प्रेमकथामा आधारित चलचित्र ‘ड्रिम गर्ल’ मंसिर ७ बाट देशभर प्रदर्शन

०६ मङ्सिर
काठमाडौं, ऋषिराज आचार्यद्वारा निर्दे्शित प्रेमकथामा आधारित चलचित्र ‘ड्रिम गर्ल’ मंसिर ७ बाट देशभर प्रदर्शनमा आउने भएको छ। फिल्मको मुख्य भूमिकामा नायक आकाश र नायिका आश्मा छन् भने लभस्टोरी कथामा यो चलचित्र बनेको निर्देशक आचार्यले बताए। फिल्ममा दुई करोड रुपैयाँभन्दा बढी लगानी रहेको आचार्यले बताएका छन्।

फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सनविक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मि भट्ट, सुरवीर पण्डित लगायतका कलाकारको मुख्य भूमिका छ।ड्रिम गर्लकी नायिका आश्मा भन्छिन्, ‘सिनेमा रिलिजले खुसीको चञ्चलता पैदा भएको छ।’ यो फिल्मको नतिजाले आफ्नो भाग्य निर्धारण गर्ने भएकाले पनि आश्मा परिणामप्रति उत्साहित छिन्।

राम्रो टिमसँग काम गर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्ने आश्मा अभिनयमा न्याय दिन कोसिस गरेको बताउँछिन्। रारा ताल र थाइल्यान्डमा छायांकन गरिएको फिल्मका निर्माता रामेश्वर धिताल र अर्जुन शर्मा हुन्।

चलचित्र ‘ड्रिम गर्ल’को प्रोमो हेर्नुहोस् …