पर्वत जिल्लाको कुश्मानगरपालिका–९,कटुवाचौपारीमा अवस्थित सार्वजनिक मावि व्यवस्थापन समिति अध्यक्ष सरोज वैरागीले जन्मदिनको अवसरमा शुक्रबार विद्यालयका छात्रछात्रालाई जन्मदिनको खर्च कटाएर छात्रछात्रलाई पोसाक विद्यालय पोसाक वितरण गरेका छन् ।
विद्यालयमा अध्ययनरत पाँचजना छात्रछात्रा अञ्जन श्रेष्ठ, अन्जना श्रेष्ठ, ह्दम परियार, सुविना परियार र अनुरी वेगमलाई विद्यालयको पोशाक वितरण गरेका हुन् । सो अवसरमा नेकपा नगरकमिटी अध्यक्ष शंकर गिरीले छात्रछात्रलाई अविर लगाईदिएका थिए ।
विद्यालय पोशाक वितरणपछि छात्राछात्र खुसी देखिएका थिए, सो कार्यले विद्यार्थि तथा अभिभावकहरुलाई केहि गर्नुपर्छ भन्ने भावना जागृतहुने बताएका थिए । सो अवसरमा विद्यालयका प्रधानाध्यापकले सो कार्यले विद्यालय परिवार उत्साहित भएको बताए । सो पोशाक वितरण कार्यक्रमको संचालन शिक्षक केशव शर्माले गरेका थिए ।