भारतिय हस्तक्षेपको प्रतिवाद गरिन्छ– प्रचण्ड

२० कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले लिपुलेक हाम्रै नेपालको हो, यसमा हस्तक्षेप भएको भए अस्वीकार्य भएको बताएका छन् । उनले चीन र भारतबीच असहमती राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यसको कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्ने बताए ।


दाङको घोराहीमा प्रेस संगठन नेपालले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यसबारेमा अध्ययन गरि बुझ्नेछु तर, भारतले यस किसमको काम गरेको छ भने त्यो कदापी शैह्य हुँदैन ।
उनले भने ‘सीमाका विषयमा हामि कुनै पनि किसिमको सम्झौता गर्ने पक्षमा छैंनौं’ हस्तक्षेप भएको भए सच्याउनुपर्छ । प्रचण्डले आफू भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसित प्रष्टरुपमा लिपुलेकबारे असहमति राखेको बताए ।