इन्डोनेसियामा ७.१ रेक्टरको भूकम्प

२९ कात्तिक, काठमाडौं । मोलुसा सागरलाई केन्द्रविन्दु बनाएर इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको छ । उक्त भुकम्प ७३ किलोमिटर गहिराइमा थियो । मानवीय र भौतिक क्षतिको विवरण आइसकेको छैन ।


स्थानीय टेलिभिजन च्यानलका अनुसार भूकम्पको धक्काका कारण उत्तरी सुलावेसी र उत्तरी मालुकु प्रान्तमा त्रास पैदा भएको छ । सरकारले पनि विशेष गरी उत्तरी सुलावेसी प्रान्त र उत्तरी मालुकी प्रान्तका बासिन्दालाई नै सतर्क रहन भनेको
यो भूकम्पका कारण सुनामी आउने चेतावनी दिइएको छ । इन्डोनेसियाको मौसम विज्ञान विभागले सुनामी आउने चेतावनी जारी गर्दै मानिसहरुलाई समुद्र तटभन्दा टाढै रहन आग्रह गरेको छ ।