प्रतिनिधिसभामा चार विधेयक पेश

काठमाडौं, प्रतिनिधिसभाको मंगलबारको बैठकमा चार विधेयक पेश भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ ’, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गरेका हुन्।

यसअघि मन्त्री खतिवडाले चारै विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकमा राखेका थिए। बैठकको अनुमतिपछि ती विधेयक बैठकमा पेश गरिएको हो।

प्रतिक्रिया दिनुहोस