राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब ३२ करोड

काठमाडौं– सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७५र७६ को चौथो त्रैमासिकसम्ममा ५ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा दर बैंकिङ क्षेत्रमै अहिलेसम्मको सबैभन्दा धेरै हो ।


बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानी मात्रै १० अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ९ अर्ब ११ करोड रुपैयाँ थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी बैंक प्रतिस्पर्धामा जान सक्दैनन् भन्ने आम बुझाइलाई तोड्दै वाणिज्य बैंकले नेपालको बैंकिङ क्षेत्रमध्येकै अब्बल बनेर उदाहरण पेश गरेको बताएका छन् ।गोरखापत्र दैनीकबाट