‘ओली–प्रचण्डले चुनावमा ‘खसी’ देखाए, सरकारमा गएपछि ‘फर्सी’ खुवाए’

परम्परागत नेपाली लवज, आर्कषक र मीठो शैलीमा भाषण, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको परिचयभित्रै पर्छ । सार्वजनिक कार्यक्रम होस् वा संसदमा नै किन नहोस्, केसीको भाषण सुनेर जनतादेखि माननीयसम्म पनि मख्ख पर्छन् । मिडियामा प्रस्तुतिका लागि पनि अध्यक्ष केसीका अभिव्यक्ति उक्तिकै सान्दर्भिक हुन्छन् । जनताका आधारभूत मुद्दा र राष्ट्रियताको सवालमा अन्य राजनीतिक दलका नेताभन्दा कठोर नीति लिने केसी र उनको पार्टी सुरुदेखि नै सङ्घीयताको विपक्षीमा थियो । अनावश्यक कर वृद्धिलाई सङ्घीयताको ‘साइड इफेक्ट’ मान्ने केसी अहिले पनि सङ्घीयता खारेजको अडानमा कायमै छन् । तीन पटक संसद भएका र एक पटक मन्त्रीसमेत भएका केसी यसपालि चाहिँ संसदमा छैनन् । सम्भवतः अब उनको संसदीय करियर पनि सकिएको छ । चुनावमा एमाले–माओवादीसँगै गठबन्धन गरे पनि जनमोर्चा केपी ओली नेतृत्वको सरकारमा सहभागी छैन । केसीलाई ओली सरकारको काम गराइप्रति चित्त बुझेको चाहिँ छैन । यिनै विषयमा केन्द्रित रहेर रातोपाटीकी राजनीतिक संवाददाताबबिता शर्माले जनमोर्चाका अध्यक्ष केसीसँगै उनकै निवासमा पुगेर अन्तरवार्ता गरेकी छिन् ।

–धेरैपछि तपाईंं यसपालि संसदमा हुनुहुन्न, पक्कै पनि अरू माननीयले तपाईंं र तपाईंंको रोचक भाषणलाई ‘मिस’ गरेका होलान्, तपाईंं आफैले चाहिँ कस्तो मान्नुभएको छ रु

यसपालिको केन्द्रीय संसदको चुनावमा उम्मेदवारी दिने समय मेरो स्वास्थ्य अवस्था नाजुक थियो । कसैले म नउठोस् भनेर खेल गरेकै होइन । स्वयम् अहिले सरकारमा भएका साथीहरू आएर तपाईंं अहिले संसद हुनैपर्छ । तपाईंंको उपस्थिति हुनैपर्छ भनेर धेरै आग्रह गर्नुभएको हो । हाम्रो पार्टीका साथीहरूको कुरा त परै जाओस् अहिले बाग्लुङबाट जसले केन्द्रीय संसदमा प्रतिनिधित्व गर्नुभएको छ, उहाँहरू स्वयम्ले पनि धेरै आग्रह गर्नुभयो ।

यो पार्टी बाहिरका मानिसको कुरा भयो । पार्टीभित्र एक मतले उम्मेदवार हुनुपर्नेमा जोड थियो । तर म आफैले स्वास्थ्य अवस्थाका कारण नसक्ने भएपछि अहिले म चुनाव लड्दिनँ भनेँ । मैले उम्मेदवारी नदिएपछि धेरै कुरा बाहिर आए । त्यो झुटो कुरा हो । यो पहिला धेरै पटक पनि भनेको छु । म संसदमा हुँदा मैले बोलेको कुरा मिडियाले जनताको माझ राम्रोसँग लगेका थिए । म बाहिर हुँदा पनि सकेसम्म लगेका छन् । त्यसकारण मलाई संसदमा जान नपाएकोमा कुनै पछुतो छैन, किन भने म संसदमा तीन–तीन पटक गएर अनुभव गरिसेको छु ।

–तपाईंंको संसदीय करियर सकिएको हो भन्दा हुन्छ अब रु
संसददीय करियर कति लामो बनाउने भन्ने कुरा होइन । संसदमा गए पनि नगए पनि आफ्ना विचार जनतामाझमा कसरी राख्ने भन्ने मुख्य कुरा हो ।

तपाईंको मतलव अब अर्को निर्वाचनमा स्वास्थ्य अवस्थाले साथ दिए चुनावमा लड्ने सोच छ रु

अब पछिको कुरा बेग्लै हो । त्यतिबेला कस्तो स्थिति आउँछ । सम्भावना कति हुन्छ । तर म अब संसदमा उपस्थित हुने सम्भावना धेरै कम छ, मेरो स्वास्थ्य र उमेरको कारणले । अब सधैँ लतारिरहनुपर्छ भन्ने पनि छैन ।

केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा तपाईं पनि उहाँको मन्त्रिपरिषदमा सदस्य हुनुहुन्थ्यो । त्यसबेलाको सरकारको मूल्याङ्कन आफ्नै ढङ्गको होला । दोस्रो पटक ओली प्रधानमन्त्री भएको भदौ ३ गते ६ महिना पुगेको छ । तपाईंं यो ६ महिनाको समीक्षा कसरी गर्नुहुन्छ रु

पहिलो कुरा त बामपन्थीहरूको चुनावी एकता हुँदा हामीले पनि सहकार्य गर्यौँ । त्यसपछि सरकार बन्यो, त्यसमा पनि हाम्रो समर्थन छ । नेपालमा अहिलेसम्मको मजबुद सरकार भएको बखतमा नेपाली जनताले धेरै आशा गरेका थिए । त्यो प्रकारको आशा, राष्ट्रको आवश्यकता पूरा गर्न सकेको छैन जस्तो लाग्छ मलाई ।

सुरुमा केही राम्रा काम गर्न खोजेको हो तर त्यसको परिणाम आएन । जस्तो सिन्डिकेटको अन्त्य, भ्रष्टाचारको अन्त्य लगायतका कुरामा हात हालेको थियो तर जनताले महशुस गर्न पाएनन् । अब नीति कार्यक्रम, बजेट ल्यायो त्यसबाट जनता खुसी भएनन् । पछिल्ला दिनहरूमा सरकारले धेरै ठूलाठूला कुराहरू गर्यो ।
–तपाईंंको हेराइमा सरकारले यो ६ महिनामा के–के काम राम्रो ग¥यो र के–के काम गर्न सकेन जस्तो लाग्छ रु

सुरुमा केही राम्रा काम गर्न खोजेको हो तर त्यसको परिणाम आएन । जस्तो सिन्डिकेटको अन्त्य, भ्रष्टाचारको अन्त्य लगायतका कुरामा हात हालेको थियो तर जनताले महशुस गर्न पाएनन् । अब नीति कार्यक्रम, बजेट ल्यायो त्यसबाट जनता खुसी भएनन् । पछिल्ला दिनहरूमा सरकारले धेरै ठूलाठूला कुराहरू गर्यो । यो सरकार बन्नुभन्दा पहिलादेखि नै मुलुकमा अराजकता, महँगी भष्टाचार जुन थियो, त्यसमा यो सरकारले नियन्त्रण गर्न सक्छ । जनताका समस्याका लागि यो सरकारले काम गरेर देखाउँछ भन्ने धेरै आशा थियो जनतामा । तर सरकारले केही गर्न सकेको छैन । रणनीतिक कुरा छुट्टैहोला ती पछि होलान् । तर योबीचमा जनताका जनजीविकासँग जोडिएका कुरामा केही गर्नुपर्थ्यो त्यसमा ध्यान गएको छैन ।

–नेकपाको सरकार छ । यसमा कम्युनिस्ट पार्टीको सरकारको चरित्र कति छ जस्तो लाग्छ रु

कम्युनिस्ट चरित्र छँदैछैन । उनीहरूसँग हामीले राजनीतिक सहकार्य गरे पनि हाम्रो धेरै सैद्धान्तिक मतभिन्नता छ, त्यतातिर धेरै नजाऊँ । अब मुख्य कुरा संसदीय बाटो गएर कुनै पनि देशको आधारभूत समस्याको समाधान गर्न सकिएको स्थिति देखिँदैन । त्यसकारण तत्कालीन एमाले–माओवादी को हुन्, हामीलाई थाहा छ । एमालेको इतिहास पनि हामीलाई थाहा छ । माओवादीको इतिहास र गतिविधि पनि हामीलाई थाहा छ । त्यसकारणले प्रतिक्रियावादी संसदभित्रबाट नेपाली जनताको, नेपाल राष्ट्रबाट जुन नीतिहरू आइरहेको छ, त्यसमा हामी सहमत छैनौँ । सैद्धान्तिक हिसाबले त्यो कुनै सम्भावना नै छैन । संसदीय व्यवस्थाभित्र त १० प्रतिशत टाठाबाठाले जनताको नामबाट शासन गर्ने हो । त्यो त हामी लामो समयदेखि सामेल भएको हुँदा हामीले देखिराखेका छौँ । अब यही संसदीय प्रणालीलाई मूल आधार बनाए समाजवाद ल्याउने, जनताका आधारभूत समस्या समाधान गर्ने अथवा राष्ट्रियताको संरक्षण गर्ने यी यावत कुरा आइरहेका छन्, यो खासै नयाँ कुरा होइन ।

धेरै देशहरूमा कम्युनिस्टहरूको शासन आए । संसदीय भासमा सामेल भएर त्यहीँबाट आधारभूत राष्ट्रको समस्या समाधान गर्ने भनेर गए, त्यो वास्तवमा दक्षिणपन्थी, संशोधनवादी बाटो नै हो । जस्तो रुस, चीनका कम्युनिस्ट पार्टी हामीले हेर्छौँ । अरू कोरिया, भियतनाम पनि हेरौँ । त्यसकारण यो पुँजीवादी, दक्षिणपन्थी र संशोधनवादी बाटो नै हो । तर के भने त्यो बाटो हिँडे पनि निम्न पुँजीवादी अवसरवादी तप्का हो, त्यो बाटो हिँडे पनि साम्राज्यवादी चरित्र पनि हुन्छ । त्यसकारणले उनीहरूले गर्ने राम्रो कामलाई समर्थन गर्छौँ हामी पनि । तर उनीहरू दक्षिणपन्थी, संशोधनवादी बाटो गैरहेका छन्, त्यसबाट जनताका आधारभूत समस्या समाधान हुन सक्दैन । जस्तो अन्य देशका कम्युनिस्टहरू दक्षिणपन्थी संशोधनवादी बाटो गए यहाँका कम्युनिस्ट भन्नेहरूले पनि त्यही बाटो पछ्याए ।

त्यसबाट आधारभूत समस्याको समाधान हुन्न भन्ने हाम्रो मान्यता हो । २१औँ शताब्दीमा अरू कुनै बाटोको उपाए छैन त भन्छन् । तर त्यो खास गरेर पुँजीवादी बाटो हो । पुँजीवाद भनेको समाजमा भएका शोषकहरूको प्रतिनिधित्व गर्छ संसदीय प्रणालीले । जुन देशमा निरङ्कुश पारिवारिक शासन छ, त्यसको तुलनामा संसदीय प्रणाली एक हदसम्म प्रगतिशील हो । तर माक्र्सवाद लेलिनवादले स्वीकार्य गरेको मान्यता होइन ।

–महँगी बढेको बढ्यै छ । अपराधका घटना उस्तै छन् । सरकार कहाँ चुकेजस्तो लाग्छ रु

विगतको सरकारभन्दा यो सरकारबाट जनताले धेरै आशा गरेका हुन् । यो सरकार आएपछि जनताले दैनिक जीवनमा के फरक महशुस गर्न पाए त रु महँगी नियन्त्रण भएको देखिँदैन । भ्रष्टाचारीहरूलाई कारवाही गरेको छैन । खाली हल्ला मात्र गरिन्छ । भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने त हरेक सरकारले थेगो नै बनाए । पहिला आफ्नै पार्टीभित्रका भ्रष्टचारीलाई कारवाही गर्न सक्नुपर्छ । पहिला पार्टीभित्र शुद्धीकरण चलाउनुपर्छ । त्यसपछि बाहिरका भ्रष्टाचारीलाई कारबाही गर्ने मनोबल बढ्छ । त्यसकारण सरकारमै बस्नेहरू भ्रष्टचारको घेराबाट बाहिर निष्कन सकेका छैनन् । कुराले मात्रै त भ्रष्टाचार अन्त्य हुँदैन ।
यो सरकार बनेको पाँच–छ महिना भइसक्यो । अहिले नै सरकारले ठूला उद्योग खोल्न सकेन, बाटो बनाएन वा भौतिक संरचना बनाउन सकेन भनेर त भन्न मिल्दैन । तर पाँच–छ महिनाको बीचमा यो सरकारले सुशासन दिन थाल्यो है, महँगी नियन्त्रण गर्यो, ठूला भ्रष्टाचारी प्रक्रिन थाले भन्ने त हुनुपर्थ्यो नि । उहीले राजाका पालामा पनि साना माछा खरदार, सुब्बा प्रक्रने गर्थे । यो सरकारले अपराधका घटनामा नियन्त्रण गर्न सक्थ्यो नि । महँगीले जनताको ढाड भाँचिएको छ । हिजो तरकारी किन्न बजार गएँ । मुस्किलले २२।२५ पर्ने एकछाक तोरीको सानो मुठा सागलाई पचास रुपियाँ लियोे । बुढाबुढी भएपछि नखानु भएन । तर सस्तोमा पाइँदैन ।

बजारमाथि सरकारको नियन्त्रण नै छ्रैन । विगतका सरकार र यो सरकार हुँदा यावत समस्या बीसको उन्नइस हुँदैन भने कुन पार्टीको सरकार छ, भाषण कस्ता छन् भनेर जनतालाई फरक पर्दैन । त्यसैले यो सरकारले रणनीतिक कुरा गरेर मात्रै पुग्दैन । जनताले दैनिक जीवनमा के फरक महशुस गरेका गर्न पाए मुख्य कुरा त्यो हो । हिजोका सरकारको पालामा नापी, मालपोतमा घुस नखुवाएसम्म काम हुँदैनथ्यो । आजको सरकारका पालामा पनि घुस नखुवाइ काम हुँदैन भने के अर्थ भयो र जुन सरकार भए पनि ।

यत्रो समय हुँदा पनि यो सरकारबाट जनताले सुशासन महशुस गर्न सकेका छैनन् । बलात्कारका घटनाहरू उस्तै डरलाग्दा छन् । बलात्कार घटनाका अपराधीसँग प्रहरी र केही व्यक्तिहरू मिल्दै बार्गेनिङ गरेर पैसा कमाउन थालेका छन् । त्यस्ता अपराधीहरूलाई प्रहरीले मिलापत्र गराएर पठाउनेतिर मात्र प्रयत्न गर्ने । तिनै अपराधीलाई राजनीतिक संरक्षण हुने । यो सरकारले आपराधिक घटना नियन्त्रण गर्न सकेन, महँगी नियन्त्रण गर्न सकेन, सुशासनको महशुस गराउन सकेन भने जनतामा वितृष्णा बढ्दै जान्छ ।

–देशमा दुई तिहाई बहुमतको शक्तिशाली कम्युनिस्ट सरकार छ भनिन्छ तर जनजीविकाका सवालमा सरकारको काम गर्ने तौरतरिका नमिलेजस्तो देखिन्छ रु के सरकार कसैको प्रभावमा पर्न थालेको हो रु

प्रभावभन्दा पनि यहाँ हिजोको सडेगलेको संयन्त्र छ । अहिले सत्तामा गएकाहरू त्यो संयन्त्रकाविरुद्ध निर्मम तरिकाले नीति बनाएर अघि बढ्नुपर्ने थियो त्यो गरेनन् । कुरा क्रान्तिकारी, सुधारवादी गर्ने । तर विगतदेखि सडेको संयन्त्रसँग समन्वय गर्ने अवसरवादी प्रवृत्तिलाई अवलम्बन गर्ने काम भयो ।

फेरि यिनीहरूलाई नयाँ अनुभव पनि होइन । तत्कालीन एमालेमा ४६ सालदेखिको अनुभव छ । उनीहरू अभ्यस्त छन् । कुन पार्टीसँग तालमेल गर्दा चुनाव जितिन्छ, कोसँग मिल्दा सरकारमा टिकी राखिन्छ भन्ने कडी उनीहरूले बुझेका छन् । त्यसकारणले भ्रष्टाचारी को–को हुन्, प्रशासनमा बस्नेहरूले के–के बदमासी गर्छन्, त्यो कुरामा उनीहरू अनभिज्ञ छैनन् । तत्कालीन माओवादीले पनि थाहा पाइसक्यो । के–के लुपहोलहरू हुन्छन् । त्यहाँबाट के–के फाइदा लिन सकिन्छ भन्नेकुरामा अहिलेको सरकारमा बसेकाहरू जानकार छन् ।

अब अहिले आएर ब्युरोक्रेसीलाई दोष दिएर उम्कन मिल्दैन । ब्युरोक्रेसीले जहाँ गलत गर्छ उसलाई कारवाही गरेर जनताका माझ पुर्याउनु पर्छ । त्यो आँट नै देखिएन । के देखिन्छ भने चुनाव जित्नेबेला ठूला तस्करहरू, अपराधीहरू, व्यापारीहरू, एनजीओ आईएनजीओहरूको मद्दतले चुनावमा सफलता प्राप्त गरेका छन् । अनि सरकारमा गएपछि तिनका विरुद्ध जाने आँट उनीहरूले गर्न सकेनन् । तिनैको घेरामा सरकार परेको छ ।

चुनावका बेला खसी देखाउने, चुनाव जितेर सरकारमा गैसकेपछि फर्सी खुवाउने भयो । त्यसैले त म भन्छु संसदीय व्यवस्था यसकारण पनि प्रतिक्रियावादी हो । वृद्ध भत्ताका लागि प्रतिस्पर्धा भइरहेको थियो काँग्रेस र वामगठबन्धबीच । त्यो नीति कार्यक्रम र बजेटमा ल्याउन नपर्ने । घोषणापत्रमा राखेर मात्रै हुन्छ रु
–बामगठबन्धनको चुनावी घोषणापत्र र बजेट तथा नीति कार्यक्रमबीच तालमेल देखिँदैन । चुनावमा एउटा नारा बेचेर भोट माग्नुभयो उहाँहरूले, अहिले अर्कै गर्न पाइन्छ, राजनीतिमा यतिसम्म हुन्छ रु

यो त सरासर छलकपट हो । चुनावका बेला खसी देखाउने, चुनाव जितेर सरकारमा गैसकेपछि फर्सी खुवाउने भयो । त्यसैले त म भन्छु संसदीय व्यवस्था यसकारण पनि प्रतिक्रियावादी हो । वृद्ध भत्ताका लागि प्रतिस्पर्धा भइरहेको थियो काँग्रेस र वामगठबन्धबीच । त्यो नीति कार्यक्रम र बजेटमा ल्याउन नपर्ने । घोषणापत्रमा राखेर मात्रै हुन्छ रु ओली–प्रचण्डले झुक्याउनै गरेको प्रतिबद्धता हो । चुनावका बेला जे–जे प्रतिबद्धता गरेका थिए, त्यो भिडियो सामाजिक सञ्जालमा जनताले ल्याइरहेका छन् । अहिले त्यसैमा फसे उनीहरू ।

तपाईंंलाई म एउटा उदाहरण दिन्छु । म बाग्लुङबाट चुनाव लड्नेबेला भोट माग्न जाँदा जनतामाझ भनेको थिएँ, म झुटा आश्वासन दिन्नँ । मैले चुनाव जिते पनि सरकारमा पार्टीको ठूलो उपस्थित हुँदैन । सरकार अर्कैले बनाउँछ । अर्कैको अर्थमन्त्री हुन्छ । ऊबाट कति छुटाउन सकिन्छ त्यति गर्ने हो भनेर भाषण गर्दा हाम्रा साथीहरू बेलुका मलाई गाली गर्नुहुन्थ्यो । तपाईंलाई यस्ता भाषणले भोट दिन्छन् भनेर भन्थे साथीहरू । त्यसकारण म कहिलै जनतालाई झुटा आश्वासन दिइनँ । चुनाव जितिसकेपछि पनि भन्ने चलन छ नि, यो बाटो मैले पारेको, यो पुल मैले बनाएको, यो क्याम्पस मैले बनाएको हुँ भनेर । उछिना पाछना गरेर झुटको खेती गर्छन् ।

त्यसकारण संसदीय व्यवस्थाको कमजोर पक्ष भनेकै यही हो । चुनाव जित्नलाई जस्ता आश्वासन पनि दिन्छन्, चुनाव जितिसकेपछि मतलव गर्दैनन् । फेरि अर्को चुनावआउँदा नयाँ नारा दिन्छन् र जनतालाई झुक्याउँछन् । जो कमजोर चेतनाका मतदाता हुन्छन्, उनीहरूलाई यस्तै कुरा गरेर झुक्याउन सकिन्छ । ती नेताहरूले त्यो पनि बुझेका हुन्छन् । विकसित देशहरूमा के हुन्छ भने नीति कार्यक्रम, चरित्र हेरेर पनि मतदान गर्छन् । अब हाम्रोमा त्यहीबेला कसले चोटिला कुरा गर्छ, कसले भोजभतेर गर्छ, कसले तत्काल पैसा बाँड्छ भनेर जनता सामेल हुन्छन् । कतिपय ठाउँमा चुनावका बेलामैले पनि अनुभव गरेको छु । तपाईं चुनाव जितेर गएर हामीलाई के दिनुहुन्छ र रु बरु अरूबाट जे जति झर्छ, त्यो खाएको खायै हुन्छ भनेर कतिपय मतदाताले भनिराखेका छन् । त्यसकारण ती जनताबाट नेताहरूले फाइदा लिन्छन् । यो देश र जनतालाई धोका हो ।

–ओली–प्रचण्डले त विकास, समृद्धि र समाजवादका कुरा गरिरहनुभएको छ, के उहाँहरूको अहिलेको बाटो ठिकै देखिन्छ रु

अहिले समाजवाद ल्याउन सकिने पनि होइन । बेलायत, जर्मनी, अमेरिका जस्ता देशमा कम्युनिस्ट पार्टीका नाममा क्रान्ति भयो भने समाजवाद आउँछ । उत्पादनका साधन माथि सामूहिक स्वामित्व हो समाजवाद भनेको । उत्पादनका सामानमाथि व्यक्तिगत स्वामित्व र लाभ लिनेचाहिँ पुँजीवादी व्यवस्था हो । अहिले संसारैभरी पुँजीवादी व्यवस्था छ । नेपालमा पनि अहिले उनीहरू पुँजीवादी अभ्यास गरिरहेका छन् । यहाँ समाजवाद ल्याउन अहिले सम्भव छैन ।

तर समाजवाद उन्मुख भनेर जुन संविधानमा व्याख्या छ । त्यो के हो भने समाजवादतिर जानका लागि जनताका आधारभूत विषयहरूमा सामूहीकरण गर्दै जाने हो । जस्तो शिक्षा, स्वास्थ्यमा कति भ्रष्टाचार भएको छ । सरकारमा भएकाहरूले निजी बोर्डिङ स्कुलहरू चलाइरहेका छन् । स्वास्थ्यको जिम्मा त कमसेकम राज्यले लिन्छ नि । सरकारमै भएकाहरूका निजी मेडिकल, अस्पतालहरू छन् । जसले गर्दा शिक्षा, स्वास्थ्य राज्यले सञ्चालन गर्ने नीति नै आएन । डा। गोविन्द केसीले स्वास्थ्य, शिक्षा राज्यले जिम्मा लिनुपर्छ भनेको न हो । त्यसमा पूरै असयोग भएको छ । त्यसमा पूरै छलकपट, छलछाम गरिरहेका छन् ।

भनेपछि समाजवादको कुरा छ छोडिदिनुस्, संविधानमा जुन समाजवाद उन्मुख भनिएको छ त्यतारि पनि पाइला चालेका छैनन् । त्यो त सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले देखाउँदैन रु देशमा उत्पादकत्व बढाउने भन्दा पनि विदशीहरूसँग साँठगाँठ गरेर पैसा कमाउन लागेका छन् । नेपालको अर्थतन्त्रमाथि विदेशी एजेन्ट, दलाल पुँजीपतिहरूको हालीमुहाली छ । त्यसलाई तोड्नका लागि सरकारी नीति हुनुपर्यो त्यो छैन । कृषकहरूलाई उत्साहपूर्वक कृषिमा लाग्न राज्यले कुनै पहल गर्न सकेन । त्यसकारण घोषणा पत्रमा लेखेर भएन । त्यसलाई लागू गर्न सक्नु पर्यो ।

प्रधानमन्त्री ओली विगतको सरकारले अस्तव्यस्त पारेर गएका कारण अहिलेको सरकारलाई अफ्ठ्यारो पर्यो भनिरहेका छन् नि रु

पहिलाका सरकारमा उनीहरू बस्ने गरेका थिए कि थिएन् रे रु यिनीहरू नयाँ विष्ट त होइनन् । पहिलेदेखि चिनेकै विष्ट हुन् । एमाले त ५१ देखि नै सरकारमा छ । उसलाई अभ्यास छैन रु ठीकै छ ल हिजोका सरकारले गल्ती कमजोरी गरेहोला । तर त्यसलाई निरन्तरता दिने हो कि नयाँपन, नयाँ नीति ल्याउनु पर्ने हो रु

सरकारमा बसेका नेताहरूको स्वच्छता खोज्छन् जनताले । सात्विक जीवन बिताउन पर्यो उनीहरूले । जसले गर्दा सरकारमा भएकाहरू खासै शोषणमा सामेल भएनन्, लुटमा सामेल भएनन् भनेर दैनिक जीवनमा जनताले देख्नु पर्यो । त्यो त खै देख्नै पाएनन् जनताले । प्रधानमन्त्री समृद्धि आइसक्यो भनेर भाषण गर्छन् । यस्तो त राजाका पाला देखिकाले भन्दै आएका हुन् । तत्कालीन राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रले भनेनन् कि । गिरिजा, शेरबहादुर, लोकेन्द्रबहादुरले कतिपटक भने भने ।

इमानदार नेताले यथार्थता जनतामाझ ल्याउन विदेशी शक्तिहरूसँग, स्वदेशी प्रतिक्रियावादीहरू, जनताका विरोधीहरू कसैसँग डराउँदैन । यथार्थ तस्बिर जनतालाई देखाएर यति गर्न सकिन्छ । यो भन्दा बढी गर्न सकिँदैन है भनेर इमानदारपूर्वक यथार्थ धरातलमा राजनीति गर्नुपर्छ । यहाँ त्यो भएन । यहाँ नानाथरी झुटको खेती गर्ने, आफ्नो गुट बलियो बनाउनेभन्दा अरू भएन । जनताको स्तर पनि त्यस्तै हुन्छ । जसले कृत्रिम कुरा गर्छ, त्यसको पछि लाग्ने । जनताभित्रका पनि टाठाबाठाहरूले फाइदा लिएका छन् । विचौलियाहरूको भ्रममा जनता पनि परिहरेका हुन्छन् । झुटको खेती गरेर केही बिल्ला लगाएर जनता आफ्नो साथमा राखेका छन् ।

–त्यसो भए प्रधानमन्त्री ओलीलाई तपाईंंको सुझाव के छ रु
हामीले उहाँलाई अहिले पनि समर्थन गरेका छौँ । अब भाषणले हैन काम र व्यवहारले देखाउन पर्यो भन्ने सुझाव हो । हिजो काँग्रेसलाई पनि सुझाव यही हो । तिम्रा भाषणले जनताको भेट भरिन्न, काम गरेर देखाउन पर्यो भन्दै आएका छौँ । अहिले पनि भन्छौँ । यो सरकारले यत्ति मात्रै काम गर्न सक्थ्यो, त्यो गर्यो भनेर जनताले भन्नेसम्म भए पनि हुन्छ ।

–नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई पनि केही टिप्स छन् कि रु

उनीहरू चुनावमा मिलेर लडे, मिलेर सरकार बनाए । त्यसलाई हाम्रो समर्थन छ नै । पार्टी एकता गरे त्यो राम्रो । उनीहरू कम्युनिस्टको आधारभूत सिद्धान्तबाट विचलित भए पनि विदेशी शक्तिले भन्ने त कम्युनिस्ट नै हो । त्यसकारण हाम्रो सुझाव विचौलिया, भ्रष्टाचारी, माफियाहरूबीचको घेरा तोडेर अघि बढ्न सक्नुस् भन्ने हो । प्रचण्डले कोसिस गरे पनि उनलाई गलत तत्वले घेरेका छन् । उनी त्यहाँ फसिसकेका छन् । त्यो तोड्नलाई सुरो मुटु चाहिन्छ । राष्ट्र र जनतालाईलाई केन्द्रमा राखेर राजनीति गर्नेहरूले मात्रै गर्न सक्छ यो कुरा । गुट, व्यक्ति, परिवारलाई केन्द्रमा राखेर राजनीति गर्नेलाई कठिन छ ।

प्रचण्डले पनि व्यक्तिगत स्थिति, पार्टीको स्थितिको लेखाजोख गरिरहेका होलान् । अब राष्ट्र र जनतालाई केन्द्रमा राख्ने हो भने आफ्नो स्थिति, गुटको स्थिति के हुन्छ भन्ने भएन । यसमा जोट घटाउ गरेर राजनीति गर्दा दुवै एकै पटक हुँदैन । पार्टीले क्रान्तिकारी, परिवर्तनवादी भएर पनि देखाउनु परेको छ । मूल कुरा शक्ति केन्द्र र आफ्नो स्वार्थ पूरा गर्ने खेलबाट बच्न ओली र प्रचण्डलाई अफ्ठ्यारो परेको छ । उनीहरूलाई सबैतिर सन्तुलन मिलाउन परिरेहको छ । उनीहरू जनतालाई केन्द्रमा राखेर राजनीति गरेका छैनन् ।

–तपाईंं आफू मन्त्री हुँदा सिंहदरबारमा हुने चलखेलबारे खुलेरै बोल्नुभयो । अहिलेको मन्त्रीहरू के–के कुरामा बच्नुपर्छ रु

सबैभन्दा पहिलो कुरा त उनीहरूले नीति बनाउँदा आफूलाई केन्द्रमा राख्न हुँदैन । राजनीति गर्ने मान्छे पहिला आफू सात्विक हुनुपर्छ । आफू, परिवार, गुट, चुनाव जिताउने मान्छेहरूलाई अवैध तरिकारले खुसी बनाउनुपर्छ भन्नेतिर लाग्नु हुँदैन । त्यसकारण प्रक्रियावादीहरूले राज्य सत्तालाई उपयोग गरेर स्वार्थ पूरा गर्ने घेरा तोड्नुपर्छ । त्यही घेरामै घुम्ने हो भने यथास्थितिवादीकै प्रतिनिधित्व हुन्छ । अरू हिजोका प्रतिक्रियावादी पार्टीका नेता र आफूलाई कम्युनिस्ट भन्न रुचाउनेहरूबीचको चरित्र के हो, त्यो जनताले देख्नुपर्छ । जनताले अहिलेसम्म महशुस गर्न सकिराखेका छैनन् ।

प्रकाश वस्ती जस्तालाई रुवाउँदै लखेटे । भरतराज उप्रेती जस्ता इमानदार न्यायाधीशलाई अस्थायी रूपमा राख्न नसकेर तत्कालीन जिम्मेवार न्यायाधीशले घुससमेत मागे । उनले स्थायी गराउने हो भने देवतालाई अब कति भेटी चढाउने रु सम्म भने । अहिले जसका बारेमा विवाद भयो, त्यो त ०७१ मै ३१ दिनसम्म छलफल चलेको हो । त्यतिवेला म एक्लैले अडान लिएको हुँ ।
–केही समय अगाडि संसदीय समितिले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई अस्वीकार गर्यो । यसमा समितिले आफ्नो अधिकारको सही सदुपयोग गरेको यहाँहरूको निष्कर्ष थियो । तपाईंं आफै पनि धेरै पटक संसद हुनुभयो । विगतमा यस्तो अभ्यास हुन सकेको थिएन, समस्या कहाँ थियो रु

२०७१ मा मैले नै विरोध गरेको हुँ यिनीहरूलाई । ०७१ को संसदीय सुनुवाइ समितिको व्यवस्था के थियो भने एक जनाले समर्थन गरे पनि त्यो पास हुन्थ्यो । मैले पटक पटक बहुमतले इन्कार गरेपछि त्यो इन्कार हुनुपर्छ भनेँ । दुनियाँलाई छक्याउन, देखाउनलाई मात्रै संददले संवैधानिक पदका व्यक्तिलाई सुनुवाइ गर्छ भन्ने देखाउनलाई यो नाटक मञ्चन नगरौँ भनेँ । नयाँ बन्ने संविधानमा कमसेकम संसदीय सुनुवाइ समितिको अधिकार हुनुपर्छ भनेर माग राखेँ । जनताले अयोग्य भएको थाहा पाउँदा पाउँदै त्यस्तो मान्छे हामीले सिफारिस गर्न हुँदैन भन्ने कुरा पहिलेदेखि मैले भनेको हुँ । जस्तो गोपाल पराजुली, दीपकराज जोशी यिनीहरूको विषयमा विरोध गर्दा त्यतिबेला समितिमा म एक्लै परेको हुँ । त्यतिवेला यिनीहरूलाई कायम गर्नमा अहिले संसदमा भएका साथीहरू हुनुहुन्थ्यो ।

प्रकाश वस्ती जस्तालाई रुवाउँदै लखेटे । भरतराज उप्रेती जस्ता इमानदार न्यायाधीशलाई अस्थायी रूपमा राख्न नसकेर तत्कालीन जिम्मेवार न्यायाधीशले घुससमेत मागे । उनले स्थायी गराउने हो भने देवतालाई अब कति भेटी चढाउने रु सम्म भने । अहिले जसका बारेमा विवाद भयो, त्यो त ०७१ मै ३१ दिनसम्म छलफल चलेको हो । त्यतिवेला म एक्लैले अडान लिएको हुँ ।

न्यायाधीश जस्तो पद पैसा खाएर भागबन्डा गरे । ८ जना न्यायाधीश सिफारिस गर्नुपर्नेमा २ जना सर्वसम्मत भएको हो ०७१ मा । अरू त महिना दिनसम्म छलफल भएको हो । ३१ दिनमा बल्ल टुङ्गो लाग्यो । विवादास्पद न्यायाधीश राख्नु हुन्न भन्ने मेरो अडानले तत्काल कतिपय शासकहरू रिसाएका अहिले पनि त्यही आँखाले हेर्छन् मलाई । अहिले जुन पार्टीका मान्छे सत्तामा गएर जोशीलाई जसरी हटाउनुपर्यो भनेका थिए, त्यतिबेला उनीहरूले लाचारी देखाएका थिए । भागवन्डामा आएका हुन् । आफ्नो आफ्नो भागबण्डामा परेकाहरूलाई नियम पूरा गर्न आएका हौँ पनि भने ती नेताहरूले । न्यायाधीश वा संवैधानिक पदमा जाँदा जसले फस्नर नखोली सुड्केस बुझाउँछ, त्यसलाई राखेपछि जनताले न्याय पाउँछन् रु त्यतिबेला सरकार र संसदमा हुने रमिता राम्ररी हेरेँ । अनुभव पनि गरेँ ।

–सङ्घीयताका विषयमा यहाँको पार्टीको आफ्नै धारणा छ । पछिल्लो पटक स्थानीय तहमा जथाभावी कर उठाइएको छ । यसका पछाडि के कारण छ जस्तो लाग्छ रु

यसको कारण के हो भने नेपालीहरूको समृद्धि, नेपालको राष्ट्रियता, सार्वभौमता अखण्डतालाई मजबुत बनाउन, जातजाति भाषाभाषी, क्षेत्रको एकताका लागि सङ्घीय प्रणाली बोकाएकै हैनन् विदेशीहरूले । बोक्ने बेलामा पनि खासगरी तत्कालीन एमाले र काँग्रेसहरूले खुसी राजीले बोकेकै हैनन् । त्यतिवेला माओवादीले सङ्घीयता बोक्ने हल्ला गर्नु नै उपयुक्त थियो । तर जानेर बोकेको भने होइनन् । माओवादीले त जातीय राज्यकै वकालत गर्यो । विदेशीले यो बोकाउने बेला नेपाली जनताको समृद्धिका लागि, नेपालको हितका लागि बोकाएकै होइनन् । सकिनसकी बोकेको भारीले त थिच्छ ।

अहिले सङ्घीयता लागू भयो । राष्ट्रिय जनमोर्चाले त उहिलै भनेको हो, नेपाल भनेको एउटा प्रदेश हो । एउटै सरकार चलाउन नसकेको समयमा सात सय ६१ सरकार चलाउनु परिराखेको छ । सामान्य क, ख जान्ने मान्छेले पनि बुझ्छ । अहिले लगाइरहेको कर सङ्घीयताकै कारणले हो भनेर । हाम्रो जस्तो कमजोर देश जहाँ विदेशीको सहायता लिएर प्रशासन खर्च चलाउन पर्छ, त्यस्तो देशमा केन्द्रदेखि स्थानीयतहसम्मकै सरकार चलाउन आर्थिक भारले भ्याउँदैन । त्यसका लागि सबै तहमा सरकारले करको भार लगाउँछ भन्ने जनतालाई पहिलै पनि थाहा थियो नि । त्यसैले यो भारबाट नेपाली जनता मुक्त हुन सङ्घीयता खारेजीको विकल्प नै छैन ।

तर, तपाईंहरूले पनि त स्वीकार्नु भयो सङ्घीयता रु प्रदेशमा तपाईंकै सांसद पनि छन् ।

संविधान जारी गर्ने बखत सङ्घीयता लागू हुन्छ भने संविधान जारी गर्न हुँदैन भनेर हामीले भनेनौँ । हामी त सरकारमा हुँदा पनि, संसदमा हुँदा पनि यो सङ्घीयता नेपालका लागि सराप हुन्छ, बरदान हुनै सक्दैन भन्यौँ । अन्तरिम संविधानमा सुरुमा त थिएन सङ्घीयता । पहिलो कुरा पश्चिमा साम्राज्यवादीहरू र छिमेकी भारत नेपाललाई सङ्घीय प्रणालीमा लैजाने कुरामा एक ठाउँमा थिए । २०६४ मा संविधान जारी हुने हुने बेला भयो । त्यतिबेला पश्चिमा साम्राज्यवादी र छिमेकी भारतको कुरा मिलेन । उनीहरूले यसलाई जातीय सङ्घीयतामा जान ठूलो धनराशि खर्च गरे । कतिपय राजनीतिक पार्टीहरूले पश्चिमाहरूको प्रभावमा जातीय राज्यको वकालत गरे । ठूलठूला प्रकाण्ड विद्वान हुँ भन्ने बुद्धिजीवीहरूले पनि वकालत गरे ।

अब अहिले देखियो नकरात्मक परिणाम । कमसेम जातीय सङ्घीयताबाट मुलुक बच्यो । यो बच्नमा जातीय सङ्घीयताको भण्डाफोर गर्दा पूर्वाञ्चलमा हाम्रा साथीहरूलाई हातपात गरे । काठमाडौँमा नाक काटे । लोकतान्त्रिक प्रणालीमा हामीले असहमति राख्न पनि नपाउने रु अब अहिले पनि करिब करिब दुईवटा नेपाल बनाइरहेका छन् । २ नम्बर प्रदेशले नेपालको राष्ट्रपति, प्रधानमन्त्री जाँदा प्रतिकार गरे । भारतको प्रधानमन्त्री जाँदा अभिनन्दन गरे । दुईवटा नेपाल बनाउन भएको प्रयत्न होइन यो रु छिमेकी भारतले हिमाल पहाडबाट तराईलाई अलग गरेर कालान्तरमा तराईलाई सिक्किम गराउने डिजाइनबाट सङ्घीयता बोकाएका हुन् । युरोपियनहरूको योजना के हो भने यहाँ जातीय राज्य बनाएर नेपाललाई नाइजेरिया, सुडान बनाउने । त्यो योजनाबाट अहिले पनि पूरै पछि हटेका छैनन् ।

त्यसकारण भखैरै सङ्घीयता कार्यान्वयन भएको छ । अहिले जनताको थाप्लोमा जथाभावी कर थोपरिएको छ । जनताले पनि बल्ल थाहा पाए सङ्घीयताको परिणाम । अझै प्रदेश राजधानीको नामकरण गर्न सकेका छैनन् । भौतिक संरचना बनाउनै बाँकी छ । सङ्घीयताभित्रैदेखि ठूला पार्टीहरूले स्वीकार गरेको भए त दशौँ वर्ष भयो यसको गीत गाउन थालेको । नत्र त त्यसैअनुसारको कानुन बनाउँथे । कर्मचारी मिलाउँथे ।

त्यसकारण सङ्घीयतामा जाने कि नजानेभन्दा भन्दै गइसक्यो । जुन प्रणालीले देशको राष्ट्रियता, अखण्डता, सार्वभौमताको रक्षा गर्न सक्दैन, जनताको रक्षा गर्न सक्दैन, त्यो प्रणाली देश र जनताले सके पनि नसके पनि बोक्नुपर्छ भन्ने हुँदैन । जस्तो भन्नुस् पहिला युगान्डा, क्यामरुनलाईलाई सङ्घीय प्रणाली बोकाएका थिए विदेशीले । पछि जनताएक जुट भएर विरोध गरे । पछि सङ्घीय प्रणालीबाट एकात्मक प्रणालीमा फर्के । मलेसिया, सिङ्गापुर सङ्घमा गएका थिए । पछि फर्के त उनीहरू पनि । अब नेपालमा पनि सङ्घीय प्रणाली लागू भैहाल्यो । यसले देश ध्वस्त भए पनि बनाउँछ भन्ने कुरै गर्न पाइँदैन । ‘ढाडमा खुट्टो परेको छ, त्यसलाई मिलाएर थुत्नुपर्छ ।’ मेरो छोटकरी भनाइ के हो भने सङ्घीय प्रणाली खारेजीको विकल्प छैन ।

–करको विवाद लम्बिँदै जाँदा यसको असर सङ्घीयता कार्यन्वयनमा हुन सक्छ कि सक्दैन रु

यहाँ कर प्रणाली के छ भने एनसेलको कर माफी गर्ने । माफी गर्ने अदालतका भ्रष्टाचारीहरू, कर कार्यालयका केही भ्रष्टाचारीहरूसँग नेताहरू मिलोमते गर्ने । ठूलो कर लिन पर्ने ठाउँमा सबै मिलेर खाने, त्यहाँको कर तिर्न नपर्ने बनाउने । विदेशीले समेत यहाँ आएर कर छलेर न्यायाधीशहरूलाई घुस खुवाएर, सम्बन्धित कर निर्धारण गर्ने कार्यालयका कर्मचारीहरूलाई किनेर, प्रशासनमा बस्नेहरूले समेत भाग खाएर कर छल्ने रु ठूला कर मिनाहा गर्ने अनि सोझा साझा जनताहरूको ढाड भाँच्ने रु विचौलिया, भ्रष्ट्रचारी, व्यापारीहरूले तिर्न पर्ने ठूलो कर कर्मचारीदेखि नेताहरू सबै जालझेल गरेर कागजपत्र मिलाएर खाने । त्यसमा सुधार गर्नु पर्दैन रु

अर्को उदाहरण दिन्छु, रूपन्देहीको ठुटेपीपल पर्सरीमा गाउँपालिका छ । त्यहाँ उद्योगधन्दा कति छन् ल भन्नुस् । पहाडमा बाँदर खेल्ने पाखा पखेरा जुन छन्, जहाँ केही हुन्न ती नगरपालिका भएका छन् । त्यसकारण अहिले जो टाठाबाठा छन् तिनीहरू अनेक जालझेल गरेर कर छल्छन् । अनि सिधासाधा जनतालाई ल सङ्घीयता आयो यो चलाउनु पर्यो भनेर सेक्ने रु हो कर तिर्नुपर्छ भन्नेमा म पनि सहमत छु । जनताले कर तिर्छन् । बाटो हिँड्दा, छोराछोरी स्कुल पठाउँदा, बिरामी भएर अस्पताल जाँदा सुविधा पाउनु पर्यो । जनताले सुविधा नपाउने अनि किन तिर्छन् कर रु त्यसकारण देश चलाउन कर लगाउनै पर्छ भनेर ठूलाठूला कुरा गरेर हुँदैन । म भर्खर कतार गएर आएँ । कतिपय अरबी मुलुकमा निरङ्कुश राजतन्त्र छन् । त्यहाँ जनताले दायाँ बायाँ नगरी कर तिर्छन् । किन तिर्छन् भने उनीहरूले सुविधा पाएका छन् । यहाँ जनताले कर त हाँसी खुसी तिर्छन् नि आफ्नो औकात अनुसार । तर सुविधा पाउनुपर्छ । हामीले २०६४ देखि सङ्घीयता लागू नगरौँ, त्यसले देश ध्वस्त पार्छ भनेकै हौँ । अझै खारेजीको विकल्प छैन ।

–सङ्घीय संचरना बनिसकेका छन्, प्रदेशमा आफ्नै सरकार पनि छन् । अब सङ्घीयताबाट फिर्ता हुन सम्भव हुन्छ र रु

अब सङ्घीयता कार्यान्वय गर्ने भन्ने ७१ प्रतिशत बजेट केन्द्रमा राख्ने, तल २९ प्रतिशत मात्र पठाउने रु यसरी पनि हुन्छ रु बरु राष्ट्रिय जनमोर्चाले सङ्घीयता आइहाल्यो । यसलाई मिलाएर लैजाऊँ भनेर भन्छ भने पनि अब जनता नै सङ्घीयता चाहिँदैन भनेर उत्रिन्छन् । सबै नेपाली जनताले सङ्घीयता खारेजी गर्नुको विकल्प छैन भन्ने महशुस गर्दैछन् ।

ओलीको इतिहास पनि हामीलाई थाहा छ । जसले जुनबेलामा सकारात्मक काम गर्छ । राष्ट्र र जनताप्रति प्रतिबद्ध हुन्छ त्यतिबेला समर्थन र सहयोग गरिहाल्ने कुरा भयो । पुरानो इतिहास बोकेर मात्रै त कसैले हिँड्दैन । जुन बेलामा उनी राष्ट्रियताको पक्षमा देखिएका थिए, त्यतिबेला हामीले पनि साथ दियौँ । त्यही कारणले हामी सरकारमा सामेल भयौँ । उनी अहिले राष्ट्रियताको पक्षमा पूरै नाङ्गो भएर त गएका छैनन् ।
अब आफूले लगाएको रुख काट्दा स्वीकृति लिनुपर्ने । त्यो त ठीकै थियो तर रुख काटेबापत १५ सय तिर्नुपर्ने भयो, त्यो पनि मेरै नगरपालिकामा । हेर्नुस् त अवस्था यस्तो छ । तपाईं आफैँ भन्नुस्, अब सङ्घीयता खारेज गर्न राष्ट्रिय जनमोर्चा चाहिन्छ रु सङ्घीयता लागू गर्नुपर्छ भन्नेलाई भोट हाल्ने जनताले थाहा पाइहाले नि सङ्घीयता के हो भन्ने । त्यसकारण सङ्घीयता खारेजीको विकल्प छैन ।

–पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीमा जुन खालको राष्ट्रियताको विषयमा अडान देखिन्थ्यो, अहिले कस्तो पाउनुभएको छ रु

ओलीको इतिहास पनि हामीलाई थाहा छ । जसले जुनबेलामा सकारात्मक काम गर्छ । राष्ट्र र जनताप्रति प्रतिबद्ध हुन्छ त्यतिबेला समर्थन र सहयोग गरिहाल्ने कुरा भयो । पुरानो इतिहास बोकेर मात्रै त कसैले हिँड्दैन । जुन बेलामा उनी राष्ट्रियताको पक्षमा देखिएका थिए, त्यतिबेला हामीले पनि साथ दियौँ । त्यही कारणले हामी सरकारमा सामेल भयौँ । उनी अहिले राष्ट्रियताको पक्षमा पूरै नाङ्गो भएर त गएका छैनन् । त्यही पनि कतिपय कुरामा ढुलमुल छ, राष्ट्रियताको बारेमा । त्यसको हामीले पनि आलोचना गरेका छौँ । भारतका प्रधानमन्त्री मोदी आएर अरुण तेस्रोको सम्झौता भयो, त्यसको खुलेआम विरोध गरेका छौँ । नेपालका नदी नाला सबै पालो गरी गरी भारतलाई अर्पण गर्ने, अनि यहाँको उन्नति कसरी हुन्छ रु राष्ट्रियताको बारेमा जसको निरन्तरता रहँदैन । फाइदाका लागि राष्ट्रियताको सौदाबाजी गर्ने चलन छ । त्यस्ता खालका हिजोदेखि अहिलेका शासक, यिनीहरूसँग हाम्रो सहमति हुँदैन, विरोध हुन्छ ।

–जनमोर्चा सरकारमा सहभागी हुने विषयमा केही प्रगति भएको छ कि रु

हाम्रो त्यस्तो केही छैन । पहिला हामी कुन बेला सरकारमा गयौँ भने जतिबेला संविधान जारी गर्यौँ । त्यसपछि भारतले नाकाबन्दी गर्यो । त्यतिबेलाको एमाले त्यसको विरोधमा उत्रियो, त्यसलाई बल पुर्याउन हामी त्यहाँ सामेल भएका हौँ । अहिले अब त्यस्तो स्थिति छैन । हामी सरकारमा जाने नजाने त्यस्तो कुनै निर्णय भएको छैन । सरकारमा जाने नीति भए पनि पहल गर्ने त्यस्तो केही छैन । अहिले हाम्रो प्राथमिकता सरकारमा जाने भन्ने होइन ।

हाम्रो प्राथमिकता सङ्घीयता खारेज गर्ने हो । जुन सरकारलाई हामीले समर्थन गरेका छौँ, त्यो सरकारले गर्न सक्ने जनताका काम गर्नुपर्छ भन्ने हाम्रो कुरा हो । काम गर्न नसक्दाको दिन राम राम भन्न सकिन्छ, काँध थाप्न कहाँ सक्छन् त जनताले । जस्तो विगतका सरकारलाई काँध थापेनन्, नि त्यस्तै हो अब पनि ।

–काँग्रेस सरकारप्रति धेरै नै आक्रामक देखिएको छ । सरकारलाई घेराबन्दी गर्ने बेला सुरु भएको हो कि काँग्रेसले अलि हतार गरेको जस्तो लाग्छ रु

काँग्रेसले जे जति कुरा उठाइराखेको छ, ऊ सत्ताबाट बाहिरिनुपरेको, चुनाव होरेको कारण रन्थानिएर हो । पानीबाट बालौटामा फालेको माछा जस्तो भएको छ काँग्रेस । थोडी न नेपाली जनताको पिरले, चिन्ताले हो र ऊ आत्तिएको रु आफ्ना गलत नीतिका कारण जनताले भित्तामा पुर्याएका हुन् भन्ने छैन । खाली एमाले र माओवादी पार्टी एकता गरेका कारण हामी भित्तामा पुगेका हौँ भनेका छन्, त्यो हुँदै होइन । पाँच महिनासम्म भारतले नाकाबन्दी गर्दा यो नाकाबन्दी हो भनेर मुखसम्म खोल्न नसकेको काँग्रेस हैन रु आफ्नो पक्षमा फैसला गरिदिएन भनेर न्यायाधीशलाई महाअभियोग लगाउने काँग्रेस हैन रु

त्यसकारण राष्ट्रको, नेपाली जनताको चिन्तालागेर काँग्रेस डुक्राउँदै हिँडेको हैन । कतिपय सत्ताको दुरुपयोग गरेर तर मारेका काँग्रेसलाई मर्नु भएको छ नि । अहिले सत्ता बाहिर हुँदा छटपटिएको छ । काँग्रेस सत्तामा बसेर रस स्वादन गर्दै आएको थियो आलोपालो गरेर । अहिले त्यसबाट विमुख भएपछि छटपटिएको हो । अहिले सत्तामा भएकाले राम्रो काम गर्न सकेन भने त्यसबाट फाइदा लिन सकिन्छ भनेर काँग्रेस उफ्रेको हो । त्यो जनताले बुझेका छन्, उसको चिच्याहट ।

तर, जनताले काँग्रेस हुँदा जस्तो वामपन्थी भन्नेहरूको सरकार हुँदा उन्नइसको बीस नभए ‘जुन माया लाए नि मलाई त उत्तिकै’ भन्दा जस्तो हो । काँग्रेले उचालेर हैन कि यो सरकारले काम गरेन भने जनता चिढिन्छन् । काँग्रेसले त केही गर्न सक्दैन । त्यसकारण कुनै वस्तुको विकास र विनाश हुनका पछाडि आन्तरिक कारण हुन्छन् । बाह्य कारण गौण हुन्छ । यो सरकारले जति गर्नु पर्थ्यो त्यो गरेको छैन । अर्को कुरा घोषणापत्रमा जे लेखेका छन्, त्यो लागू गर्नुपर्छ

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्यामा पुर्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। पहिलेको सफलताले भने हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला। अर्थअभाव खट्किनाले काममा बाधा आउन सक्छ। फाइदाका पछि लाग्दा समस्या आउन सक्छन्। आवश्यक पर्दा सरसापटबाट धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुने समय छ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि धनसञ्चय र कर्मनिश्चय गर्ने समय छ। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। स्वास्थ्य प्रतिकूल रहनेछ भने गरेका कामबाट पनि तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने हुन सक्छ। अध्ययनमा त्यति धेरै समय दिन नसकिएला। श्रम र लगानीका तुलनामा व्यावसायिक प्रतिफल कम मात्र हातलागी हुनेछ। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तर प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। सुन्दर अलंकार वा अन्य विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। भौतिक साधनमा खर्च बढ्नेछ। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। कर्मक्षेत्रका बाधा हट्नेछन् र नयाँ कामतर्फ आकर्षित भइनेछ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। लगनशीलताले काम सम्पादन हुनेछ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। साझेदारीको सम्झौता भंग हुन सक्छ। तत्कालको फाइदा हेर्दा घाटा हुन सक्छ। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइको सहयोगले काम सम्पादन हुनेछ। दिगो फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। स्वयं आँट गर्न नसक्दा अरूको सहयोग आवश्यक पर्नेछ। तर, अरूको मात्र भरपर्दा काम अधुरो रहनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। (नेपाली पात्रो)
काठमाडौंः यसै महिनाको अन्त्यमा हुन गइरहेको चीनका राष्ट्रपति सी जिनपिङको औपचारिक नेपाल भ्रमणको व्यापक तयारी भएको छ । सरकारको विशिष्ट…
काठमाडौंः नेपाल आयल निगमले दशैंका अवसरमा काठमाडौँ उपत्यकालगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने स्पष्ट पारेको छ । पेट्रोलियम पदार्थको…
काठमाडौंः सभामुख पदबाट राजिनामा दिनुभएका कृष्णबहादुर महराबाट आफूमाथि दुर्व्यवहार भएको भनिएकी संसद् सचिवालयमा कार्यरत एक महिलाले आफूमाथि कुनै दुर्व्यवहार नभएको…
काठमाडौंः दशैंलगायतका चाडपर्व नजिकिँदै गर्दा बजारमा उपभोग्य सामानको मूल्य निकै आकासिएको छ। बजार अनुगमनमा प्रदेश तथा स्थानीय सरकारको उपस्थिति नभएकाले…
काठमाडौंः वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल पेस गरेका छन्। २०७६ असारमा…
काठमाडौंः प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि ‘यौन दुव्र्यवहार’ गरेको विषय सोमबार साँझ एक कान, दुई कान…