बाँकेको ईंटा कर्णालीसम्म

बाँके । नेपालगञ्जको पुरानो बजार एकलैनी, सदरलाइन, त्रिभुवन चोक जस्ता बस्ती सयौं वर्षअघि बने ।

ईंटाको पर्खाल र ईंटाकै ढलान भएका घरहरु अहिले पनि देख्न सकिन्छ ।

यी घरहरु बन्ने बेलामा नेपालगञ्जमा ईंटा पाइँदैन्थ्यो । घर बनाउनका लागि भारतबाट ईंटा ल्याउनुपथ्र्यो ।

वि.सं २०६४ साल अघिसम्म भारतको बाबागञ्जबाट नेपालगञ्जमा ईंटा भित्रिन्थ्यो ।
त्यहाँबाट ल्याइएका ईंटाबाट यहाँका धेरै घर बने । बाबागञ्जको ईंटाले सुर्खेतसम्म बजार लियो ।
भारतीय ईंटा नल्याएसम्म घर नै बन्दैन भन्नेसम्मको सोचाइ नेपालगञ्जवासीमा थियो तर, अब ती दिन एकादेशको कथाजस्तै भइसकेका छन् ।

एक दशकयता भारतीय ईंटा बाँके भित्रिन छाडेको नेपाल ईंटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जैनुल खाँ बताउनुहुन्छ ।

“बाँकेकै उत्पादनले पुगेको छ, बाहिरबाट ल्याउनुपरेको छैन,” अध्यक्ष खाँ भन्नुहुन्छ । अहिले स्वदेशी ईंटा उद्योगीले भारतीय एकाधिकार तोडिसकेका छन् । ईंटा उद्योगमा बाँके आत्मनिर्भर बनिसकेको छ ।

यहाँको ईंटाले छिमेकी कर्णाली प्रदेशलाई पनि थेगेको छ । कर्णाली प्रदेशका अधिकाँश निर्माणमा बाँकेको ईंटा प्रयोग भएको छ ।

अध्यक्ष खाँ भन्नुहुन्छ – “स्वदेशी उत्पादनमा आत्मनिर्भर हुने उद्योगमा ईंटा नै हो । हामीले कर्णालीलाई समेत धानेका छौं ।”

उहाँका अनुसार बाँकेबाट दैनिक ५० हजार भन्दा बढी ईंटा सुर्खेत हुँदै कर्णालीका विभिन्न जिल्लासम्म पुग्ने गरेको छ ।

नेपाल ईंटा उद्योग व्यवसायी सङ्घ बाँकेमा ४२ उद्योग सदस्य छन् । यी उद्योगले वार्षिक करीब ८ करोड ईंटा उत्पादन गर्दैआएको अध्यक्ष खाँले बताउनुभयो ।

यहाँ उत्पादन भएका ईंटा बाँकेको स्थानीय बजार र कर्णाली प्रदेशका सबै जिल्लामा पुग्ने गरेको नेपाल ईंटा उद्योग व्यवसायी सङ्घ प्रदेश नं ५ का उपाध्यक्ष देवबहादुर ओली बताउनुहुन्छ ।

“ईंटाको बजार दिन प्रतिदिन बढिरहेको छ,” ओलीले भन्नुभयो – “पूर्वाधार निर्माणका काम बढेसँगै ईंटाको माग उच्च देखिएको छ ।”

ईंटा उद्योगले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्छन् । एउटै उद्योगमा कम्तीमा ५० जनाले सजिलै रोजगारी पाउँछन् ।

रोजगारी पाउनेमा नेपाली मात्र होइन भारतीय नागरिकसमेत छन् । ईंटा उद्योग मौसमी उद्योग हो । माघदेखि वैशाखसम्म चल्छ ।

बर्खामा उद्योग बन्द हुन्छ । “चार÷पाँच महीना चलेको उद्योगले वर्षभर धान्नुपर्छ, सिजनका बेला सयौं जनाका लागि रोजगारी सिर्जना गर्छौं,” सङ्घका सचिव टंक बुढाथोकी भन्नुहुन्छ – “उत्पादन नभएको समयमा पहिले उत्पादन गरेका ईंटा बिक्री गर्छौं ।”

वर्षा छिटो शुरु भयो भने ईंटा उत्पादन समय घट्छ जसले गर्दा उत्पादनमा कमी आएर अभावसम्म हुने गर्छ । सचिव बुढाथोकी भन्नुहुन्छ – “उत्पादनको सिजन नभएका बेला भने घट्छ ।”

यो उद्योगले रोजगारी सिर्जना मात्र होइन सरकारका लागि राजश्वमा समेत महत्वपूर्ण योगदान गर्दैआएका छन् ।

राम्रो चलेको उद्योगले १० लाखदेखि २० लाख रुपैयाँसम्म वार्षिक राजश्वमा योगदान दिने गरेको व्यवसायीहरु बताउँछन् ।

ईंटा उद्योगीका लागि मौसम, बैंकको चर्को ब्याजदर, कच्चा पदार्थ र पछिल्ला आर्थिक नीतिहरु चुनौतीका रुपमा रहेको प्रदेश उपाध्यक्ष ओलीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ – “राजश्व र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेले पनि राज्यले हामीलाई हेर्ने नजर फरक छ ।”
ओलीले काँचो ईंटाको बीमा नहुनु पनि आफूहरुका लागि चुनौती रहेको बताउनुभयो ।

सङ्घका अध्यक्ष खाँका अनुसार बाँकेका ईंटा उद्योगहरु नयाँ प्रविधिमैत्री बन्दै गएका छन् । केही वर्षमै बाँके जिल्लाको ईंटा उद्योग क्षेत्रले ठूलो फड्को मार्छ ।

ईंटामा भारतीय एकाधिकार तोड्न यहाँका उद्योगीले धेरै मेहनत गर्नुपरेको थियो ।
लामो समय आन्दोलन भयो ।

मुख्य नाकाबाट आयात बन्द भए पनि चोरी नाकाबाट आउन थालेपछि त्यसका लागि पनि खबरदारी गरिएको सम्झँदै अध्यक्ष खाँ भन्नुहुन्छ – “अहिले अवस्था फरक छ ।

यहीँको उत्पादनले पुग्छ । अब भारतीय ईंटाले नेपालगञ्जका घर बन्न छाडिसके । यहीँका ईंटा पर्याप्त छन् ।”

यहाँका ईंटा उद्योगमा काम गर्ने मजदूर भने अधिकाँश भारतीय रहेका छन् । भारतीय मजदूरले बाँकेका ईंटा भट्टा धानेका छन् ।

सिजनमा यहाँका ईंटा उद्योगमा भारतीय मजदूरको घुइँचो हुन्छ । परिवारसहित आउने भारतीय मजदूरहरु सिजन सकिएपछि घर फर्किन्छन् । भारतीय कामदारले नेपाली उद्योगमा बढी पारिश्रमिक पाउने गर्छन् ।

भारतमा एक हजार काँचो ईंटा बनाएर भारु ४०० कमाउने श्रमिकले यहाँ भारु ६०० पारिश्रमिक पाउँछन् ।

“यहाँ कामदारको मूल्य छ,” नेपालगञ्जमा ईंटाभट्टामा दुई दशकदेखि काम गर्दैआएका पप्पु अन्सारीले भन्नुभयो – “उता (भारतमा) भन्दा रु २०० बढी ज्याला पाउँछौं । त्यसैले नेपालमै मजदूरी गर्न आउँछौं ।”

नेपाली कामदारको अभावले ईंटाभट्टामा भारतीयले अवसर पाएका हुन् । “यहाँका मान्छे ईंटाभट्टामा काम गर्दैनन्,” अन्सारीले भन्नुभयो – “यहाँ मजदूर नपाएपछि नेपाली ईंटा उद्योगले खोजीखोजी भारतीय मजदूर ल्याउने गर्छन् ।”

वर्षभरि काम गरेर एक जना मजदूरले कम्तीमा ६० हजार भारु कमाउने गरेको ईंटा व्यवसायीहरु बताउँछन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१३ का ईंटा व्यवसायी हाजी रज्जा वलीका अनुसार ईंटाभट्टामा नेपाली कामदारको अभाव छ ।

उहाँले भन्नुभयो – “बढी पारिश्रमिक दिएर भारतबाट मजदूर ल्याउनुपर्ने बाध्यता नै छ ।”
नेपालगञ्जका ईंटाभट्टा भारतीय मजदूरकै भरमा चलेको उहाँले बताउनुभयो । किसान ईंटाभट्टा सञ्चालन गर्नुभएका उहाँले सिजनमा ५० भन्दा बढी भारतीय मजदूरका परिवारलाई रोजगारी दिँदै आउनुभएको छ ।

ईंटाभट्टामा मजदूर ल्याउन मध्यस्थकर्तासमेत खटाउनुपर्ने यहाँका व्यवसायीको बाध्यता छ ।

बाँकेमा ५० भन्दा बढी ईंटा उद्योग छन् जहाँ झण्डै ९० प्रतिशत भारतीय मजदूरले काम गर्दैआएका छन् ।

एक जना भारतीय कामदारले दैनिक कम्तीमा दुई हजार ५०० वटा ईंटा तयार गर्न सक्छन् । प्रतिईंटा ५० पैसाका दरले दैनिक एक हजार २०० देखि एक हजार ५०० सम्म एक जनाले कमाउने गर्छन् ।

जति ईंटा बनाउन सक्यो उति आम्दानी गर्न सकिने र राम्रो फाइदा हुने भारतीय मजदूर सुजान बर्माको अनुभव छ ।

उहाँ भन्नुहुन्छ – “यहाँका उद्योगमा राम्रो कमाइ हुन्छ ।” नेपालीहरु रोजगार पाइएन भन्दै काम गर्न भारत तथा तेस्रो मुलुक जान्छन् तर, सुजान बर्माजस्ता अन्य धेरै भारतीय नागरिकहरु काम गर्नकै लागि नेपाल आउने गरेका छन् ।

काँचो ईंटा बनाउने, ईंटा बोक्ने र भट्टामा काम गर्ने अधिकाँश मजदूर भारतीय नै छन् ।
भारतको बहराइचबाट नेपालगञ्जका ईंटा उद्योगमा काम गर्न आएका इरफान दाउदले भारतमा ईंटा उद्योगको सङ्ख्या कम भएको र नेपालमा जहिल्यै कामदारको अभाव हुने गरेकाले सहज रोजगारी पाइने हुँदा काम गर्न नेपाल आएको बताउनुभयो ।

उहाँले भन्नुभयो – “यहाँ कामदारको अभाव हुन्छ । सजिलैसँग काम र दाम दुबै पाइने भएकाले हामी नेपालमा काम गर्न आउँछौँ ।”

नेपाल ईंटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जैनुल खाँले नेपालमा कामदार नपाइने र नेपालीले ईंटा उद्योगमा काम गर्न नचाहने गरेकाले भारतीय कामदारको भरमा उद्योग सञ्चालन गर्नुपरेको बताउनुभयो ।

“यहाँ कामदार पाइँदैनन्,” उहाँले भन्नुभयो – “नेपालीलाई यो काममा रुची छैन । त्यसैले सबै ईंटाभट्टा भारतीय कामदारकै भरमा चलेका छन् ।” रासस

प्रतिक्रिया दिनुहोस
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
ध्यान र योग आध्यात्मिक साथै भौतिक लाभको लागि लाभदायी साबित हुनेछन्। आमाबाबु र मित्रले तपाईंलाई खुसी राख्न आफुले सकेसम्म गर्नेछन्। कसैले तपाईंलाई प्रेममा धोखा दिन सक्छ, होसियार हुनुहोस्। आफ्नो काममा ध्यान दिनुहोस् र भावनात्मक तर्कमा स्पष्ट रहनुहोस्। आफ्नो कुराकानीमा स्वाभाविक हुनुहोस् किनभने एउटा कार्यले तपाईंलाई कतै न कतैको बनाइदिन्छ। आज आफ्नो जोडीले कठिन परिस्थितिमा तपाईंलाई सहयोग गर्नमा धेरै चासो नदेखाउन सक्छन्।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तपाईंको आकर्षक व्यवहारले ध्यान आकर्षित गर्नेछ। तपाईंले चाहनुभएको सबै ध्यान प्राप्त गर्नुहुने आज राम्रो दिन छ - तपाईंले धेरै कुराहरू लहरै पाउनुहुनेछ र तपाईंलाई के चाहिं लिनु हो भन्ने निर्णय लिन समस्या पर्नेछ। आफ्नो प्रियको। तपाईंले आफ्नो काममा ध्यान राख्नुभयो भने सफलता र पहिचान तपाइँको हुनेछ। आफ्नो जोडीको घट्दो स्वास्थ्यको कारण तपाईंलाई तनाउ हुन सक्छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अत्यधिक प्रभावशाली मान्छेको सहायताले तपाईंको नैतिकतामा ठूलो बढावा दिन्छ। सबै प्रतिबद्धता र आर्थिक कारोबार ध्यानपूर्वक गर्न आवश्यक छ। तपाईंको जोडीले आनन्द दिने प्रयास गर्नाले आज आनन्द भरिएको दिन हुनेछ। तपाईंको समर्पित र शुद्ध प्रेममा रचनात्मक शक्तिको जादू छ। तपाईंले सही मानिसहरूलाई आफ्नो कौशल र प्रतिभा देखाउनु भयो भने चाँडै नै नयाँ र राम्रो सार्वजनिक छवि बनाउनु हुनेछ। आज, तपाईंले आफ्नो जोडीसित आफ्नो जीवनको सबैभन्दा राम्रो समय बिताउनु हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आनन्ददायी यात्रा र सामाजिक भेलाहरूले तपाईंलाई तनाउमुक्त र खुसी राख्नेछ। परिवारका सदस्यहरूसँग शान्तिपूर्ण र शान्त दिनको आनन्द लिनुहोस् - मान्छे समस्याहरू लिएर तपाईंसँग आए भने - तिनीहरूलाई बेवास्ता गर्नुहोस् र यसले तपाईंको मन खिन्न पार्न नदिनुहोस्। मोमबत्तीको उज्यालोमा प्रियसँग खाना खानुहोस्। तपाईंका वरिष्ठहरू आज तपाईंको कामको गुणस्तरले प्रभावित हुन सक्छन्। तपाईंको जोडी साँच्चै नै स्वर्गदूत हो भनेर तपाईंलाई थाहा छ। हामीलाई विश्वास गर्नुहुँदैन? आज विचार गरेर अनुभव गर्नुहोस्।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईं आफैंलाई राम्रो बनिएको महसुस गराउनको लागि काम गर्ने अद्भुत दिन। पिताको कठोर व्यवहारले तपाईंलाई परेशान गराउन सक्छ। तर तपाईंले कुराहरू नियन्त्रणमा राख्न शान्तिपूर्ण व्यवहार गर्नु आवश्यक छ। तपाईंलाई यसबाट फाइदा हुनेछ। आज अचानक रोमान्टिक कुराहरू निस्कने सम्भावना छ। तपाईंको पुरानो साथी आउनेछ र आफ्नो जोडीसँग तपाईंले बिताएका पुराना सुन्दर सम्झनाहरुको सम्झना गराउन सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईंले आज बसेर आराम गर्नु आवश्यक छ - तपाईंलाई सबैभन्दा मन पर्ने सोख र आनन्दका कुराहरूमा संलग्न हुनुहोस्। तपाईं कामले साह्रै तनाउ दिएकोले परिवारका आवश्यकताहरू र खाँचाहरूलाई बिर्सिनु हुनेछ। तपाईंको ऊर्जाको स्तर उच्च हुनेछ - किनकि तपाईंको प्रियले धेरै आनन्द लिएर आउनेछ। तपाईंले जे गरे पनि सिद्ध हुनुहुनेछ - तपाईंले आफ्ना वरिपरिका मानिसहरूलाई आफु कति कुशल हुनुहुन्छ भन्ने कुराको प्रमाण दिनुहोस्। आफ्नो जोडीले तपाईंलाई केही नराम्रा कुराहरूका साथै तपाईंको किशोर समयको याद दिलाउने छन्।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईं आज ऊर्जाले पूर्ण हुनुहुनेछ र असाधारण कुरा गर्नुहुनेछ। तपाईंको आर्थिक स्थितिमा सुधार भए तापनि पैसाको खर्चले अझै पनि तपाईंका परियोजनाहरु कार्यन्वयन गर्नमा रोकावट गरिरहनेछ। मित्र साथै परिवारका सदस्यहरुसँग एउटा साँझ कार्यक्रमको आयोजना गर्नुहोस्। कसैले पनि तपाईंको प्रेम अलग गर्न सक्ने छैन। कामको सन्दर्भमा आजको दिन धेरै राम्रो देखिन्छ। तपाईंलाई आफ्नो जोडीले विशेष ध्यान दिन सक्ने सम्भावना देखिन्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कार्यस्थलमा वरिष्ठबाट दबाव र घरमा कलहले केही तनाउ ल्याउन सक्छ - जसले तपाईंका कामको एकाग्रतामा बाधा पुर्याउन सक्छ। बचाएको पैसा अचल सम्पत्तिमा निवेश गर्नुपर्छ। परिवार र साथीहरूसँग रमाइलो समय बित्नेछ। भेटघाटको मिति कार्यक्रम असफल हुन सक्ने हुनाले निराशाको सामना गर्नु पर्ने हुन सक्छ। तपाईंले गरेका कार्यबाट कसैलाई फाइदा लिन नदिनुहोस्। आफ्ना जोडीको नराम्रो स्वास्थ्यले तपाईंको काममा रोकावट उत्पन्न हुन सक्छ, तर तपाईं कुनै पनि तरीकाले सबैको व्यवस्था गर्न सक्नु हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आफूलाई केही रचनात्मक कार्यमा संलग्न गर्नुहोस्। तपाईंको निष्क्रिय बस्ने बानी मानसिक शान्तिको लागि घातक साबित हुन सक्छ। गृहप्रवेश समारोहको लागि शुभ दिन। कामको कुरा राम्रो देखिन्छ। तपाईंको मुड दिनैभरि राम्रो रहनेछ। तपाईं आफ्नो कामुक वैवाहिक जीवनमा एउटा सुन्दर परिवर्तन अनुभव गर्न जानु हुँदैछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मानसिक शान्तिको लागि केही दान र पुण्यको काममा आफूलाई समावेश गर्नुहोस्। आज तपाईंको बाटोमा आउने नयाँ लगानीका अवसरको अन्वेषण गर्नुहोस् - तर यी परियोजनाहरूको समर्थता अध्ययन गरेर मात्र प्रतिबद्ध हुनुहोस्। आज तपाईं उपस्थित हुने एउटा सामाजिक सभामा आकर्षणको केन्द्र बन्नु हुनेछ। तपाईंका मुस्कानको कुनै अर्थ छैन - तपाईंका हास्यको कुनै आवाज छैन - तपाईंलाई सामिप्य नहुनाले मुटुले धडकन बिर्सन्छ - तपाईंले सही मानिसहरूलाई आफ्नो कौशल र प्रतिभा देखाउनु भयो भने चाँडै नै नयाँ र राम्रो सार्वजनिक छवि बनाउनु हुनेछ। व्यापारको उद्देश्यको लागि गरिएको यात्रा लामो समयपछि लाभदायी साबित हुनेछ। गलत सञ्चारले आज केही समस्या सिर्जना हुन सक्छ, तर तपाईंले यसलाई बसेर बातचीत गरेर समाधान गर्न सक्नु हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भाग्यमा निर्भर नहुनुहोस, आफ्नो स्वास्थ्य सुधार गर्ने प्रयास गर्नुहोस् किनकि भाग्यवान् अल्छी देवी हो। अरूलाई प्रभावित गर्ने तपाईंको क्षमताले फाइदा पुर्याउनेछ। तपाईंकी प्रियतमाका कठोर शब्दहरूले तपाईंको मुड व्यग्र हुन सक्छ। तपाईंले आज बनाएका नयाँ सम्पर्कले तपाईंको क्यारियरलाई नयाँ शक्ति दिनेछ। आफ्नो जोडीले तपाईंको कुनै योजना वा परियोजनामा बाधा पुर्याउन सक्छ; धैर्य नगुमाउनुहोस्।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
तपाईंले लामो समयदेखि अनुभव गरिरहेको जीवनका तनाउ र खिचलोबाट राहत प्राप्त गर्नु हुनेछ। यिनीहरूलाई स्थायी रूपमा निकाल्न तपाईंको जीवन शैली परिवर्तन गर्ने सही समय हो। घरमा केही परिवर्तनले तपाईंलाई अत्यधिक भावुक बनाउनेछ - तर तपाईं प्रभावकारी ढंगले तपाईंको कुरा बुझ्ने मानिसहरूलाई आफ्नो भावना प्रकट गर्न सक्षम हुनुहुनेछ। अचानक भएको रोमान्टिक तर्कले तपाईंलाई भ्रममा पार्न सक्नेछ। आफ्ना जीवनसाथीसँग बिताएका दिनहरू सामान्य दिनभन्दा राम्रा जस्तो देखिन्छन्।
काठमाडौं, त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण…