्ष कम्रेड प्रचण्ड ज्यु बिगत करिब दुइ महिना देखि अलि मौन रहनाले कतै कम्युनिष्ठ पार्टी जनताबाट बिघटनको सङ्घारमा पुग्ने त होइन ? ? ? हामी ले गरेको पार्टी एकता र जनता सङ्ग आशा देखाएर मागेको जनमत आखिर सबै यसैका लागि थिए ? आम कार्यक्रताले जनस्थरमा जनता सङ्ग र सोसलमिडिया मा हाम्रो सरकारप्रति घटेका घटनाले गर्दा बोल्न नसक्ने गरि हामी लाइ नाङ्गो पारिएको छ ।

यो कम्युनिष्ट पार्टी बिचको एकतालाइ लिएर देश बिदेशमा छरिएर रहेका आम बामपन्थि साथिहरु र जनताहरुमा एक उर्जा आएको थियो जुन फलस्वरुप जनता र कार्यक्रता अनि बामपन्थिहरुको मतले पार्टी ले नसोचेको जनबहुमत पायो र पार्टी पहिलो र सरकार को बागडोर सम्हाल्न पुग्यो । हामी ले तत्कालीन रुपमा बुझेको दुइ पार्टी बिचको चुनाबि एकता र पार्टी एकताको नेत्रीत्व अनि सरकारको बागडोर बारे पनि उतिबेलै स्पष्ठ पारे र जनता सामु गयौ ।

जनताले र हामी ले पनि के महसुस गरेका थियौ भने पक्कै पनि सरकारको नेत्रीत्व श्रदय कम्रेड केपि ओलि र पार्टी को नेत्रीत्व श्रदय कम्रेड प्रचण्ड ले गर्नुहुनेछ । तमाम दुबै तर्फका कार्यक्रतामा यो सन्देश सहित ठुलो उर्जा बोकेर म पनि बैदेशिक रोजगार कतारको सरकारि जागिर लाइ दुइ महिनाको आपत्कालिन छुट्टि बिबाह गर्न जान पर्यो भनि लिएको बिदा मैले नेपाल आएर पार्टी को चुनाबि सभामा लागे । बाग्लुङ क्षेत्र नम्बर २ मा , नवलपुर क्षेत्र १ र २ गरि आफ्नै जिल्ला मा र श्रदय अध्यक्ष कम्रेड प्रचण्ड को निर्बाचन क्षेत्रमा १० दिन भोट माग्दै पनि हिडियो ।

यो पार्टी ले पक्कै श्रमजिबि गरिब , सुकुम्मबासि मध्यम बर्गलाइ पक्कैपनि राम्रो गर्छ र देश समाजबादि राज्यसत्तामा पुराउने छ र यो देशको मुहार फेरिने छ भन्ने मैले पनि सपना देखेर दुइ महिना को तलब करिब तिन लाख उता गुमाए भने यता पार्टी लाइ चुनाबमा जिताउन पनि आफ्नो र आफ्ना नजिकका साथिहरु बाट आर्थिक सहयोग पनि यो पार्टी का लागि गरियो । करिब ३३ महिना पछि घर फर्किएको छोरो घरमा पुगेन ४० दिन सम्म । म पार्टी लाइ जिताउन पर्छ भनि बाग्लुङ , नवलपुर चितवन जिल्लामा चुनाबि प्रचारमा आफ्नै खर्चमा युवाहरु सहित लाइ लिएर एक स्कार्पियो गाडि भाडा मा लिइ त्यस गाडिमा ठुलो पार्टी को झन्डा राखेर हिडियो पनि  अन्तः पार्टी ले दुइतिहाहाइ करिब जनमत पनि ल्यायो ।

यता सबै आम कार्यक्रता ले अब केपि ओलि जि को राष्ट्रबादि पार्टी र नेत्रीत्वले यो देशको नेत्रीत्व गर्नेछ र देशका तस्करि , माफिया, गुण्डा, चोरि , हत्या, बलत्कारि, महङ्गि, कमिशसन खोरि , भ्रष्टचारि , जग्गा दलालि , सामन्तबादका अबसेश सबैको अन्त्य हुनेछ र मेरो देश पनि आर्थिक सामाजिक , राजनीतिक , प्रसासनिक, कर्मचारीतन्त्र , नारिहरु को सुरक्षा , देशको उत्पादनमा बृद्दि, र देशमा साना मझौला उधोगहरुको स्थाना र कृषि जगतमा पक्कै पनि द्रुतगामी देश ले फड्को मार्ने छ भन्ने मेरो सानो बिबेकले सोचेर म जस्ता लाखौ युवाहरु अब खाडिको लागि पासपोर्ड बनाएर मेनपावर को गल्लिगल्लिमा लाइन लाउन र खाडिबाट बाकसमा आउन नपरोस भन्ने सपना देखेर यो पार्टी लाइ जिताउन प्रदेस खाडिबाट नेपाल आए ।

आएको ४० दिनमा पार्टी ले चुनाब जित्यो र बल्ल म आफ्नो घरमा बुवा आमा को काखमा पुगे । साथिभाइ भेटे र यत्तिकैमा १० दिन बित्यो । यो पार्टी को लागि जनताको सपना साकार पार्नको लागि आफ्नो स्वार्थ भन्दा बढि देशको लागि सोचे र कम्पनिमा झुट बोलेर बिबाह को निउ पारि आएको ४९ दिन बितिसक्यो । पार्टी लाइ जित जिताइयो तर फेरि मरभुमिको खाडिमा फर्किन पर्ने स्तिथि आयो त्यसै जान पनि भएन बिबाह गरेको बिबाह पत्र कम्पनिलाइ दिनु छदै थियो र बिबाह तर्फ को योजना बनाए र बिबाह हतारमा गरियो बिबाह दर्ता गरेर बिबाह गरेको ८ दिनमा श्रीमती छोडेर प्रबास पुगे । असोज २६ गते एकता घोषणा गरिएको सम्झौता एकता जेष्ठ ३ ,२०७५ गते सम्म पुग्दा बल्ल पार्टी एकता नितिगत भयो ।

सन्सारमा कम्युनिष्ट नेत्रीत्व मैले नेपालमै देखे जहा पदका लागि लढि दुइ अध्यक्ष भएको । जेष्ट ३ गतेको पार्टी एकता को मोडेल नै यो पार्टी को खातिर सहि थिएन र हामी ले जनतालाइ र आम कार्यक्रतालाइ झुक्काइयो र एकता प्रति केहि हद सम्म सङ्का पनि उठेकै थियो । जब दुइ अध्यक्ष मोडेल केपि ओलि लाइन र तत्कालीन रुपमा केहि सचिवालय का नेत्रीत्व पार्टी एकता भाड्न चाहिरहेका थिए तर कम्रेड अध्यक्ष प्रचण्ड र तत्कालीन माओबादि धार हद सम्म एकतालाइ टिकाउन हाल सम्म लचकदार भएर नै बसिरहेको देख्दा हामी लाइ पनि उकुसमुकुस भएकै छ ।

एकले नेत्रीत्व एकले पार्टी को नेत्रीत्व भन्ने नारा लाइ धोका दिइयो तर पनि सहिएरै आइयो  सरकार मा उपप्रधानमन्त्री समेत तत्कालीन माओबादिलाइ दिइएन जुन हालको दुर्गामि अवस्थालाइ हेरेर गरिएको प्रपन्ज जस्तो अध्यक्ष केपि लाइन बाट ध्रुत भएको देखिन्छ । नेपाली नागरिक र बिश्वले हेरेको दुइ पार्टी एकताको सरकार बाट ठुलै परिणाम सोचेका हामी आम कार्यक्रता सरकार सङ्ग खुसि छैनौ नत जनता नै खुसि छन ।

सुन काण्ड , निर्मला पन्त काण्ड, सभामुख काण्ड, राष्ट्रपति बिलासिता काण्ड, वाइडबडि काण्ड , गोकर्ण रिसोर्ट काण्ड , प्रधानमन्त्री कार्यलय जग्गा काण्ड , किसान को काण्ड, सन्चारमन्त्री काण्ड, स्वास्थ्य मन्त्रालय को लापरवाही काण्ड र आइसु लेसन भेण्टिलेटर बाट पद मोह सरकारको गरेका प्रम काण्ड , पार्टी भित्र एकल बाहुबलि सम्झेर गरिएका र अलपत्र परेका सम्बैधानिक नियुक्ति काण्ड , प्रधानमन्त्री को नाटकिय काण्ड , यत्रो काण्ड भित्र पार्टी एकता दुइ बर्ष पुग्दा सम्म एकता हुन नसक्ने काण्ड र कहिले केपि घेराउ काण्ड कहिले बामदेब माधब झलनाथ घेराउ त कहिले प्रचण्ड घेराउ काण्डै कान्डले जेलिएको यस सरकार र पुर्ब माओबादि धारको मौनताले यो स्खलन भएको सरकार र पार्टी प्रतिको देखिएको बाहिरि घेराउ अटैक लाइ देख्दा अध्यक्ष प्रचण्ड किन मौन भन्ने बुझ्न सकिएन !

लाखौको बिलासि को जागिर छोडेर भरोसा गरेको यस पार्टी भित्र म अन्यायमा परिरहे । तत्कालीन माकेको पिबिएम सम्म भएको र क देवेन्द्र पौडेल को बामपन्तिहरुको एकता र ध्रुबिकरण सङ्गठन को प्रबास सङ्गठन को नेत्रीत्व गर्दै पार्टी लाइ अहम सेवा गरेको सिपाइ ले ८ दिनको बिबाहित जिवन छोडि र बिलासि लाखौको जागिर छोडि यस माहान क्रान्ति मा लागे ।

तर आज म आफै यस पार्टी भित्र न्याय खोजिरहेको छु। मेरा सुनवाइ भएन र मेरो नेत्रीत्व बाट पनि मेरो राजनितिक बचाउ भएन । म यसै पार्टी को कार्यक्रत हु छु। हाल कृषि क्रान्तिको अभियान मा पोल्ट्री ब्यबसाय गरिरहेको छु। सरकार स्खलन र भ्रष्टाचारी मा लिप्तहुदा , एकलौटि दादागिरि शैलि मा चल्दा यि सब हुदा पनि अध्यक्ष प्रचण्ड किन मौन ? ? ? आम कार्यक्रता र जनताको भावना लाइ ख्याल गरेर अध्यक्ष प्रचण्ड ले उत्तर दिन दिनुहुन्छ भन्ने मनोभाव सहित यो खुल्ला पत्र लेख्दैछु । लाल सलाम कम्रेड ।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आज एउटा विशेष दिन हो किनकि राम्रो स्वास्थ्यले तपाईं असाधारण कुरा गर्न सक्षम हुनुहुनेछ। परिवारका सदस्यहरूले तपाईंको जीवनमा एउटा विशेष ठाउँ ओगट्नेछन्। रोमान्टिक भेटघाट अत्यधिक रोमाञ्चक हुनेछ तर लामो रहने छैन। आफन्तहरूले आज तपाईंको जोडीसित तर्क गर्न सक्छन्।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

स्वास्थ्यको लागि केही ध्यान राख्नु आवश्यक छ। तपाईंले साथीहरूको माध्यमबाट पनि महत्त्वपूर्ण सम्पर्क गर्नु हुनेछ। तपाईंले एउटा मायालु र समझदार मित्र भेट्नु हुनेछ। तपाईंका आज आमाबाबुले कुनै साँच्चै नै आश्चर्यजनक कुराले तपाईंको जोडीलाई आशीर्वाद दिन सक्छन जसले अन्ततः तपाईंको वैवाहिक जीवनमा विकास ल्याउनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंको धेरै भरोसा र सजिलो काम गर्ने समयले तपाईंलाई आज आराम गर्नको लागि पर्याप्त समय दिएको छ। आफ्नो जोडीसँग राम्रो समझदारीले घरमा शान्ति, संवृद्धि र आनन्दमा ल्याउँछ। प्रेमी जीवन आज विवादास्पद हुन सक्छ। तपाईंको जोडी आज आफ्ना मित्रहरूसँग व्यस्त रहन सक्छन् जसले तपाईंलाई उदास बनाउन सक्छ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आफैलाई आशावादी हुन उत्प्रेरित गर्नुहोस्। यसले विश्वास र नम्रता बढ्छ तर त्यही समयमा डर, घृणा, डाह, बदला जस्ता नकारात्मक भावना छोड्न पनि तयार हुनुहोस्। परिवारका सदस्यहरूले तपाईंको जीवनमा एउटा विशेष ठाउँ ओगट्नेछन्। तपाईंले आज आफ्नी सपनाकी राजकुमारी भेटेकोले तपाईंका आँखा आनन्दले प्रकाशित भए र मुटुको धडकन पनि छिटो भयो। तपाईं आफ्नो जोडीको प्रेम पाउन इच्छुक हुनुहुन्छ भने, आज यो इच्छा पूरा हुनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

धेरै क्यालोरी भएको आहारबाट जोगिनुहोस् र आफ्नो व्यायाम तिर ध्यान दिनुहोस्। कुनै मानिसहरू मात्र तपाईंको मुटु छाम्न खोज्छन्, यस्तालाई ध्यान नदिनुहोस्। प्रेममा मग्न भएकाहरूले प्रेमको संगीत सबै समय सुन्दछन्। आज तपाईंले यो संसारका सबै गीतहरू भूल्ने त्यो संगीत सुन्नु हुनेछ। आजभोली तपाईं र तपाईंको जोडी धेरै खुसी हुनु हुँदैन भने, तपाईं आज पागल रमाइलो गर्न जानु हुँदैछ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंले परिस्थितिलाई जित्नु भयो भने पीर हराउनेछ। तपाईंले यसलाई साहसको पहिलो स्पर्शमा फुट्ने साबुनको फोकाजस्तो हो भनेर बुझ्ने सम्भावना छ। बढी खर्च र शंकास्पद वित्तीय योजनाहरु नगर्नुहोस्। तपाईं सबै परिवारका उल्लेखनीय ऋणहरू तिर्न सक्षम हुनुहुनेछ। आफ्नो प्रेमीबाट टाढा रहन धेरै गाह्रो हुनेछ। गलतफहमीको नराम्रो चरण पछि, साँझसम्ममा तपाईंको जोडीको प्रेम पाउनुहुनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मनोरञ्जन र आनन्दको दिन। किन्न बाहिर जानु अघि तपाईंसँग भएका वस्तुहरूको प्रयोग गर्नुहोस्। घरमा केही परिवर्तनले तपाईंलाई अत्यधिक भावुक बनाउनेछ - तर तपाईं प्रभावकारी ढंगले तपाईंको कुरा बुझ्ने मानिसहरूलाई आफ्नो भावना प्रकट गर्न सक्षम हुनुहुनेछ। तपाईं आज आफ्नो साथीको धुकधुकीसँग समन्वयन हुनुहुनेछ। हो, यो तपाईं प्रेममा हुनुहुन्छ भन्ने चिन्ह हो! आज तपाईंले आफ्नो जोडीसित साँच्चै रमाइलो साँझ बिताउन सक्नु हुनेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंले प्रशंसा गरेर अरू मान्छेहरूको सफलताको आनन्द पाउने सम्भावना छ। तपाईंका हातबाट सजिलै धन खर्च भए तापनि - तपाईंका भाग्यशाली ताराले आर्थिक लाभ बनाइ रहनेछन्। घरमा केही परिवर्तनले तपाईंलाई अत्यधिक भावुक बनाउनेछ - तर तपाईं प्रभावकारी ढंगले तपाईंको कुरा बुझ्ने मानिसहरूलाई आफ्नो भावना प्रकट गर्न सक्षम हुनुहुनेछ। बाहिरी मान्छेको हस्तक्षेपले आफ्नो वैवाहिक जीवनमा रोकावट प्रदान गर्नेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मनोरञ्जन र आनन्दको दिन। ढिलो भएका भुक्तानी प्राप्त भएकोले पैसाको समस्यामा सुधार भएको छ। आफ्नो जोडीको स्वास्थ्यलाई लिएर केही चिन्ता हुन सक्छ। आफ्नी प्रियतमालाई बुझ्ने गर्नुहोस्। यो दिन आफ्नो वैवाहिक जीवनको लागि साँच्चै ठूलो छ। आफ्नो साथी थाहा छ तपाईं उहाँलाई प्रेम कति गरौं।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आज तपाईंले धेरै खिचलो र फरक विचारहरूको सामना गर्नुपर्ने हुन सक्छ जसले तपाईंले रिस उठ्ने र अप्ठ्यारो गर्नेछ। साँझको लागि रोमाञ्चक योजना राखेर तपाईंका मित्रहरूले तपाईँको दिन रोशन गर्नेछन्। तपाईंको तेज अवलोकनले अरूको अगाडि पुग्ने मद्दत गर्नेछ। आफ्नो इच्छा अनुसार आज केही काम नहुन सक्छ, तर तपाईंले आफ्नो जीवनसाथीसँग सुन्दर समय बिताउनु हुनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

qcG4ZJ11o0Y

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईंले व्यायाम गरेर आफ्नो वजन नियन्त्रण गर्न सक्नुहुनेछ। बढी खर्च र शंकास्पद वित्तीय योजनाहरु नगर्नुहोस्। तपाईंको सहयोगको आवश्यकता पर्ने साथीहरूलाई भेट्नुहोस्। सम्पूर्ण ब्रह्माण्डको परमानन्द प्रेम भएका दुई बीच रहन्छ। हो, तपाईं भाग्यमानी हुनुहुन्छ। तपाईं आज थाहा पाउनुहुनेछ कि विवाह भगवानले नै जुराएको हो।

ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढेको छ । महानरपालिका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार तीनवटा…
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिन लामो केन्द्रीय कमिटी बैठकपछि आइतबार केन्द्रीय सदस्य र सांसदहरुका लागि बालुवाटारस्थित सरकारी निवासमा…
काठमाडौं, वर्तमान मन्त्रिपरिषद्का सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट रहेको छ। ‘पार्टीमा पो दुई अध्यक्ष छन्, छलफल हुन्छन्, कुरा…
नेपालस्थित अमेरिकी दूतावासले काठमाडौंमा रहेका केही तिब्बती शरणार्थीलाई यात्रा अनुमितपत्र (ट्राभल डकुमेन्ट) बनाइदिन परराष्ट्र र गृहमन्त्रालयलाई दबाब दिएको छ। दूतावासले…
काठमाडौं, चीनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाली बजारमा समेत ‘एयर-फिल्टर मास्क’को माग अत्यधिक बढेको छ। काठमाडौंका…
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद स्थापना गर्ने महत्वपूर्ण आधारहरू…