राष्ट्रिय युवा संघका ७५ जिल्लामा संयोजक र सह–संयोजक तोकिए,पर्वतमा पौडेल र नेपाली

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजक तोकिएका छन् ।
तत्कालीन माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपाललाई ३५ जिल्ला संयोजक र तत्कालीन नेकपा एमालेको संगठन युवा संघले ४२ जिल्लामा संयोजक लिएको छ ।

यसैबिच पर्वतको संयोजकमा तात्कालिन युवा संघका अध्यक्ष थमनारायण पौडेल र सह– संयोजकमा तात्कालिन वाईसियलका बलराम नेपालीलाई तोकिएका हुन् । त्यस्तै बागलुङको संयोजकमा रेशम घर्ति र सहसंयोजकमा रमेश घर्ति, म्याग्दीको संयोजकमा प्रदिप शाहि र सहसंयोजकमा सन्दिप खत्री रहेका छन् ।युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखा र सहसंयोजक रमेश पौडेलले विज्ञप्ति जारी गर्दै जिल्ला संयोजक र सह–संयोजक तोकिएको उल्लेख गरेका छन् । कतिपय जिल्लामा भने सह–संयोजक तय भइसकेका छैनन् । तर कसले कुन पद पाउने भन्ने भागबन्डा मिलिसकेको बताईएको छ ।