रणवीर र दीपिकाको विवाहको मिति नजिकिँदै

रणवीर र दीपिकाको विवाहको मिति नजिकिँदै छ ।विवाह यही नोभेम्बर १४ र १५ इटालीको लेक कोमोमा हुँदैछ । विवाहको मिति नजिकिँदै गएपछि उनीहरुको घरमा पनि विवाहको कार्यक्रम सुरु भैसकेको छ ।

४ नोभेम्बर अर्थात आइतबार रणवीरको घरमा हल्दी सेरेमनी आयोजना गरिएको थियो। हल्दी लगाईसकेका रणवीरले खुशी मुद्रामा सेल्फी लिएका केही तस्बिर सार्वजनिक भएका छन् ।

५ वर्षसम्म अफेयरका रहेको यो जोडीले विवाहको लागि मिलेर गहना पनि किनिसकेका छन् । रणवीरले दीपिकाको लागि २० लाख भारतीय रुपैयाँको मंगलसुत्र किनिदिएका छन् ।

दीपिकाले पनि रणवीर अर्थात हुनेवाला श्रीमानको लागि सुनको सिक्री किनिदिएकी छिन् । यसको मूल्य भने सार्वजनिक भएको छैन । दीपिकाले आफ्नो लागि दुईवटा हार पनि किनेकी छिन् । त्यस्तै अन्य केही गहना गरेर उनीहरुले एक करोडको गहना किनेको भारतीय मिडियाहरुले जनाएका छन् ।

दीपिका र रणवीरको विवाह कलर कार्डिनेटेड हुनेछ । यसमा परिवारका सदस्यसँगै वेटर्सले समेत ड्रेस कोड फलो गर्नेछन् ।