सुन्तला ब्लकमा आधुनिक कृषियन्त्र वितरण

पर्वत, ७ चैत
जिल्लाको मोदी गाउँपालिका वडा नं १, २ र ३ अन्र्तगत रहेको सुन्तला ब्लक क्षेत्रका कृषकहरुलाई बिहीबार एक कार्यक्रमका बिच आठ ओटा पावर टेलर वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषकहरुलाई मेशिनहरु मोदीगाउँपालिकाले उपलब्ध गराइएको हो ।


सोही अवसरमा सिचाइको लागि ७ हजार मिटर पाइप, स्प्रे मेशिन लगाइतका अन्य थप सामग्रीहरु समेत वितरण गरिएको बताईएको छ । झण्डै चार हजार तीन सय रोपनी क्षेत्रफलमा फैलिएको उक्त ब्लक क्षेत्रमा ६१ ह्जार सुन्तलाका बोटहरु र ६ हजार कागतीका बोटहरु रहेका छन् ।
मोदी गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलले सरकारले कृषिको आधुनिकीकरणमा जोड दिदै उत्पादन बृद्धिगरि स्वरोजगार बनाउन लागि परेको बताए ।


देउपुरको जस्तो खेति र पाती भन्ने भनाइलाई व्यवहारमा चरितार्थ गर्ने प्रयास भइरहेको र आगामी बर्षलाई आर्थिक उन्नतिको वर्षको रुपमा अगाडि बढाउने योजना रहेको वडा नं २ का वडाध्यक्ष विकास तिमिल्सिनाले बताए । उक्त कार्यक्रम पश्चात गाउँ पालिका अध्यक्ष र कृषि शाखा प्रमुख द्वारा देउपुर मा रहेको सुन्तला नर्सरीको समेत अवलोकन गरिएको थियो ।