विश्वकै दोस्रो अग्लो बन्जीको बिहिबार पर्बतमा सफल परिक्षण

 

 

 

 

 

 

विश्वकै लामो र अग्लो दाबी गरिएको कुश्माको कुश्मा–बलेवा पुलमा निर्माणाधिन बन्जी जम्पको सफल परिक्षण गरिएको छ  बन्जीको निर्माण कम्पनी द क्लिफ प्रालिका अध्यक्ष एवं मुख्य लगानीकर्ता राजु कार्कीले बिहिबार बिहान १० बजेर ५ मिनेट जाँदा कालीगण्डकी माथीको साढे दुई सय मिटर माथिबाट डोरीमा हाम फाली परिक्षण गरीएको हो ।

युवा ब्यवसायी कार्कीको अगुवाईमा कुश्माका स्थानीय युवाहरु सहित करिव २० करोड लगानीमा बन्जी सहित साहसिक पर्यटन शुरु भएको हो  गत बैसाख १ गतेबाट सञ्चालनमा ल्याउने तयारी साथ काम अघि बढाइएको बन्जीमा बिभिन्न प्राविधिक समस्याले केहि ढिलाई भएको लगानी कर्ता युबराज जोशिले बताउनुभयो । यो बन्जी विश्वकै दोस्रो अग्लो बन्जीको रुपमा दाबि समेत गरीएको छ ।

कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल बनिसकेको छ  बन्जीको सबै काम सकेपछि बिहिबार अध्यक्ष कार्की आफैले हाम फालेर सफल परिक्षण गर्नुभएको हो  नौलो प्रविधिको लठ्ठामा झुण्ड्याइएको पुलबाट झण्डै साढे २ सय मिटर तल बगेक कालीगण्डकीको बिचमा बन्जी गर्न मिल्नेगरि बन्जीको सबैजसो प्राविधिक काम सकिएको छ ।

यसअघि डोरीमा १ सय ५० किलोको ड्रम खसालेर परिक्षण गरिएको थियो । उक्त बन्जीमा कार्की र पर्वतका युवा व्यवसायिहरु समेतगरि ११ जनाको लगानी रहेको छ  कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई जोडेर २२८ मिटर उचाइबाट बन्जी गर्न मिल्नेगरि व्यवसायीले लगानी गरेका हुन् ।

बन्जीमा कार्कीसहित कुश्माका युवराज जोशी, नेत्र पराजुली, नवराज पौडेल, राजन जोशी लगायतको लगानी छ  लगानीकर्ताहरुले करिव १५ करोडको अनुमान गरेर बन्जी निर्माण शुरु गरेका थिए  डिजाइन र प्राविधिक कारणले करिव पाच करोड लागत बढेको जनाएका छन्  द क्लिफ प्रा।लि। मार्फत गरिएको लगानीमा कम्पनीकै नामबाट बन्जी, रिसोर्ट, स्काई साइक्लिङ र स्वीङ सञ्चालन हुन लागेको छ । बन्जीको सबै काम सकिएको र आफ्नो ठुलो सपना पनि अब पुरा भएको हाम फालेर निस्केपछि कार्कीले भन्नुभएको थियो  बन्जीले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने लगानीकर्ताहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस