नेपालमा नै नभएको पहिलो धार्मिक कार्यक्रम सङ्खुवासभाको मनकामना धाममा हुने

सङ्खुवासभाको मनकामना धाम जाऔँ !

बहुधार्मिक, बहुसाँस्कृतिक कार्यक्रममा सहभागी बनौँ, जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरु वृद्धि गरौँ नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ वि.सं. २०७६ सालको महाशिवरात्रीको अवसरमा नेपालमा नै पहिलो पटक विश्वको सबैभन्दा होचो उपत्यका अरुण उपत्यका र मकालु हिमालको सानिध्यमा रहेकी माता मनकामना धाममा बहुसाँस्कृतिक तथा बहुधार्मिक कार्यक्रमको आयोजना हुने भएको छ ।

धार्मिक सहिष्णुता कायम गर्दै हिन्दु बौद्ध, किराँत जैन आदि धर्मालम्बीहरुलाई एक सुत्रमा बाँध्ने उद्धेश्य राखेर यो कार्यक्रको आयोजना गर्न लागिएको हो । कार्यक्रमहरु ड्ड १०८ कुण्डमा वनस्पतिद्वारा कोटीहोम ड्ड बौद्ध धर्मालम्वीहरुका लागि लामा गुरुहरुबाट दोमोङ पाठ ड्ड किराँत धर्मगुरुद्वारा मुन्धुमको चर्चा तथा प्रवचन ड्ड बिशिष्ट गुरुहरुबाट शिवपुराण , वेद, उपनिषद आदिको पाठ पारायण तथा प्रवचन कसरी गर्ने त १०८ कुण्डमा वनस्पति कोटीहोम ? सर्वप्रथम वनस्पतिद्वारा हवन भनेको के हो त त्यो बुझ्नु पर्छ ।

जसरी हामी घरमा चामलको हवन गर्छाै त्यो हवन त्यसरी गरिदैन । हवनको तरिका भने त्यही नै भए पनि त्यहाँ चामलको ठाउँमा वनस्पतिको प्रयोग हुन्छ । हाम्रै गाउँठाउँमा पाइने विभिन्न प्रकारका वनस्पतिहरु जस्तै आँप, समी, डुम्री, पदमचाल, पाखुम्वेत, धुपी ठूलो ओखती आदि विभिन्न प्रजातिका वनस्पतिद्वारा हवन गरिन्छ । हवनका लागि चाहिने सामग्री कार्यक्रम स्थलमा पनि प्राप्त गर्न सकिन्छ भने हवन गर्न चाहाने सबै भक्तजनले आफ्नै घरबाट पनि ल्याउन सकिन्छ ।

जो जो भक्तजनले आपैm हवन गर्न चाहानु हुन्छ भने आपैm पनि हवन गर्न सक्नुहुनेछ । म गुरुहरुको हातबाट गराउँछु भन्ने लाग्छ भने त्यस्को पनि सुविधा प्राप्त हुने छ । त्यहाँ भएका १०८ हवन कुण्ड मध्ये आपूmलाई इच्छा लागेको जुनसुकै कुण्डमा गएर हवन गर्न सकिने छ । कुण्डका प्रकारहरु पहिलो कुण्ड नवग्रह कुण्ड हुनेछ । त्यहाँ नौ वटा कुण्ड हुनेछन् । त्यहाँ भक्तजनहरुले आपूmलाई कुन ग्रहको पूजा गर्न मन लागेको छ वा कुन ग्रहको ग्रह शान्ति गर्न मन लागेको छ त्यही ग्रहको पूजा तथा हवन गर्न सकिन्छ । जस्तै कसैलाई राहुको शान्ति गर्न मन लागेको छ भने त्यही राहु कुण्डमा नै गएर हवन गर्न सकिन्छ ।

आपूmलाई जुन ग्रहको पूजा गर्न मन लागेको छ त्यो ग्रहको हवन गर्न सकिन्छ भने म सबै ग्रहको हवन गर्छु भन्ने लागेका भक्तजनहरुले सबै ग्रहका कुण्डमा हवन गर्न सकिने छ । दास्रो कुण्ड सातबारका कुण्ड हुनेछन् । सातबारका सात वटा कुण्डमा भक्तजनहरुले आफ्नो इच्छाअनुसार हवन गर्न सक्नेछन् । आफ्नो जन्मबार, अथवा जुन बारसँग सम्बन्धित देवीदेवताको पूजा गर्ने हो ती देवीदेवताहरुसँग सम्बन्धित बारहरुको कुण्डमा गएर हवन गर्न सकिने छ । तेस्रो कुण्ड पितृ कुण्ड हुनेछ ।

जस्मा आफ्ना पितृहरुको मुक्तिका लागि हवन गर्न सकिनेछ । ज जस्का पितृहरु अगति परेर वा अकालमा नै मृत्यृ भएको छ त्यस्ता पितृहरु पनि तर्न सकुन् भनेर हवन गर्न सकिन्छ । आफ्नो वंशमा कोही लडेर, झुण्डिएर, डढेर, दुर्घटनामा परेर आदि कारणले मृत्यु भएको छ र तिनीहरुको आत्माको शान्तिका लागि हवन गर्न सकिन्छ । अर्काे कुण्ड भनेको गोत्रको कुण्ड हुनेछ । मानिसहरुका विभिन्न गोत्र हुने गरेका छन् । जस्तै उपमन्यु , बशिष्ट, अत्री, भारध्वज आदि । यस्ता गोत्रहरुका लागि छुट्टाछुट्टै कुण्डहरु हुनेछन् । आफ्ना गोत्रका सबै पितृहरुले मुक्ति पाउन् भन्ने पवित्र भाव राखेर हवन गर्न सकिन्छ ।

यस्ता कुण्डहरु २१ देखि २५ वटा हुनेछन् । अर्काे कुण्ड महालक्ष्मी कुण्ड हुनेछ । ज जस्ले महालक्ष्मीको व्रत लिनु भएको छ वा जस्ले महालक्ष्मीको आह्वान गर्न चाहानुहुन्छ वा लक्ष्मीलाई खुशी पार्न चाहानु हुन्छ ती भक्तजनले महालक्ष्मी कुण्डमा आएर हवन गर्न सकिन्छ । यस्तो कुण्डमा आएर हवन गरेमा लक्ष्मी प्रसन्न भई भक्तका दुःखहरु हटेर जाने विश्वास गरिन्छ । अर्काे कुण्ड महासरस्वती कुण्ड हुनेछ । यो कुण्डमा सरस्वतीको भक्ति गर्नेले हवन गर्न सकिनेछ ।

जस्लाई विद्या प्राप्त हुन सकेको छैन वा अझ विद्या प्राप्त गरेर ज्ञानको क्षेत्र विस्तार गर्न चाहानेले यो कुण्डमा हवन गर्न सकिनेछ । अर्काे कुण्ड विश्वकर्मा बाबाको कुण्ड हुनेछ । यस कुण्डमा विश्वकर्मा बाबा प्रति आस्था र विस्वास राख्ने जो कोहीले हवन गर्न सकिने छ । गाडी चलाउने, गाडी किन्ने, उद्योगधन्दा खोल्ने वा फलाम सम्बन्धी जुनसुकै काम गर्ने आदिले उक्त कुण्डमा हवन गर्न सकिने छ । यस्ता यस्ता १०८ वटा कुण्डहरु त्यहाँ स्थापना गरिने छ ।

जस्मध्ये आपूmलाई जुन कुण्डमा हवन गर्न मन लागेको छ त्यही कुण्डमा हवन गर्न सकिने छ भने सबै कुण्डमा पनि हवन गर्न सकिन्छ । त्यसै गरी बौद्ध धर्मालम्बीहरुका लागि दोमङ पाठ गराइने छ । बौद्ध धर्मका चार सम्प्रदायहरुका छुट्टाछुट्टै गुरुहरुद्वारा उक्त कार्य गरिने छ । बौद्ध धर्ममा हवनलाई जिन्सा भनिन्छ भने उक्त जिन्सा पनि त्यहाँ गराइने छ । जिन्साका लागि छुट्टाछुट्टै कुण्डहरुको व्यवस्था गरिने छ । बौद्ध धर्मसँग सम्बन्धित देवीदेवताहरुको हवानका लागि पनि विभिन्न देवीदेवताहरुसँग सम्बन्धित हवन कुण्डहरुको स्थापना गरिने छ । किराँत धर्मालम्बीहरुका लागि पनि उनीहरुका इष्ट देवता पारुहाङ र सुम्निमाको छुट्टाछुट्टै उपासना गरिने छ । यसका साथै किराँतहरुका पञ्चकन्याहरुको पनि अलग अलग पूजा गरिने छ । धर्मिक कार्यहरुका साथै सङ्खुवासभा जिल्लामा पर्यटकहरुको सङ्ख्या बृद्धि गर्नका लागि विविध कार्यक्रमहरु गरिने भएको छ ।

जम्मा ११ दिन सम्म चल्ने यो कार्यक्रममा सङ्खुवासभा जिल्लाका प्रमूख पर्यटकीय गन्तव्यहरुको जानकारीका लागि श्रब्य दृष्य , बृत्त चित्रहरु प्रदर्शनी गरिने छ । यसबाट आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित गरी प्रचार प्रसारमा सहयोग पुग्ने छ । यसका साथै आयुर्वेददिक स्वास्थ्य शिविर, योग, ध्यान तथा जपका साथै अन्य विविध कार्यक्रमहरु पनि हुनेछन् ।

श्रीहरि लक्ष्मण गुरु ज्यूको सत सङ्कल्पमा नेपालमा नै पहिलो पटक हुन लागेको यो बहुसास्कृतिक तथा बहुधार्मिक कार्यक्रमले श्रीहरि आध्यात्मिक गुरुकुल सञ्चालनको लागि अक्षयकोष स्थापना गर्न सहयोग गर्नुका साथै विश्वमा छरिएर रहेका तथा जुन सुकै कुना काप्चामा भएका नेपालीहरुलाई एक सुत्रमा बाँध्ने जमर्काे गरिएको छ । वनस्पतिद्वारा कोटीहोम त्यो पनि १०८ कुण्डमा अहिलेसम्म कतै नभएको कारण सङ्खुवासभामा नै गरेर नयाँ कामको सुरुवात गर्न लागेको लक्ष्मण गरुले जानकारी दिनु भएको छ । यो कार्यक्रम गर्दा एक करोड पचास लाख खर्च हुने अनुमान गरिएको छ ।

               ###नेपालमा नै नभएको पहिलो धार्मिक कार्यक्रम सङ्खुवासभाको मनकामना धाममा हुने ###

प्रतिक्रिया दिनुहोस
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
तपाईंले आफुलाई साधारणभन्दा कम ऊर्जाको पाउनुहुनेछ - अतिरिक्त कामले आफुलाई भार नदिनुहोस् - केही आराम गर्नुहोस् र आफ्नो भेटघाट अर्को दिनको लागि मिलाउनुहोस्। तर्क र टकराव अनि अरूमा अनावश्यक दोष खोज्नेबाट बच्नुहोस। व्यक्तिगत मामिलाहरू नियन्त्रणमा हुनेछन्। तपाईं एक दिनको बिदामा जानु हुँदैछ भने चिन्ता नगर्नुहोस् - तपाईंको अनुपस्थितिमा पनि काम सजिलै चल्नेछ। कुनै अनौठो कारणले गर्दा समस्या भएमा - तपाईं फर्केर आएपछि यसलाई सजिलै समाधान गर्नुहुनेछ। सेमिनार र प्रदर्शनीहरूले तपाईंलाई नयाँ ज्ञान र सम्पर्क प्रदान गर्नेछ। आज, आफ्नो साथीले तपाईंलाई आफ्नो रमाइलो पक्ष देखाउन सक्छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
रमाइलो गर्न बाहिर जानेहरूको लागि सरासर खुशी र आनन्द मिल्नेछ। आमाबाबुको सहायताले गर्दा वित्तीय बाधाहरु टर्दै गएको जस्तो देखिन्छ। तपाईंले ख्याल राख्ने कसैसँग सञ्चारको अभावले तपाईंलाई निराश पार्न सक्छ। तपाईं एक पटक आफ्नो जीवनको प्रेम भेटेपछि, अरू केही आवश्यक पर्ने छैन। तपाईंले आज यो सत्यको महसुस गर्नुहुनेछ। आफ्नो कामको दक्षतामा वृद्धि गर्न नयाँ प्रविधीमा बानी बसाल्नुहोस् - तपाईंको शैली र राम्ररी काम गर्ने अद्वितीय तरीकाले तपाईंलाई छेउबाट हेर्दै गरेका मानिसहरूलाई चासोको विषय हुनेछ। आफ्नो साथी उत्कृष्ट हुँदा जीवन साँच्चै नै सम्मोहित हुन्छ; तपाईंले आज यसको अनुभव गर्नु हुनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
तपाईंको यो आध्यात्मिकताको मद्दत लिने उचित समय छ किनकि मानसिक तनाउलाई प्रतिआक्रमण गर्ने सबै भन्दा राम्रो विकल्प हो। ध्यान र योगले तपाईंको मानसिक दृढता बृद्धि हुनेछ। छिमेकीसँग झगडा गर्नाले तपाईंको मुड बिग्रिन सक्छ। तर आफ्नो स्वभाव नबिगार्नुहोस किनभने यसले मात्रै आगोमा इन्धन थप्ने काम गर्दछ। तपाईंले सहयोग दिनु भएन भने तपाईंसँग कसैले झगडा गर्न सक्ने छैन। मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने प्रयास गर्नुहोस्। प्रेमको खुशीयाली अनुभव गर्न सक्नु हुनेछ। आफ्नो कौशल देखाउन अवसर आज तपाईंसँग हुनेछ। तपाईंलाई मद्दत गर्ने मानिसहरूको लागि तपाईंले प्रतिबद्धता बनाउनु हुनेछ। तपाईंको जोडीले आज तपाईंको बारेमा सबै राम्रो कुरा गरेर प्रशंसा गर्नेछिन् र तपाईंको लागि समर्पण गर्नेछिन।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
स्वास्थ्य सम्बन्धी कुराहरूलाई लिएर आफैंलाई बेवास्ता नगर्नको लागि होसियार हुनुहोस्। तपाईंले परिवारका सदस्य र साथीहरूसँग पर्याप्त समय पाउनुहुनेछ। तपाईंले आफ्नो प्रेमीको एउटा नयाँ अद्भुत पक्ष देख्न पाउनु हुनेछ। आफ्नो दृष्टिकोणमा इमानदार र सही हुनुहोस् - तपाईंको सङ्कल्प र कौशलले परिचय प्राप्त गर्नेछ। आज आफ्नो जोडीले तपाईंलाई दुनियामा उसको अर्को कोही छैन भन्ने महसुस गराउनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बुजुर्गहरूले राम्रो लाभको लागि आफ्नो अतिरिक्त ऊर्जाको सकारात्मक प्रयोग गर्न आवश्यक छ। तपाईंको ज्ञानको तिर्खाले नयाँ मित्र बनाउन मद्दत गर्नेछ। प्रेमीहरूको पारिवारिक भावना अत्यधिक विचारशील हुनेछ। आज तपाईं उपस्थित भएका व्याख्यान र सेमिनारले विकासको लागि नयाँ विचार ल्याउनेछन्। तपाईंका वरिपरिका मानिसहरूलाई यस्तो काम गर्न सक्नेछन् जसले गर्दा तपाईंको जीवनसाथी फेरी तपाईंमा समर्पित हुनेछन्।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईंको अथाह प्रयास र परिवारका सदस्यहरूको समसामयिक सहयोगले इच्छित परिणाम ल्याउने थियो। तर अहिलेको झैं जाँगर कायम राख्न कठिन कार्य गरिरहनुहोस्। परिवारको गोप्य समाचारले तपाईंलाई आश्चर्य बनाउन सक्छ। तपाईंको रोमान्टिक साथीले तपाईंमाथि चापलूसी गर्ने कुरामा सावधान रहनुहोस् - यो संसारमा मलाई एक्लो नछोड्नुहोस्। आज तपाईं रोशनीमा हुनुहुनेछ - र सफलता तपाईंको सामर्थ्य भित्रै छ। आफ्नो जोडीले तपाईंलाई केही नराम्रा कुराहरूका साथै तपाईंको किशोर समयको याद दिलाउने छन्।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईंले अवकाशको खुशीलाई रमाइलो पार्न जानु हुँदैछ। पोस्टद्वारा आएको पत्रले सम्पूर्ण परिवारमा खुसीको समाचार ल्याउँछ। तपाईंको समर्पित र शुद्ध प्रेममा रचनात्मक शक्तिको जादू छ। सेमिनार र प्रदर्शनीहरूले तपाईंलाई नयाँ ज्ञान र सम्पर्क प्रदान गर्नेछ। यो दिन तपाईंको नियमित वैवाहिक जीवनमा विशेष दिन हो; तपाईंले आज साँच्चै असामान्य केही अनुभव गर्नु हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आजको मनोरञ्जनमा खेल गतिविधिहरु र घर बाहिरका कार्यहरू समावेश हुनुपर्छ। सबै प्रतिबद्धता र आर्थिक कारोबार ध्यानपूर्वक गर्न आवश्यक छ। साँझको लागि रोमाञ्चक योजना राखेर तपाईंका मित्रहरूले तपाईँको दिन रोशन गर्नेछन्। नयाँ विचारहरू फलदायी हुनेछन्। तपाईंले कसैलाई दिएको सहायताको इनाम वा स्वीकार प्राप्त हुनेछ यसैले आज तपाईं सबैको प्रसंशाको पात्र हुनुहुनेछ। बाहिरी मान्छेको हस्तक्षेपले आफ्नो वैवाहिक जीवनमा रोकावट प्रदान गर्नेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
शारीरिक पीडा र तनाउ सम्बन्धित समस्यालाई नकार्न सकिंदैन। तपाईंलाई आज धेरै नयाँ वित्तीय योजनाहरु प्रस्तुत गरिनेछ - प्रतिबद्धता बनाउनु अघि फाइदा र हानिको राम्ररी वजन गर्नुहोस्। परिवारका सदस्यहरूलाई समय बिताउन रमाइलो हुनेछ। आज आफ्नी प्रियतमासँग शिष्टतासाथ व्यवहार गर्नुहोस्। आफ्नो कौशल देखाउन अवसर आज तपाईंसँग हुनेछ। तपाईंले कसैलाई दिएको सहायताको इनाम वा स्वीकार प्राप्त हुनेछ यसैले आज तपाईं सबैको प्रसंशाको पात्र हुनुहुनेछ। तपाईंले आफ्नो जोडीको कुनै काम बारे अप्ठ्यारो महसुस गर्न सक्नु हुनेछ। तर पछि यसलाई राम्रोको लागि भएको हो भन्ने महसुस गर्नु हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
खुल्ला खाना खाँदा विशेष सावधानी लिनुपर्छ। यसको लागि तपाईंले अनावश्यक तनाउ नलिनुहोस् किनकि यसले मानसिक तनाउमात्र दिनेछ। आफ्नो जीवन साथीको लापरवाहीले सम्बन्ध बिगार्न सक्छ। आफ्नो बहुमूल्य समय खर्च गर्नुहोस् र आफ्ना खुसीका सुनौला दिनहरू पुनः प्राप्त गर्न आफ्ना रमाइला सम्झनाहरु याद गर्नुहोस्। आज तपाईंको आत्मीय भएर जोडिने अनुरोध गर्ने कसैसँग भेट हुने बलियो सम्भावना छ। आज तपाईं विनम्र र उपयोगी हुनुहुन्छ भने, तपाईंले आफ्ना साझेदारहरूबाट अत्यधिक सकारात्मक प्रतिक्रिया प्राप्त गर्नु हुनेछ। तपाईंको वैवाहिक जीवन राम्रो बनाउने प्रयासले आज आशा गरेकोभन्दा राम्रो फल दिनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आज तपाईंलाई बाहिर सैर गर्नाले र आनन्दको सैरले राम्रो मुडमा राख्नेछ। साँझमा चलचित्र-थिएटर वा आफ्नो जोडीसित खानाले तपाईंलाई तनाउमुक्त र राम्रो मुडमा राख्न सक्छ। तपाईंले स्पष्ट समझद्वारा मात्रै आफ्नी श्रीमतीलाई भावनात्मक सहयोग दिन सक्नुहुन्छ। आज तपाईंले आफुले राम्रो काम गरिरहेको आफ्ना परिवारको समर्थनले हो भन्ने कुराको महसुस गर्नु हुनेछ। आफ्नो शरीर र व्यक्तित्व सुधार गर्ने तपाईंको प्रयासले तपाईंलाई सन्तुष्टि दिनेछ। आफ्नो जोडीसित तपाईं आज फेरि प्रेम गर्नुहुनेछ किनकि उनी यसको लागि योग्य छन्।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
संकटको समयमा विशेष गरी आफ्नो धैर्य नगुमाउनुहोस्। केही अतिरिक्त पैसा बनाउन आफ्नो नवीन विचार प्रयोग गर्नुहोस्। तपाईंको हँसिलो प्रकृतिले वरिपरिको वातावरण उज्यालो पार्नेछ। व्यस्त सडकमा तपाईंले आफुलाई भाग्यमानी भएको महसुस गर्नुहुनेछ किनकि तपाईंकी प्रियतमा सबैभन्दा राम्री छन्। विवाद वा कार्यालयको राजनीति; तपाईंले आज सबैमा शासन गर्नुहुनेछ। विवाहको मामलामा आज तपाईंको जीवन साँच्चै नै रमाइलो देखिन्छ।
काठमाडौँ — असार दोस्रो साता भर्चुअल भएको वार्डेन सम्मेलनमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) अणनाथ बरालले निकुञ्जको…
यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत…
एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलपूफल तथा तरकारी बजार…
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी वकिलहरूले प्रतिनिधिसभा पुनःस्थापना भए मुलुक अस्थिरतातर्फ जाने दाबी गर्दै चुनाव निर्विकल्प भएको जिकिर गरेका छन्। कसैले…
पुस ५ पछि एमाले बनेका रामबहादुर थापा (वादल) हरु एमाले नै हुन् कि हैनन् भनेर वैधानिकता खोजियो, कोही रिट लिएर…
सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ…