सामाजिक सुरक्षाभत्ता पाएनन् बैंक खाता नखोल्दा

हुम्ला  जिल्लाको   खार्पुनाथ गाँउपालिकामा हालसम्म पनि पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता विवरण भएको छैन । सुरक्षा भत्ताबाटै पनि आफ्नो गुजारा चलाउनु पर्ने स्थितिका पनि कत्ति व्यक्तिहरु रहेका हुन्छन् त्यसैले पनि सामाजिक सुरक्षा भत्ता रोकिदा ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल नागरिकहरु समस्यामा परेका छन् । उक्त भत्ता असार मसान्तको अन्तिमसम्ममा वितरण भइसक्नुपर्नेमा हालसम्म पनि हुन सकेको छैन ।

रायाका तारावीर रावलले भन्नुभयो,“ नौ महिना बितिसक्यो भत्ता पाइएको छैन । “भत्ता नपाउँदा दशैँ पनि खल्लोमै बित्यो, दुई महिना हिउँद पनि चिसोमै काटियो । ” चुनावका बेला घरघरै पुगेर भत्ता वितरण गरिने आश्वासन दिए पनि अहिलेसम्म भत्ता नपाएको उहाँले गुनासो गर्नुभयो

गाँउपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिनुभएअनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकले बैंकमा खाता नखोलेका कारण भत्ता वितरणमा ढिलाई भएको हो । उहाँले सबै वडामा एकैपटक वितरण गर्न बजेट निकासा गरिएको तर नागरिकले बैंकमा खाता नखोलेका भत्ता नपाएको बताउनुभयो । सामाजिक सुरक्षाभत्ता स्थानीय निकाय मार्फत् सम्बन्धीतको बैंक खातामा जम्मा हुने नियम रहेको छ ।
–––

प्रतिक्रिया दिनुहोस