तामाखानी उत्खनन् लागि स्थानियको सक्रियता

पर्वत, जिल्ला जलजला गाउँपालिका वडानम्वर ७ धाईरिङ्स्थित खानीगाउँमा रहेको तामाखानी संचालन उत्खनन्मा स्थानियले चासो देखाउन थालेका छन् ।
स्रोत साधनको अभावमा बन्द गरिएको तामाखानी दुईसयवर्ष अगाडिदेखि तामाखानी उत्खनन् भईरहेको थियो । सो ठाउँमा तामाको मात्र अधिक रहेकाले उत्खनन्गरि रोजगारीका अवसर सृजना गर्न सकिने भएकाले स्थानिय राजनितिकदलका नेता तथा स्थानिय वडाका प्रतिनिधिले तामाखानीको अध्ययन गरेका छन् ।


हालै जलजला गाउँपालिका नेकपाका अध्यक्ष दिपक आचार्य तथा धाईरिङ्गका वडा अध्यक्ष तथा प्रतिनिधि स्थानियहरुले तामाखानीमा पुगेर खनिएका आधादर्जन गहिरा सुरुङहरूको अध्ययन गरेका हुन् ।
साधन स्रोतको अभावमा बन्द खानी झण्डै दुईसय बर्ष पहिले गहिरा सुरुङ खनेर तामा निकाल्ने हाम्रा पुर्खाले रोजगारी सृजना गरेका रहेछन्, नेता दिपक आचार्यले भने, उहाँहरुलाई सलाम गर्न मन लागेको छ, अहिले पनि यो खानी संचालनमा ल्याईनु पर्दछ र रोजगारी सृजना गर्नुपर्छ ।


तामाखानी संचालनमा ल्याउन सके धेरैले रोजगारी पाउने आसा लिईएको छ । सभ्भाव्यता, अध्ययन गरिरहका छौ, तामाखानी उत्खनन गर्न पाए धेरैले रोजगारी पाउथे, भनेर ल्याव टेष्ट लागि नमुना ल्यावमा काठमाडौ पठाएका छौ सम्वन्धित वडाका वडा अध्यक्ष तुङ्गनाथ शर्माले भने, त्यहाँको रिपोट आएपछि उत्खननका लागि पहल अगाडि बढ्न खोजेका छौ ।