दीपक बज्राचार्यको निर्देशनमा पहिलो म्युजिक भिडियो

पश्चिमा शैलीमा झुकाव रहेका बज्राचार्य लोकशैली प्रेमी बन्दै, यस्तो छ रहस्य

दीपक बज्राचार्यले “राती राती अप्ठ्यारो छ दिनमै भेट्नु” बोलको नयाँ गीत बजारमा ल्याएका छन् । उनकै संगितमा रिक्की शाक्यको शब्द रहेको गीतको भिडियो पनि निर्माण भएको छ । ठमेलमा रहेको चर्चित क्लब एलओडीमा भिडियो छायाँकन गरिएको छ । यस भिडियोको निर्देशन भने दीपक आफैँले गरेका छन् । उनको निर्देशन रहेको यो डेब्यु भिडियो हो । यस भिडियोमा अभिनय रहेको छ फ्रान्सेली मोडल मार्गट अरनाउडको ।

सांगितिक यात्रामा २०४६-०४७ सालदेखी आबद्ध रहेका बज्राचार्यलाई “मनमगन” गीतले अहिलेको पुस्तामा राम्ररी चिनाएको छ । “ओ अमिरा” गीतमार्फत् उनले गायकको छवि बनाएका हुन् । उनको “मायाको डोरीले”, “कालीकाली” लगायतका गीतहरु चर्चित छन् । दीपक बताउँछन् “राती राती अप्ठ्यारो छ” पनि मनमगनकै सिक्वेलमा भिडियो बनेको छ । सन् २००९ मा अमेरिकाको लुजियानामा कन्सर्ट गर्दा बज्राचार्यलाई त्यहीको एक नागरिकले सोधे—गीतमा प्रयोग भएको भाषा बाहेक गीतार, ड्रमसेट र शैली सबै हाम्रै होइन र ? तिमीहरुको आफ्नोपन अनि आफ्नो बाजा छैन ? लोकशैलीभन्दा पनि पश्चिमा शैलीमा मोह रहेका बज्राचार्यले गीतार र ड्रमसेट बजाएर माहोल तताइरहेका थिए र पनि उनलाइ यो प्रश्नले मन चिस्याइरहेको थियो ।

बाजागाजा, धर्म परम्परा, नाचगान र साँस्कृतिक सम्पदाको हिसाबले विश्वमा धनि मानिने नेवार समुुदायमा जन्मे हुुर्केका दीपकलाई साँगितिक यात्रामा लागेको १५ बर्षपछि त्यस्तो प्रश्न सुन्दा रन्थनिए । त्यसताका ती विदशीलाई जवाफ दिन नपाएका दीपकले त्यसपछिका हरेक गीतमा भने मौलिकता झल्काउने नेवाः बाजा र सँस्कृति समावेश गर्न थालेका छन् । २०७५ सालमा सार्वजनिक भएको मनमगनमा उनले नेवारी धिमे बाजा, धिमे बोल, जात्रा, कुमारी बोल, लाखे नाचका साथै अन्य परम्परागत संस्कृति झल्किने छलिया नाच, झाक्री नाच पनि समावेश गरेका छन् । उनको “मनमगन” नेपाली भाषा बाहेक हिन्दी र नेवारी भाषामा पनि रेकर्ड भइसकेको छ । “मनमगन” गीतले नेपाली मौलिकतालाई विश्वसामु चिनाएपछि बज्राचार्य प्रफुल्ल छन् ।

“राती राती अप्ठ्यारो छ” मनमगनकै सिक्वेलमा बनेको छ, जसबारे दीपक आफ्नो फेसबुक पेजमा लेख्छन् “आजकल पार्टी जाँदा पहिला जस्तो मजा लाग्दैन। सहकर्मीहरु त्यति भेट हुँदैनन्। चाडपर्व पनि अलि शुन्य शुन्य लाग्छ। मलाई मात्रै होइन, वरीपरि हेर्छु, उस्तै देख्छु। फेसबुक तिर फोटो देख्छु, कहिले विदेशमा सम्पूर्ण ट्रेनका डब्बामा नेपाली भरिएको देख्छु। विदेश तिर आयोजना हुने आफ्नै कार्यक्रमहरुमा उपस्थित हुने हजारौ दर्शकहरु देखेर अचम्मित हुन्छु। आजकल मेरा आफ्नै साथी भाईहरुसंग नेपाल भित्र भन्दा बाहिर धेरै भेट हुने गर्छ। यस्तै कुराले सोच्न बाध्य हुन्छु, यो कस्तो मोह विदेशको, यो कस्तो आकर्षण प्रवासको, मलाई राम्रो सँग थाहा छ, बाध्यता सबैको छ। बुझेको छु रहर होइन कर होला तर पनि लाग्छ सबैलाई विदेशले मोहनी लगाएकै हो। विदेशका चिल्ला सडकहरु, अग्ला अग्ला घरहरु, फराकिला बाटो घाटो, अनि फेसबुकमा छ्यताछुल्ल पोखिने चिल्ला गाडीहरु, सफा पोशाकमा सजिएका बनावटी मुस्कानहरु, यस्तै यस्तै त हो मोहनी लाउने।

आफन्त सँग छुटाउने, चाडपर्वमा एक्लो बनाउने, मायालुको सम्झनामा छट्पटिनु पर्ने, अनि धेरैलाई काठको बाकसमा फर्कन बाध्य बनाउने, यो सबै पछाडी एउटै शक्ति छ। बाहिरी सुन्दरता र भौतिक सम्पन्नता एउटा कालो शक्तिको नमुना मात्र हो, जो सँग हामीलाई लड्नु छ । यस भिडीयोमा एक सुन्दरी यूवति त्यही भ्रम र कालो शक्तिको रुपमा देखाउने कोशिस गरेकोे छु। हरेक चम्किलो चिज हिरा नहुने र आकर्षित हुन नपर्ने भाब पनि झल्काइएको छु। मेरो मनमा चलेको यहि आँधिबेरीको कथा हो ‘राति’ । कालो शक्ति अर्थात् नेगेटिभ इनर्जीसँग पोजेटिभ इनर्जी बिजयको संकेत हो “राति”। सुन्दर र लोभलालचको सैतानलाई हाम्रो आफ्नो कला संस्कृतिको लाखे तथा झाँक्रीरुपी सकारात्मक सोचले पराजित गरेको कथा हो ‘राति’ ।”

दीपकले सन् १०१३ देखि “लेट्स द वल्ड्र डान्स इन नेपाली म्युजिक” अभियान चलाई गीत गाउन थालेका छन् । यो भिडियो परिकल्पना उनकै छोरी चेरिसा बज्राचार्यले गरेकी हुन् र “मनमगन” को परिकल्पनाकार पनि चेरिसा नै हुन् । जंगलबीच बाथटपमा सुन्दर युवती नुहाइरहेकी हुन्छिन् । रातको बाह्र बजे ह…र…र….. ध्वनिसहित भिडियो सुरु हुन्छ । कालो पहिरनमा उनी “एलओडी” क्लवमा पुग्छिन्, जहाँ गितार बजाएर दीपक गुनगुनाइ रहेका हुन्छन्— राती राती अप्ठ्यारो छ दिनमै भेट्नु सारै गाह्रो लाग्दो रैछ मनलाई छेक्नु।……….

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

आज एउटा विशेष दिन हो किनकि राम्रो स्वास्थ्यले तपाईं असाधारण कुरा गर्न सक्षम हुनुहुनेछ। परिवारका सदस्यहरूले तपाईंको जीवनमा एउटा विशेष ठाउँ ओगट्नेछन्। रोमान्टिक भेटघाट अत्यधिक रोमाञ्चक हुनेछ तर लामो रहने छैन। आफन्तहरूले आज तपाईंको जोडीसित तर्क गर्न सक्छन्।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

स्वास्थ्यको लागि केही ध्यान राख्नु आवश्यक छ। तपाईंले साथीहरूको माध्यमबाट पनि महत्त्वपूर्ण सम्पर्क गर्नु हुनेछ। तपाईंले एउटा मायालु र समझदार मित्र भेट्नु हुनेछ। तपाईंका आज आमाबाबुले कुनै साँच्चै नै आश्चर्यजनक कुराले तपाईंको जोडीलाई आशीर्वाद दिन सक्छन जसले अन्ततः तपाईंको वैवाहिक जीवनमा विकास ल्याउनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंको धेरै भरोसा र सजिलो काम गर्ने समयले तपाईंलाई आज आराम गर्नको लागि पर्याप्त समय दिएको छ। आफ्नो जोडीसँग राम्रो समझदारीले घरमा शान्ति, संवृद्धि र आनन्दमा ल्याउँछ। प्रेमी जीवन आज विवादास्पद हुन सक्छ। तपाईंको जोडी आज आफ्ना मित्रहरूसँग व्यस्त रहन सक्छन् जसले तपाईंलाई उदास बनाउन सक्छ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आफैलाई आशावादी हुन उत्प्रेरित गर्नुहोस्। यसले विश्वास र नम्रता बढ्छ तर त्यही समयमा डर, घृणा, डाह, बदला जस्ता नकारात्मक भावना छोड्न पनि तयार हुनुहोस्। परिवारका सदस्यहरूले तपाईंको जीवनमा एउटा विशेष ठाउँ ओगट्नेछन्। तपाईंले आज आफ्नी सपनाकी राजकुमारी भेटेकोले तपाईंका आँखा आनन्दले प्रकाशित भए र मुटुको धडकन पनि छिटो भयो। तपाईं आफ्नो जोडीको प्रेम पाउन इच्छुक हुनुहुन्छ भने, आज यो इच्छा पूरा हुनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

धेरै क्यालोरी भएको आहारबाट जोगिनुहोस् र आफ्नो व्यायाम तिर ध्यान दिनुहोस्। कुनै मानिसहरू मात्र तपाईंको मुटु छाम्न खोज्छन्, यस्तालाई ध्यान नदिनुहोस्। प्रेममा मग्न भएकाहरूले प्रेमको संगीत सबै समय सुन्दछन्। आज तपाईंले यो संसारका सबै गीतहरू भूल्ने त्यो संगीत सुन्नु हुनेछ। आजभोली तपाईं र तपाईंको जोडी धेरै खुसी हुनु हुँदैन भने, तपाईं आज पागल रमाइलो गर्न जानु हुँदैछ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईंले परिस्थितिलाई जित्नु भयो भने पीर हराउनेछ। तपाईंले यसलाई साहसको पहिलो स्पर्शमा फुट्ने साबुनको फोकाजस्तो हो भनेर बुझ्ने सम्भावना छ। बढी खर्च र शंकास्पद वित्तीय योजनाहरु नगर्नुहोस्। तपाईं सबै परिवारका उल्लेखनीय ऋणहरू तिर्न सक्षम हुनुहुनेछ। आफ्नो प्रेमीबाट टाढा रहन धेरै गाह्रो हुनेछ। गलतफहमीको नराम्रो चरण पछि, साँझसम्ममा तपाईंको जोडीको प्रेम पाउनुहुनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मनोरञ्जन र आनन्दको दिन। किन्न बाहिर जानु अघि तपाईंसँग भएका वस्तुहरूको प्रयोग गर्नुहोस्। घरमा केही परिवर्तनले तपाईंलाई अत्यधिक भावुक बनाउनेछ - तर तपाईं प्रभावकारी ढंगले तपाईंको कुरा बुझ्ने मानिसहरूलाई आफ्नो भावना प्रकट गर्न सक्षम हुनुहुनेछ। तपाईं आज आफ्नो साथीको धुकधुकीसँग समन्वयन हुनुहुनेछ। हो, यो तपाईं प्रेममा हुनुहुन्छ भन्ने चिन्ह हो! आज तपाईंले आफ्नो जोडीसित साँच्चै रमाइलो साँझ बिताउन सक्नु हुनेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंले प्रशंसा गरेर अरू मान्छेहरूको सफलताको आनन्द पाउने सम्भावना छ। तपाईंका हातबाट सजिलै धन खर्च भए तापनि - तपाईंका भाग्यशाली ताराले आर्थिक लाभ बनाइ रहनेछन्। घरमा केही परिवर्तनले तपाईंलाई अत्यधिक भावुक बनाउनेछ - तर तपाईं प्रभावकारी ढंगले तपाईंको कुरा बुझ्ने मानिसहरूलाई आफ्नो भावना प्रकट गर्न सक्षम हुनुहुनेछ। बाहिरी मान्छेको हस्तक्षेपले आफ्नो वैवाहिक जीवनमा रोकावट प्रदान गर्नेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मनोरञ्जन र आनन्दको दिन। ढिलो भएका भुक्तानी प्राप्त भएकोले पैसाको समस्यामा सुधार भएको छ। आफ्नो जोडीको स्वास्थ्यलाई लिएर केही चिन्ता हुन सक्छ। आफ्नी प्रियतमालाई बुझ्ने गर्नुहोस्। यो दिन आफ्नो वैवाहिक जीवनको लागि साँच्चै ठूलो छ। आफ्नो साथी थाहा छ तपाईं उहाँलाई प्रेम कति गरौं।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आज तपाईंले धेरै खिचलो र फरक विचारहरूको सामना गर्नुपर्ने हुन सक्छ जसले तपाईंले रिस उठ्ने र अप्ठ्यारो गर्नेछ। साँझको लागि रोमाञ्चक योजना राखेर तपाईंका मित्रहरूले तपाईँको दिन रोशन गर्नेछन्। तपाईंको तेज अवलोकनले अरूको अगाडि पुग्ने मद्दत गर्नेछ। आफ्नो इच्छा अनुसार आज केही काम नहुन सक्छ, तर तपाईंले आफ्नो जीवनसाथीसँग सुन्दर समय बिताउनु हुनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

qcG4ZJ11o0Y

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईंले व्यायाम गरेर आफ्नो वजन नियन्त्रण गर्न सक्नुहुनेछ। बढी खर्च र शंकास्पद वित्तीय योजनाहरु नगर्नुहोस्। तपाईंको सहयोगको आवश्यकता पर्ने साथीहरूलाई भेट्नुहोस्। सम्पूर्ण ब्रह्माण्डको परमानन्द प्रेम भएका दुई बीच रहन्छ। हो, तपाईं भाग्यमानी हुनुहुन्छ। तपाईं आज थाहा पाउनुहुनेछ कि विवाह भगवानले नै जुराएको हो।

ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढेको छ । महानरपालिका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार तीनवटा…
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिन लामो केन्द्रीय कमिटी बैठकपछि आइतबार केन्द्रीय सदस्य र सांसदहरुका लागि बालुवाटारस्थित सरकारी निवासमा…
काठमाडौं, वर्तमान मन्त्रिपरिषद्का सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट रहेको छ। ‘पार्टीमा पो दुई अध्यक्ष छन्, छलफल हुन्छन्, कुरा…
नेपालस्थित अमेरिकी दूतावासले काठमाडौंमा रहेका केही तिब्बती शरणार्थीलाई यात्रा अनुमितपत्र (ट्राभल डकुमेन्ट) बनाइदिन परराष्ट्र र गृहमन्त्रालयलाई दबाब दिएको छ। दूतावासले…
काठमाडौं, चीनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाली बजारमा समेत ‘एयर-फिल्टर मास्क’को माग अत्यधिक बढेको छ। काठमाडौंका…
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद स्थापना गर्ने महत्वपूर्ण आधारहरू…