चीनमा खानीभित्र विष्फोट, पन्ध्रजनाको मृत्यु नौ जना घाईते

एजेन्सी–चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने नौ जना घाईते भएका छन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार सोमबार दिउँसो खानीमा ग्यास विस्फोटन भएर दुर्घटना भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
दुर्घटना भएको बेला घटनास्लथमा ३५ जना कार्यरत रहेका र ११ जनालाई भने कुनै चोटपटक पनि नलागि बाहिर निकाल्न सफल भएका उद्धारकर्ताहरुको भनाई छ ।
घाइतेहरुको अवस्था स्थिर रहेको र घटनाका बारेमा अनुसन्धानसुरु गरीएको अधिकारीहरुले जानकारी दिएका छन् । चीनमा खानीमा हुने यस्ता दुर्घटनाका घटना बेला बेलामाभइ नै रहने गरेको छ । खानीमा सुरक्षाको व्यवस्था अत्यन्त कमजोर रहेको जानकारहरु बताउँछन् ।