‘चासोक तङनाम सांगितिक साँझ २०७६’मा सुगम र सुनिताको धमाका ईजरायलमा

लिम्बु जातिको चासोक तङ्नाम पर्वको अवसरमा प्रवासी नेपाली किराँत याक्थुङ् चुम्लुङ् ईजरायलले नेपालका चर्चित गायकगायिका सुगम पोख्रेल र सुनिता थेगेमलाई ईजरायलमा आमन्त्रण गरिएको छ ।


किरात याक्थुङ ईजरायलले प्रदेश नम्वर १ का लिम्वुवानका ९ जिल्लाका असहाय, अपाङ्गता भएका र जेहेन्दार बालबालिकाको निम्ति छात्रवृत्ति प्रदानगर्ने उद्धेश्यले गायक गायिकालाई आमन्त्रण गरिएको हो ।
कार्यक्रमलाई भव्य एवं सानदार बनाउन गायक गायिका सुगम र सुनिताको धमाकेदार प्रस्तुतिले दर्शकहरुको मनजित्ने विश्वास गरिएको छ ।


लिम्बु, राई, सुनुवार र याक्खा जातिले मंसिर पूर्णिमाका दिन दिवंगत पुर्खालाई अन्न खुवाएर पुजागर्ने चलन रहेको छ । यहि चाडलाई हिन्दुहरु धान्य पूर्णिमा र किरात याखले चासोवा, सुनुवारले फेलो स्यादर, लिम्वुले चासोक र राईले उधौली पर्वको रुपमा मान्ने गर्दछन् ।

डिसेम्वर १३ तारिख शुत्रबार तेलअभिवको हागना १३५ मा हुने ‘चासोक तङनाम सांगितिक साँझ २०७६’ कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ । यहाँसम्म आउने बसको निशुल्क व्यवस्था गरिएको बताईएको छ ।
साँझ ६ बजेबाट सुरुहुने कार्यक्रममा स्थानिय कलाकारहरुबाट पनि आफ्ना कलाप्रर्दशन गर्ने बताईएको छ । कार्यक्रमबाट उठेको रकमबाट कियाचु ईजरायल कल्याणकारी कोषको अभिवृद्धिगरी सहयोगगर्ने आयोजकले जनाएको छ ।