महाशिलामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०७६

पर्बत जिल्लाको महाशिला गाउँपालिकाको आयोजनामा शनिबारबाट राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०७६ सुरु भएको छ । कृष्ण गोपाल गुरुङ स्मृति बालाकोटदह खेलमैदानमा जिल्ला समबन्य समिति पर्वतका प्रमुख मनोहर बि पौडेललले उद्घाटन गरेर सुरु भएको प्रतियोगितामा गाउँपालिका भित्रका १२ विद्यालयहरुको सहभागिता रहेको छ । सनीवार देखि सुरु भएको प्रतियोगिता ६ फागुनसम्म संचालनहुने गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए ।


महाशिलामा पहिलो पटक आयोजना गरिएको खेलकुद प्रतियोगिताले खेलकुदको विकासमा टेवापुग्ने बताएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समबन्य समिति प्रमुख मनोहर बि पौडेलले खेलकुद प्रतियोगिताले पहिलो पटक गाउँस्तरमा रहेका प्रतिभाहरुले अवसर दिलाउन मद्दत गरेको बताए ।

खेलकुद स्वास्थ्यसँग पनि जोडिएकाले खेलकुदलाई क्षेत्रको विकास हुनुपर्ने धारणा राखे ल। महाशिला गाउँपालिकाप्रमुख राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समबन्य समिति पर्बतका सदस्य बिष्णु राम बिक, कार्यपालिका सदस्य तथा वडा नम्बर ५ का अध्यक्ष जिवन उचै ठकुरी र बिद्यालयको तर्फबाट महेन्द्र ज्याति माबिका प्रअ गोपाल प्रसाद शर्माले बोलेका थिए ।

वडा नम्बर ३ का वडा अध्यक्ष कर्णप्रताप गुरुङको स्वागत रहेको कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्यायले गरेका थिए । प्रतियोगितामा १३ वटा बिधामा दौड, हाइजम्प, लङजम्प, भलिबल, कबड्डी लगायतका अन्य प्रतियोगिताहरु पनि सञ्चालन हुनेछन् । उद्घघाटनको अवसरमा विद्यार्थीहरुले मार्च पास सँगै खेलकुद तथा गीतसंगति र नृत्यका विभिन्न प्रस्तुतिहरु प्रदर्शन गरेका थिए ।