एक करोड लागतमा हास्यविधाको चलचित्र निर्माणको तयारी

ह्याप्पी पाठक इ्न्टरटेन्मेन्ट प्रा.लिको निर्माणमा एक करोडको लागतमा हास्यविधाको चलचित्र निर्माणहुने तयारी भईरहेको छ ।

चिकित्सक समेत रहेका प्रकाश पाठकको लगानीमा चलचित्र निमार्ण हुने भएको बताईएको छ । चलचित्रको कथाको काम भइरहेको छ भने चलचित्रको नाम अहिलेनै सार्बजनिक नभए पनि चलचित्र भने हास्य विधामा हुने जनाकारी पाठकले दिएका छन् ।

उक्त चलचित्रलाई लेखन तथा निर्देशनको जिम्मा भने चलचित्र बाह्रमासे बाट नेपाली चलचित्र जगत्मा प्रवेश गरेका प्रदिप पाठक ‘नक्कली प्रचण्ड’ ले पाएका छन् । चैतको अन्तिम साताबाट छायांकन प्रारम्भ गरिने भनिएको यो चलचित्र नेपाल, भारत, जापान तथा अमेरिका समेत छायांकन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस