यस्तो पाराले समाजबादमा पुगिएला र खै ?

काठमाडौं,
बर्तमान अबस्थामा सरकार र पार्टी बिचको सम्बन्ध , कार्यशैली बारे सामान्य सुझाबमुलक चर्चा । अहिलेको अबस्था सामन्तबादको अन्त्य भएको भनिएपनी सामन्ती विचारको अन्त्य हुन सकेको छैन  यो सामन्ती बिचार हाम्रो समाज , सबै राजनैतिक दल , संघ, संस्था , नेता , कार्यकर्ता जहाँ त्यहिं छ्याप छ्याप्ति कायमै रहेको देखिन्छ ।

कोहि कहीं धेरै ,थोरै होला तर अछुतो कुनै दल छैनन  अरुको त के कुरा गरौं र ? सामन्तबादको गर्भ बाट जन्मिएको पूजिबादले कम्युनिष्ट आन्दोलन भित्र पनि ठुलो प्रभाब पारेको छ  कम्युनिष्ट स्कूलिंग बाट हुर्किएका , मार्क्सबादलाई आफ्नो सिद्धान्त अंगालेका , लौह अनुसासनलाई पालन गर्दै आएका , सामूहिक छलफल र ब्यक्तिगत जिम्मेबारीको सांगठनिक सिद्धान्त र पद्दति अँगाल्दै आएका नेताले पनि बिधि , बिधान केहि मान्न नपर्ने ? अनुशाशित बन्नु नपर्ने , नेता मन खुसिबाट चले हुने , मनखुसि गरे हुने , सार्बजनिक रूपमै नेता पार्टी र सरकार बिरुद्ध बोल्न हुने , सरकार र पार्टी बिच समन्वय नगर्ने , नेताहरुले सरकारका राम्रा कार्यप्रति पनि प्रचारै नगर्ने , सरकार पार्टी सँग परामर्श नगर्ने , सार्बजनिक पदमा पुग्दा जन निर्बाचीत पदाधिकारीहरु संसार जितेको सपना देख्ने र त्यस्तै ब्यबाहार गर्ने , पुनः जनताको बिचमा जानुपर्दछ भन्नेकुराको हेक्का नराख्ने , जनता सँग एकाकार बन्नु पर्ने र जिबन्त सम्पर्क गर्नुपर्नेमा टाढा रहने , जनतालाई दिएका आस्वासन ,बाचा, प्रतिबद्दतालाई बेवास्ता गर्ने , नेता र कार्यकर्ताको सम्बन्ध दास मालिकको जस्तो बनाउँदै जाने , आआफ्ना स्वार्थका गुट निर्माण गर्ने , पार्टी नेताहरूलाई बिधि, बिधानले कहीं नछुने , हरेक निर्णय आंफुखुसी गर्दै जाने , बैठक बस्नु नपर्ने , छलफल हुनै नपर्ने , सिमित घेराभित्र बाट परिचालित बन्ने , कार्यकर्ता ,नेताको त्याग र बलिदानको कुनै मूल्याँकन नहुने , जनबादी केन्द्रीयता नेताले पालन गर्नै नपर्ने , तलकालाई ऐन माथिकालाई चैन जस्तो ब्यबहार देखिने , विलासिता वा आबस्यकता भन्दा बड़ी ख़र्चीलो र भड़कीलो पूजिबादी जीबन शैली लाई अंगाल्ने , नेताले जे गरेपनी कार्यकर्ताले गुणगान गाईदिन पर्ने , कार्यकर्ताले नेताको आलोचना वा बिरोध गर्नै नहुने, सधै आँफुमात्र नेता , सांसद , मन्त्री बनिरहनु पर्ने, अरुलाई अबसर नदिने आदि आदि जस्ता प्रबृति नै आज मुल पार्टी र सरकार बिच समस्या बनेर खड़ा भएका छन । यस्तो ब्यबाहरले तल्लो तहमा अत्यधिक निरासता ल्याएको र छाएको देखिन्छ ।

आज मुकुकका दुई ठुला कम्युनिष्ट पार्टीको एकता गरीं देसमा करीब दुई तिहाई को हाराहारी बहुमत ल्याउँदा पनि हामिले केहि गर्न सकेनौं भनें कम्युनिष्टहरु प्रतिको जन बिस्वास गुम्ने छ  यस्तै उपरोक्त शैली र ब्यबाहारलाई देखेर आज जनता , तल्लो तहका कार्यकर्ता निरास बनेका छन  यही समय पारेर बर्ग दुस्मनहरुले यहिं मौक़ापारी तातेको बेला फ़लामलाई हिर्काउनु पर्दछ र धमिलो पानीमा माछा मार्नु पर्दछ भन्ने नियतले ब्यबस्था बिरोधीहरु , सरकार बिरोधीहरु , देसी बिदेसी प्रतिक्रियाबादीहरू न्वारन देखिको बल लगाईं साम, दाम , दण्ड ,भेदका सबै अस्त्र लिएर घेराबन्दी गरिरहेका छन । त्यसै अनुरूप लागि परेका छन । सरकार बिरोधी अभियानमा लागेका छन ।

यो अवस्था प्रति सरकार र सरकार सञ्चालन गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर हुनु र बन्नु आवस्यक छ । यो पार्टी धन नभएका ब्यक्तिको नाम धनबहादुर नाम भएजस्तो नहोस  कम्युनिष्ट आदर्श र सिद्धान्तमा आधारित बनेर अघि बढोस । जनता र राष्ट्रको हितमा अगाडी बढ्दै हरेक नेता कार्यकर्ता ,जनप्रतिनिधिहरु जनतामा योग्य , उदारणीय र अनुशासित बन्नु आबस्यक छ । अरु दलको तुलनामा कम्युनिष्टहरु उदाहरणीय बन्नु पर्दछ  हामिमा र अरु दलबिच भिन्नता भएन ,देखिएन भनें जुन जोगी आएपनी कानै चिरेको हुनेछ । जनताबाट बिस्वास गुम्ने छ। तसर्थ पार्टिलाई अब सुद्धिकरण गर्दै अगाडी बढ्नु पर्ने स्थिति पनि सृजना भएको देखिन्छ । राजनीतीलाई नेता ,कार्यकर्ताहरुले ,तल्लो तहदेखी उपल्लो तहसम्मका जनप्रतिनिधिहरुले ब्यबसायमुलक होईन सेबामुलक बनाउनु पर्दछ ।

पार्टिले सरकार सञ्चालन गर्नुपर्नेमा यहाँ अरकै भएको देखिन्छ  हात्तीले पुच्छर हल्काउनु पर्नेमा पुच्छरले हात्ती हल्लाऊन खोजेको देखिन्छ । यो बेठीक प्रक्रिया हो  एकपटक जनमत अर्थात बहुमत आयो भन्दैमा जनताले सधै समर्थन गर्छन भन्ने मनोरोगबाट मुक्त बन्नु पर्दछ । अहिले जनता धेरै सचेत छन । ठुला ठुला बहुमत प्राप्त गरेका पार्टीहरु चुनाबी मैदानबाटै धरासायी बनेर रक्षयात्मक अबस्थामा पुगेको बिस्व इतिहाँस हाम्रो सामु धेरै उदाहरण छन । यी घटनाबाट पनि पार्टी ,सरकारले ध्यान पुर्याउन आबस्यक छ  अब बेलैमा पार्टिले आफुलाई नसच्याउने हो भनें, आफुबाटै आआफ्ना आचरण र ब्यबहार परीबर्तन नगर्ने वा नहुने हो भनें आज पार्टी जति ठुलो भएपनि भोलि ठुलो दुर्घटना हुन सक्ने सम्भाबना लाई नकार्न सकींदैंन । त्यति बेला मुलुक त संकटमा पर्दछ नै ! कम्युनिष्ट आन्दोलन पनि क्षतविक्षत हुन सक्छ् । यसबारे पार्टी नेतृत्वले समयमैं ध्यान पुर्याउनु नितान्त आबस्यक देखिन्छ । –

टिका पौडेल भारत प्रवास