भूकम्प पीडितलाई ऋणको बोझ

बर्षौ बितिसकेको छ भूकम्प गएको पनि तर बागलुङका भूकम्प पीडितले दोस्रो र तेस्रो किस्ताको अनुदान पाएका छैन । यहाँको भूकम्प पीडितले राज्यले घोषणा गरेको पुनःनिर्माण अनुदान नपाएको गुनासो गरेका छन् ।

एकमुष्ट रु तीन लाख अनुदान पाउनुपर्नेको सङ्ख्या जैमिनी नगरपालिका वडा नं १ र २ मा धेरै छ । त्योबाहेकका ६८ बनिसकेका घरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिने अनुदान पाउन कठिन भएको छ । विशेष गरेर प्राधिकरणले प्राविधिक पठाउनुअघि बनेका घरले अनुदान पाएका छैनन् । सूचीकृत भएर पहिलो किस्ता पाएका केही र दोस्रो किस्तासमेत पाएका धेरैको तेस्रो किस्ताको रकम रोकिएको प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बागलुङले जनाएको छ ।

अनुदान नपाउनेले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । “पालमुनी कहिले पानी कहिले चिसो, केटाकेटी त जोगाउनै प¥यो भनेर ऋण गरी घर बनाइयो”, जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्रेम लम्सालले भन्नुभयोे, “कसैको आशा थिएन्, सरकारले हेर्ला भन्ने त थियो ।” सरकारले उनीहरुको घर निर्माण गर्ने बेलासम्म पुनःनिर्माण प्राधिकरण गठन गरिएको थियो तर काम शुरु भएको थिएन् ।

घर बनाएर सकेको भोलिपल्टै मजदुरी गरी ऋण तिर्ने काममा लागेका लम्साल र नेपाली जस्ता कयौँले अझै ऋणको भारी बोकिरहेका छन् । सरकारले निजी निवास पुनःनिर्माणको लागि अनुदान दिने घोषणा ग¥यो । सोहीअनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठन भएर काम चलिरहेको छ । तर उनीहरु जस्तै कयौँ पीडितले भने राहतभन्दा धेरै पीडा भोग्दै आएका छन् । पहिले सरकारले खटाएका प्राविधिकले जाँच गरेर सिफारिस भएका घरलाई मात्रै अनुदान दिने भनिएकाले उनीहरुका घर सरकारले बनाएको कार्यविधिमा परेका थिएनन् ।

वास्तविक भूकम्प पीडित भएकाले पीडितको सूचीमा सूचीकृत भएर पहिलो किस्ताको रकम मात्रै त्यस्ता घरले पाएका थिए । “प्राविधिकले सिफारिस गरेअनुसार घर बनाउनुपर्ने भन्ने कुरा आयो, हाम्रो घर त बनिसकेको थियो”, लम्सालले भन्नुभयो, “पछि पहिलै बनेका घरले पनि एकमुष्ट पाउने भन्ने सूचना आएकाले प्रक्रिया पूरा गरेर गयौँ तर रकम पाइएको छैन ।” निजी आवास पुनःनिर्माणको अनुदानका लागि धाउदा समयको बर्बादी मात्रै भएको लम्साल बताउनुहुन्छ । उनीहरुले अहिलेसम्म दोस्रो र तेस्रो किस्ताको रकम पाएका छैनन् । जैमिनीमा मात्रै ४२ परिवारले प्राविधिक आउनु पूर्वनै घर बनाएको भनेर निवेदन दिएका छन् तर एकमुष्ट आउने भनिएको रकम अहिलेसम्म आएको छैन ।

राष्ट्रिय पुनःनिर्माण निर्देशक समितिको विसं २०७५ माघ ३ गते बसेको बैठकले पहिले नै घर बनाएकालाई थप समस्यामा पारेको छ । निर्णयको १ नम्बर बुँदामा उल्लेख भएको व्यवस्थाअनुसार जिल्लाभरका ६८ पीडित परिवारलाई रकम उपलब्ध गराउन नसकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइका स्रोतव्यक्ति विक्रम सापकोटा बताउनुहुन्छ ।
उहाँका अनुसार, प्राविधिक आउनुपूर्व घर बनाइसकेका ३७७ परिवारले एकमुष्ट रु तीन लाख भुक्तानी पाएका छन् । “निर्णयअनुसार कार्यविधि बनेको छ, कार्यविधिले रोकेको कुरा हामीले गर्न मिलेन”, सापकोटाले भन्नुभयो, “बाँकी पीडितको अवस्थाबारे रिपोटिङ भएको छ, माथिबाटै निर्णय होला ।” अनुदानको भुक्तानी लिएकामध्ये अधिकांश प्राविधिक पुग्नु अगावै घर बनाएका तर प्राविधिककै सिफारिसमा दोस्रो किस्ताको रकम पाएका छन् ।

पीडितहरु प्राविधिकको लापरवाहीका कारण आफूहरुले पाउने रकम रोकिएको बताउछन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानका लालप्रसाद शर्माले भन्नुभयो, “प्राविधिक र जनप्रतिनिधिले मनलाग्दी गरेका कारण हामीलाई थप पीडा आइलाग्यो ।” आशा देखाएको अनुदान नपाउदा आफूहरुलाई थप पीडा भएको उनीहरुको गुनासो छ । जिल्ला कार्यान्वयन एकाइले भने प्रक्रिया पूरा भएका कसैको पनि अनुदान नरोकिएको जनाएको छ । “यसवर्ष बजेट नपुगेकाले प्रक्रिया पुगेकाको पनि रकम पठाउन सकिएको छैन”, एकाइका सूचना अधिकारी चुर्णबहादुर कार्कीले भन्नुभयो, “दोस्रो किस्ता पाउनुभनेको प्राविधिक हिसाबले पास भएरै पाउनु हो, भवनले के कसरी काम गरिरहेको छ थाहा भएन ।”

चालू आवमा बागलुङमा निजी निवास पुनःनिर्माणको लागि मात्रै रु १२ करोड बजेट थियो । जिल्लामा सूचीकृत भएका दुई हजार ६३१ पीडित छन् । पीडितमध्ये दुई हजार २२६ ले पहिलो किस्ता, एक हजार ५९९ ले दोस्रो किस्ता र एक हजार ३२९ ले तेस्रो किस्ताको रकम पाएका छन् । पूर्णक्षति नभएर प्रवलीकरण गर्नुपर्ने १६१ परिवारमध्ये हालसम्म ८७ परिवारले सम्झौता गरेर पहिलो किस्ता लगिसकेको कार्कीले जानकरी दिनुभयो । दुई जनाले दोस्रो किस्ताको रकम पाएका छन् ।
–––

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आज एउटा विशेष दिन हो किनकि राम्रो स्वास्थ्यले तपाईं असाधारण कुरा गर्न सक्षम हुनुहुनेछ। परिवारका सदस्यहरूले तपाईंको जीवनमा एउटा विशेष ठाउँ ओगट्नेछन्। रोमान्टिक भेटघाट अत्यधिक रोमाञ्चक हुनेछ तर लामो रहने छैन। आफन्तहरूले आज तपाईंको जोडीसित तर्क गर्न सक्छन्।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

स्वास्थ्यको लागि केही ध्यान राख्नु आवश्यक छ। तपाईंले साथीहरूको माध्यमबाट पनि महत्त्वपूर्ण सम्पर्क गर्नु हुनेछ। तपाईंले एउटा मायालु र समझदार मित्र भेट्नु हुनेछ। तपाईंका आज आमाबाबुले कुनै साँच्चै नै आश्चर्यजनक कुराले तपाईंको जोडीलाई आशीर्वाद दिन सक्छन जसले अन्ततः तपाईंको वैवाहिक जीवनमा विकास ल्याउनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंको धेरै भरोसा र सजिलो काम गर्ने समयले तपाईंलाई आज आराम गर्नको लागि पर्याप्त समय दिएको छ। आफ्नो जोडीसँग राम्रो समझदारीले घरमा शान्ति, संवृद्धि र आनन्दमा ल्याउँछ। प्रेमी जीवन आज विवादास्पद हुन सक्छ। तपाईंको जोडी आज आफ्ना मित्रहरूसँग व्यस्त रहन सक्छन् जसले तपाईंलाई उदास बनाउन सक्छ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आफैलाई आशावादी हुन उत्प्रेरित गर्नुहोस्। यसले विश्वास र नम्रता बढ्छ तर त्यही समयमा डर, घृणा, डाह, बदला जस्ता नकारात्मक भावना छोड्न पनि तयार हुनुहोस्। परिवारका सदस्यहरूले तपाईंको जीवनमा एउटा विशेष ठाउँ ओगट्नेछन्। तपाईंले आज आफ्नी सपनाकी राजकुमारी भेटेकोले तपाईंका आँखा आनन्दले प्रकाशित भए र मुटुको धडकन पनि छिटो भयो। तपाईं आफ्नो जोडीको प्रेम पाउन इच्छुक हुनुहुन्छ भने, आज यो इच्छा पूरा हुनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

धेरै क्यालोरी भएको आहारबाट जोगिनुहोस् र आफ्नो व्यायाम तिर ध्यान दिनुहोस्। कुनै मानिसहरू मात्र तपाईंको मुटु छाम्न खोज्छन्, यस्तालाई ध्यान नदिनुहोस्। प्रेममा मग्न भएकाहरूले प्रेमको संगीत सबै समय सुन्दछन्। आज तपाईंले यो संसारका सबै गीतहरू भूल्ने त्यो संगीत सुन्नु हुनेछ। आजभोली तपाईं र तपाईंको जोडी धेरै खुसी हुनु हुँदैन भने, तपाईं आज पागल रमाइलो गर्न जानु हुँदैछ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंले परिस्थितिलाई जित्नु भयो भने पीर हराउनेछ। तपाईंले यसलाई साहसको पहिलो स्पर्शमा फुट्ने साबुनको फोकाजस्तो हो भनेर बुझ्ने सम्भावना छ। बढी खर्च र शंकास्पद वित्तीय योजनाहरु नगर्नुहोस्। तपाईं सबै परिवारका उल्लेखनीय ऋणहरू तिर्न सक्षम हुनुहुनेछ। आफ्नो प्रेमीबाट टाढा रहन धेरै गाह्रो हुनेछ। गलतफहमीको नराम्रो चरण पछि, साँझसम्ममा तपाईंको जोडीको प्रेम पाउनुहुनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मनोरञ्जन र आनन्दको दिन। किन्न बाहिर जानु अघि तपाईंसँग भएका वस्तुहरूको प्रयोग गर्नुहोस्। घरमा केही परिवर्तनले तपाईंलाई अत्यधिक भावुक बनाउनेछ - तर तपाईं प्रभावकारी ढंगले तपाईंको कुरा बुझ्ने मानिसहरूलाई आफ्नो भावना प्रकट गर्न सक्षम हुनुहुनेछ। तपाईं आज आफ्नो साथीको धुकधुकीसँग समन्वयन हुनुहुनेछ। हो, यो तपाईं प्रेममा हुनुहुन्छ भन्ने चिन्ह हो! आज तपाईंले आफ्नो जोडीसित साँच्चै रमाइलो साँझ बिताउन सक्नु हुनेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंले प्रशंसा गरेर अरू मान्छेहरूको सफलताको आनन्द पाउने सम्भावना छ। तपाईंका हातबाट सजिलै धन खर्च भए तापनि - तपाईंका भाग्यशाली ताराले आर्थिक लाभ बनाइ रहनेछन्। घरमा केही परिवर्तनले तपाईंलाई अत्यधिक भावुक बनाउनेछ - तर तपाईं प्रभावकारी ढंगले तपाईंको कुरा बुझ्ने मानिसहरूलाई आफ्नो भावना प्रकट गर्न सक्षम हुनुहुनेछ। बाहिरी मान्छेको हस्तक्षेपले आफ्नो वैवाहिक जीवनमा रोकावट प्रदान गर्नेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मनोरञ्जन र आनन्दको दिन। ढिलो भएका भुक्तानी प्राप्त भएकोले पैसाको समस्यामा सुधार भएको छ। आफ्नो जोडीको स्वास्थ्यलाई लिएर केही चिन्ता हुन सक्छ। आफ्नी प्रियतमालाई बुझ्ने गर्नुहोस्। यो दिन आफ्नो वैवाहिक जीवनको लागि साँच्चै ठूलो छ। आफ्नो साथी थाहा छ तपाईं उहाँलाई प्रेम कति गरौं।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आज तपाईंले धेरै खिचलो र फरक विचारहरूको सामना गर्नुपर्ने हुन सक्छ जसले तपाईंले रिस उठ्ने र अप्ठ्यारो गर्नेछ। साँझको लागि रोमाञ्चक योजना राखेर तपाईंका मित्रहरूले तपाईँको दिन रोशन गर्नेछन्। तपाईंको तेज अवलोकनले अरूको अगाडि पुग्ने मद्दत गर्नेछ। आफ्नो इच्छा अनुसार आज केही काम नहुन सक्छ, तर तपाईंले आफ्नो जीवनसाथीसँग सुन्दर समय बिताउनु हुनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

qcG4ZJ11o0Y

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईंले व्यायाम गरेर आफ्नो वजन नियन्त्रण गर्न सक्नुहुनेछ। बढी खर्च र शंकास्पद वित्तीय योजनाहरु नगर्नुहोस्। तपाईंको सहयोगको आवश्यकता पर्ने साथीहरूलाई भेट्नुहोस्। सम्पूर्ण ब्रह्माण्डको परमानन्द प्रेम भएका दुई बीच रहन्छ। हो, तपाईं भाग्यमानी हुनुहुन्छ। तपाईं आज थाहा पाउनुहुनेछ कि विवाह भगवानले नै जुराएको हो।

ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढेको छ । महानरपालिका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार तीनवटा…
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिन लामो केन्द्रीय कमिटी बैठकपछि आइतबार केन्द्रीय सदस्य र सांसदहरुका लागि बालुवाटारस्थित सरकारी निवासमा…
काठमाडौं, वर्तमान मन्त्रिपरिषद्का सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट रहेको छ। ‘पार्टीमा पो दुई अध्यक्ष छन्, छलफल हुन्छन्, कुरा…
नेपालस्थित अमेरिकी दूतावासले काठमाडौंमा रहेका केही तिब्बती शरणार्थीलाई यात्रा अनुमितपत्र (ट्राभल डकुमेन्ट) बनाइदिन परराष्ट्र र गृहमन्त्रालयलाई दबाब दिएको छ। दूतावासले…
काठमाडौं, चीनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाली बजारमा समेत ‘एयर-फिल्टर मास्क’को माग अत्यधिक बढेको छ। काठमाडौंका…
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद स्थापना गर्ने महत्वपूर्ण आधारहरू…