आइसिसी: विश्व बरियतामा नेपाल यथावत्

काठमाडौं, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी-ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ।

आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी-ट्वान्टीतर्फ १२औँ स्थानमा रहेको छ। यसअघि पनि नेपाल १२औँ स्थानमा थियो।

टी–ट्वान्टीमा नेपाल ११ औँ स्थानसम्म पुगेको छ। टी-ट्वान्टीको विश्व बरियतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन्।

टी-ट्वान्टीको खेलाडी बरियताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औँ स्थानमा छन्। यसअघि उनी ६०औं स्थानमा थिए।

यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५औँ स्थानमा छन्। यसअघि उनी ८३औँ स्थानमा रहेका थिए। अलराउण्डरतर्फ पारस २७औँ स्थानमा तथा सोमपाल कामी ६५औँ स्थान तथा करण केसी ७५ औँ स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस