प्रवासी चितवने हरुको तेस्रो विश्व सम्मेलनको तयारी पुरा,प्रचण्डद्धारा उद्घाटन हुने !

पर्बत , बुद्ध सन्देशको लागि मध्यपुर्ब सम्बाददाता सरिस्मा बराल (उमा )
विश्वभरी छरिएर बसेका प्रवासी चितवनबासीहरुको चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिको तेस्रो विश्व सम्मेलन तथा छौटौ साधारण सभा असोज २६ मा हुने भएको छ ।

चितवनको जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटनको सम्पूर्ण तयारी पुरा भईसकेको आयोजकले जनाएको छ । सो कार्यक्रममा नेकपाका अध्यक्षत तथा पूर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड सहभागी बनी उद्घाटन गर्नुहुने भएको हो ।

१५ देश सँग सम्वद्ध रहेका प्रवासिहरुको साझा संगठन २०६९ सालमा स्थापना भएको र सात देश जोडीएर जाने संस्था भएको संस्थाका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानाकारी दिएका छन् । यस प्रवासी संस्थाले चितवनमा बिपद तथा बलबालिकाको शिक्षा र अन्य सामाजिक सेवाप्रदान गर्दै आएको संसारभरी रहनु भएका चितवनबासी हरुलाई प्रतिनिधित्व गर्ने गरेको सबैले साथ र सहयोग हुनेछ भन्दै सहभागिताको लागि सबैलाई आग्रह गरिएको प्रवास संगठन संयोजक समिर केसी बताउनुभयो ।

असोज २६ गते प्रचण्ड द्वारा उद्घाटन हुने विश्व सम्मेलनको तयारी पुरा भएको संस्थाको सचिब गणेश ढकालले जनाउनु भएको छ ।

प्रकाशित बिहीबार २३ असोज, २०७६     ###प्रवासी चितवने हरुको तेस्रो विश्व सम्मेलनको तयारी पुरा,प्रचण्डद्धारा  ###