प्याकुरेल राष्ट्रपतिको सल्लाहकार बन्ने केही योगदान छैनः युवा नेता चौलागाईं (अन्तर्वार्तासहित)

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रवास विशेष कमिटि अध्यक्ष तथा युवा नेता युवाराज चौलागाईंले सभामुख प्रकरणमा अहिले चलिरहेको बहसबारे राजमार्ग टिभिसँग कुरा गर्दै आफ्नो धारणा राखेका छन्।

राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल असक्षम भएका कारण राजीनामा दिनुभएको हो, नेता चौलागाईले भने। सुशील प्याकुरेलको यो परिवर्तनको प्रक्रियामा के योगदान छ र उहाँ राष्ट्रपतिको सल्लाहकार बन्ने ? उनको प्रश्न छ।

पहिलो कुरा त विगतका संघर्षका पृष्ठभूमि रहेका माओवादी नेताहरुको बारेमा यस्ता मुद्दाहरु नयाँ कुरा होइनन् विगतमा पनि तत्कालीन नेकपा माओवादी केन्द्र र हाल नेकपाका अध्यक्ष प्रचण्डका विषयमा अमेरिका जान लाग्दा, अष्ट्रेलिया जान लाग्दाखेरी वा विभिन्न सन्दर्भमा यस्ता कुराहरु उठाएर परिवर्तनकारीहरुको नाडी छाम्ने काम गरेका छन्।

ती प्रयासहरु असफल सावित हुँदै आएका छन्, ती मान्छेहरु जो आज सभामुखको विरुद्धमा एक पटक फेरी मूल राजनीतिको विपक्षमा देखापरेका छन्, तीनीहरुले नेपालको राजनीतिलाई बुझेका छैनन्। राजनीतिक प्रणालीलाई बुझेका छैनन्। त्यसकारण उनीहरुको प्रयास सफल हुँदैन।

सभामुखमाथि उठाइएको प्रश्नको कसरी समाधान होला, नेकपाले सभामुखमाथि देखा परेको कानुनी जटिलता कसरी समाधान गर्ला भन्ने एउटा विश्लेषणको पक्ष छ। वास्तवमा सभामुखमाथिको हमला संवैधानिक सर्वोच्चतामाथि गैर राज्य पक्षको हमला हो। र, नेपालको कानुनको शासनलाई स्वीकार गर्ने हो भने, संसदीय सार्वभौमिकताको विरुद्धमा अदालत उचाल्ने प्रयत्न भएको छ।

यो संविधानको विपरित त छदै छ, सामान्य शक्तिको सन्तुलनको राजनीतिक सिद्धान्तको विरुद्ध पनि छ। यो नेपालको भविष्यको हितमा छैन । अदालतले यो कुरा बुझेको छ भन्ने मलाई लाग्छ। अग्नि सापकोटाको विरुद्ध कुनै पनि मुद्धा छैन्। सापकोटालाई एउटा अभियुक्त जस्तो गरेर मुद्धा चलाउने प्रयास गरियो, यो गलत छ।

द्वन्द्वकालिन मुद्धाहरु सत्यनिरुपण आयोगको क्षेत्राधिकारभित्र पर्छ भनेर नेपाल सरकारका महान्यायधिवक्ता अग्नि खरेलज्युले कदम चाल्नुपर्छ। अग्नि सापकोटाको मुद्धा काभ्रेको जिल्ला अदालतमा चल्नु नपर्ने मुद्धा हो भनि उहाँले स्टेप लिएर बोलिदिनुभयो भने यो समस्यको समाधान हुन्छ। उहाँले यो विषयमा सम्बन्धित निकायमा छलफल गरिरहनुभएको होला भन्ने विस्वास लिएका छौं ।

सभामुख चयन सुशील प्याकुरेलको राजीनामा बारे युवा नेता चौलागाईंसँगको कुराकानी

प्रतिक्रिया दिनुहोस