गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता पर्यटनमै छ – मन्त्री लम्साल

साउन २७

साविकको धौलागिरी र गण्डकी अंचललाई मिलाएर बनेको गण्डकी प्रदेश सरकारले पहिलो पूर्ण नीति तथा कार्यक्रम र बजेट ल्याएर काम कारवाही अगाडि बढाएको छ। निर्विवाद पोखरा राजधानी बनाएको प्रदेश सरकारले सामान्य विवादबीच प्रदेश नामकरणसमेत गरिसकेको छ। पर्यटकीय हिसाबले प्रशस्तै सम्भावना बोकेका बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, स्याङ्जा, कास्की, गोरखा, तनहुँ, मनाङ, लमजुङ र नवलपुर जिल्ला यस प्रदेशमा पर्छन्। पर्यटनमार्फत् प्रदेशको मुहार फेर्ने सपना देखेको गण्डकी प्रदेश सरकारले के कसरी काम गरिरहेको छ? नयाँ संरचनामा रहेर काम गर्दा के कस्ता समस्या छन? आफ्नो कार्यकालमा प्रदेशलाई कस्तो प्रदेश बनाउने योजना सरकारसँग छ। यिनै विषयको सेरोफेरोमा रहेर सन्चारकर्मी तारानाथ आचार्यले प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालसँग गरेको कुराकानी प्रस्तुत छ।

गण्डकी प्रदेश कसरी चलिरहेको छ?

नेपालको संविधान, २०७२ ले व्यवस्था गरेअनुसार देशमा तीन तहको व्यवस्था छ( संघ, प्रदेश र स्थानीय तह। साविकको केन्द्र सरकारलाई संघको रूपमा कायम गरियो, साविकको स्थानीय निकायलाई स्थानीय तहका रूपमा विकास गरियो तर प्रदेश विल्कुलै नयाँ संरचना हो। नयाँ संरचना भएकाले कर्मचारी, भौतिक पूर्वाधारलगायतका अत्यावश्यक कुराहरूको समस्या छ। झिनामसिना समस्याबीच संविधानले व्यवस्था गरेअनुसार सबै तहका निर्वाचन सम्पन्न भए र सोहीअनुसार सरकार गठन भएका छन्। प्रदेश सरकार पनि ऐन कानुनले व्यवस्था गरे अनुसार नै गठन भएर काम अगाडि बढाइरहेको छ। अहिले हामीले सरकार गठनपछि बजेट ल्यायौँ। नीति तथा कार्यक्रम ल्यायौँ। केही ऐन कानुनहरू बनाएका छौँ। दीर्घकालीन र अल्पकालीन गरेर विकासका योजनाहरू सार्वजनिक गरेका छौँ र काम कारवाही अगाडि बढिरहेको छ।

कस्ता छन् प्रदेश सरकारका दीर्घकालीन र अल्पकालीन योजना?

दीर्घकालीन योजनामा प्रदेश राजधानी पोखरालाई पर्यटनको प्याराडाइज शहरको रूपमा विकास गर्ने रहेको छ। पोखरा विमानस्थललाई अन्तर्रा्ष्ट्रिय विमानस्थलको रूपमा संचालन गर्ने, प्रत्येक स्थानीय तहमा उद्योगग्राम स्थापना, विद्युत विस्तार तथा उत्पादन बढाउने, एक घर एक धारा कार्यक्रम संचालन, कृषिमा आधुनिकीकरण गर्दै आधुनिक औजारको प्रयोग गरेर उत्पादन बढाउने दीर्घकालीन योजनामा हामी छौँ। त्यस्तै, स्थानीय तहसँगको सहकार्यमा चलिरहेका सानातिना सबैखाले योजनाहरूलाई निरन्तरता दिँदै उत्पादन र रोजगारीमार्फत् आर्थिक समृद्धिका लागि काम गर्ने योजना छ।

गण्डकी प्रदेशको मुख्य आय स्रोत के हो?

हामी हरेक क्षेत्रमा धनी छौँ। पहिलो कुरा त पहिलेदेखि नै पर्यटकीय क्षेत्रको रूपमा परिचय बनाएको पोखरा शहर हाम्रो राजधानी हो। आसपासका क्षेत्र र प्रदेशभित्रका ११ वटै जिल्ला पर्यटनका हिसाबले प्रशस्त सम्भावना बोकेका जिल्ला हुन्। पहिलो हाम्रो स्रोत पर्यटन नै हो। पर्यटन दस्तुर, सवारी कर हाम्रा स्रोतमा पर्छन्। अर्को हामी ऊर्जामा निकै धनी छौँ किनकि देशमा उत्पादित ऊर्जाको झण्डै ६१ प्रतिशत गण्डकी प्रदेशमा छ। उद्योगधन्दा, कलकारखाना नभएको भए पनि पयर्टन, ऊर्जा, कृषि उत्पादन, वन पैदावारलाई हाम्रो स्रोतका रूपमा लिन सकिन्छ।

सबै अधिकार स्थानीय तह र संघीय सरकारमा रहेकाले प्रदेश सरकार अधिकारविहीन भयो भन्ने गुनासो छ नि?

नयाँ भएकाले हामीसँग पूर्वाधार छैनन्। कर्मचारी पर्याप्त छैनन्। आफूलाई चलाउनका लागि सबै ऐन कानुन बनाउनेदेखि स्रोत पहिचान र परिचालन गर्नेसम्मका काम सुरुवातबाटै गर्नुपर्ने अवस्थामा छ। स्थानीय तह र संघमा पुरानो संरचनालाई नयाँ संरचनाको रूपमा रूपान्तरण गरेकाले समस्या कम छन्। प्रदेश सरकारको अगाडि सबै काम नयाँ सुरु गर्नुपर्ने भएका कारण चुनौती धेरै छन्। अधिकार भने नभएको होइन। नेपालको संविधान, २०७२ ले व्यवस्था गरेअनुसारका सबै अधिकार सबै तहले प्रयोग गर्न पाउँछन् र प्रयोग गरिरहेका छन्। मात्रै विधि र प्रक्रियामा केही समस्या हो। संरचना निर्माण हुने र कर्मचारी प्राप्त हुने हो भने संविधानले प्रत्याभूत गरेको अधिकार प्रयोग गरेर काम गर्न कसले रोकेको छ र?

अबको चार वर्षमा गण्डकी प्रदेश कस्तो होला?

इच्छा शक्ति नभए अलग कुरा हो। बजेट अभावले काम रोकिन्न। केन्द्र सरकारले बनाउने बजेट र स्थानीय सरकारले बनाउने बजेट पनि त हाम्रो बजेट हो नि! होइन र? देशकै समृद्ध प्रदेश हुनेछ गण्डकी। उत्तरमा चीन र दक्षिणमा भारत दुवै देशलाई जोड्ने हाम्रो प्रदेशलाई समृद्ध बनाउनका लागि कैयौँ स्रोत साधन र अवसरहरू छन्। दक्षिण छिमेकीलाई हामी धार्मिक पर्यटकको रूपमा भित्र्याउने र उत्तर छिमेकीलाई पनि पर्यटकको रूपमा अझै धेरै ल्याउने योजनामा छौँ। लोकमार्गमार्फत् उत्तर र दक्षिणलाई जोडर पर्यटकलाई बढाउन सहज वातावरण बनाउने योजनामा छौँ। सडकको स्तरोनन्ति गर्छौं। होटल, होमस्टे, हवाई सेवादेखि पानी, बिजुलीलगायतका आधारभूत पूर्वाधार निर्माण र स्तरोन्नतिको काम अगाडि बढाएका छौँ। बागलुङको बलेवा विमानस्थल, ढोरपाटन विमानस्थल, मनाङ र गोरखा विमानस्थल संचालनमा ल्याउनेछौँ। यसका कारण पर्यटकहरूलाई आवतजावतमा सहज होस्। आसपासका उपत्यका तथा साना शहरहरूलाई पनि एकीकृत गरेर वृहत पोखरा शहर निर्माण गरी पर्यटकको शहर बनाउनेछौँ। उद्योगग्राम स्थापना, पर्यटन व्यवसायको प्रवर्द्धन, बाटो, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको विकाससँगै सुरक्षा प्रत्याभूत भएको गण्डकी प्रदेश हुनेछ। प्रत्येक गाउँरनगरपालिकामा एउटा हेलिप्याडको व्यवस्था गरेर हरेक खालका आपतकालीन अवस्थामा सहज आवतजावतको व्यवस्था मिलाउने योजना अगाडि बढेको छ।

धार्मिक पर्यटनको विकास भन्नुभयो, के छ रोडम्याप?

गण्डकी प्रदेश धार्मिक पर्यटनका हिसाबले पनि निकै सम्भावना बोकेको क्षेत्र हो। मुक्तिनाथ, कागबेनी जस्ता महत्त्वपूर्ण तीर्थस्थल यहीँ छन्। धार्मिक पर्यटनको विकासको गुरुयोजना निर्माण भइरहेको छ। निर्माण भएको योजनाअनुसार काम अगाडि बढाउँछौँ। नयाँ पदमार्गको निर्माण, धार्मिकस्थलहरूको प्रचार प्रसार हाम्रो प्राथमिकतामा छन्।

बजेट नभएका कारण यहाँहरूका काम रोकिए भन्ने सुन्नुपर्ने हो कि?

इच्छा शक्ति नभए अलग कुरा हो। बजेट अभावले काम रोकिन्न। केन्द्र सरकारले बनाउने बजेट र स्थानीय सरकारले बनाउने बजेट पनि त हाम्रो बजेट हो नि! होइन र? सबै तहमा संकलन भएको राजश्वको बाँडफाँट हुने हो। राजश्वमा कस्ले कति योगदान गरेको छ भन्ने न हो। हामीसँग पुग्दो स्रोत छ। बजेटका कारण काम रोकिन्न। अर्कोतर्फ हामी सरकार र निजी क्षेत्रलाई सँगसँगै लिएर जाने योजनामा छौं। यसै वर्ष लगानी सम्मेलन गर्दै छौँ। यो सम्मेलनमार्फत् प्रदेशमा लगानी भित्र्याइनेछ। त्यसले समग्र प्रदेशको उत्पादन बढाउँछ। राजश्व बढ्छ। रोजगारीको अवसर सिर्जना हुन्छ।

वन पैदावारको क्षेत्रमा के छ योजना?

समग्र देशभरको तुलनामा हामीसँग वन क्षेत्र अलिक कम छ। ४० प्रतिशत वन क्षेत्र रहेको हाम्रो प्रदेशले बनबाट पनि अनेकौँ फाइदा लिन सक्छ। हरियाली हेर्नका लागि मात्रै होइन, वन र जडिबुटीजन्य वस्तुहरूको उत्पादन तथा बिक्री वितरणका लागि पनि वन विकास आवश्यक छ। वन नमासीकन हरियो वन र वनजन्य वस्तुबाट आय स्रोतको रूपमा विकास गर्ने योजनामा हामी छौँ। निजी वन क्षेत्रलाई अन्य वस्तु तथा सेवा जस्तै सहज खरिदबिक्रीको वातावरण बनाउनका लागि हामी नीति बनाउने तयारीमा छौँ। उद्योग, वन र पर्यटन नै हाम्रो प्रदेश विकासका मुख्य आधार हुन्। 

साउन २७, २०७५                                                                                                                                          ###

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बुजुर्गहरूले राम्रो लाभको लागि आफ्नो अतिरिक्त ऊर्जाको सकारात्मक प्रयोग गर्न आवश्यक छ। आज तपाईंलाई प्रदान गरिएका लगानी योजनाहरुमा तपाईंले दुई पटक हेर्नुपर्छ। आज तपाईं उपस्थित हुने एउटा सामाजिक सभामा आकर्षणको केन्द्र बन्नु हुनेछ। आफ्नो प्रियको निष्ठामा शङ्का नगर्नुहोस्। साँझ देरीसम्ममा टाढाबाट राम्रो खबर आउने सम्भावना छ। तपाईं आफ्नो जोडीको प्रेम पाउन इच्छुक हुनुहुन्छ भने, आज यो इच्छा पूरा हुनेछ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईंको लागि धेरै खुशी र आनन्द - किनभने तपाईंले जीवनको पूरा आनन्द उठाउने तय भइसकेको छ। कसैका लागि - परिवारमा नयाँ सदस्यको आगमनले उत्सव र पार्टी ल्याउँछ। आफ्नो प्रेमीको भावनात्मक माग पूरा गर्न हरेस नखानुहोस्। खाँचोमा परेकाहरूलाई मद्दत गर्ने तपाईंको क्षमताले आदर पाउनुहुनेछ। आफ्नो जोडीको स्वास्थ्य गडबड भएकोले आज तपाईंको काममा केही समस्या हुन सक्छ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंले आज गरेका केही शारीरिक परिवर्तनहरूले तपाईको ढाँचामा पक्कै बृद्धि हुनेछ। आज लगानी गर्नबाट बच्नुपर्छ। अनपेक्षित सुसमाचारले तपाईंको हौसला बढाउनेछ। आफ्नो परिवारका सदस्यहरूसँग समाचार सुनाउनाले उनीहरू पनि खुशी हुनेछन्। रोमान्सले तपाईंको हृदय ढाक्नेछ। के तपाईंलाई वैवाहिक जीवन समझौता मात्रै हो भन्ने लाग्छ? यदि हो भने, तपाईंलाई आज थाहा लाग्नेछ कि यस्तो राम्रो कुरा कहिल्यै तपाईंको जीवनमा भएको थिएन।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईंको शारीरिक रोग आराम हुने धेरै सम्भावना भएकोले खेल प्रतियोगितामा भाग लिन सक्षम हुनु हुनेछ। परिवारमा तपाईंको हावी मनोवृत्ति परिवर्तन गर्न सही समय हो। जीवनको राम्रो र नराम्रो कुराहरू बाँट्न तिनीहरूसँग घनिष्ठ सहयोगमा काम गर्नुहोस्। तपाईंको परिवर्तित मनोवृत्तिले तिनीहरूलाई असीमित आनन्द दिनेछ। आफ्नो प्रेमीलाई मन नपर्ने लुगा नलगाउनुहोस् किनकि यसले उनको चित्त दुखाउनेछ। कुनै पनि समस्यालाई हटाउनको लागि इच्छा भएमा केही पनि असम्भव हुँदैन। तपाईं किराना मालको किनमेल गर्दा आफ्नो जोडीसित रिसाउन सक्नु हुन्छ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तनाउलाई बेवास्ता गर्नु पर्दैन। यो तीव्र गतिमा सुर्ती र रक्सी झैं गम्भीर रूपमा एउटा महामारी बन्दैछ। परिवारको भेलामा तपाईं सबैको केन्द्रविन्दु हुनुहुनेछ। आफ्नी प्रियतमालाई बुझ्ने गर्नुहोस्। आज आफ्नो जोडीसँग तपाईंको यो जीवनको सबैभन्दा राम्रो पूर्वसन्ध्या हुन सक्छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मित्रहरूले तपाईंलाई कोही विशेष व्यक्तिसँग परिचय गराउनेछन् जसले तपाईंको विचारमा केही उल्लेखनीय प्रभाव पार्न सक्छ। पत्नीका मामिलाहरूमा तपाईंको हस्तक्षेपले उनलाई उन्मादी बनाउन सक्छ। रीसबाट जोगिनको लागि उनको अनुमति लिनुहोस्। तपाईं सजिलैसँग समस्याबाट जोगिन सक्नु हुनेछ। नयाँ प्रेम जडान गठन गर्ने सम्भावना बलियो हुनेछ तर व्यक्तिगत र गोप्य जानकारी प्रकट नगर्नुहोस्। आफ्नो जोडीको स्वास्थ्यले तपाईंलाई चिन्तित राख्न सक्छ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईंले अवकाशको खुशीलाई रमाइलो पार्न जानु हुँदैछ। आफ्नो जिद्दी स्वभावले तपाईंको आमाबाबुको शान्ति भंग पार्न सक्छ। तपाईंले तिनीहरूको सल्लाह पालन गर्नु आवश्यक छ। गालीबाट बच्नको लागि आज्ञाकारी हुनु उचित छ। एउटा रमाइलो जीवनसाथी हुँदा तपाईंले कस्तो महसुस गर्नुहुन्छ भनेर आज थाहा पाउनु हुनेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आफ्नो बच्चाको कार्यले तपाईंले धेरै खुशी दिन सक्छ। आशिष् र राम्रो भाग्य तपाईंको बाटोमा आउनाले इच्छा पूरा हुनेछ - र यो अघिल्लो दिनको कठिन कामको परिणामले गर्दा हो। साँझमा चलचित्र-थिएटर वा आफ्नो जोडीसित खानाले तपाईंलाई तनाउमुक्त र राम्रो मुडमा राख्न सक्छ। तपाईंको प्रिय रोमान्टिक मुडमा हुनेछन्। एउटा सानो प्रयासले, आजको दिन तपाईंको वैवाहिक जीवनको सबैभन्दा राम्रो दिन बन्न सक्छ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको आकर्षक व्यवहारले ध्यान आकर्षित गर्नेछ। आनन्दित - ऊर्जावान र मायालु मुडमा तपाईंको हंसमुख प्रकृतिले आफ्ना वरिपरि आनन्द र खुशियाली ल्याउँछ। आज तपाईंको प्रेम साझेदारले तपाईंलाई केही साँच्चै सुन्दर वस्तु दिनेछ। तपाईंलाई आज लामो समय पछि आफ्नो जोडीबाट साँच्चै मायाले भरिएको र न्यानो अंगालो प्राप्त हुनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आज तपाईं आशाको जादू अन्तर्गत हुनुहुन्छ। बाँकी रहेको घरेलू कामले तपाईंको केही समय लिनेछ। प्रेमको शक्तिले तपाईंलाई प्रेम गर्ने कारण प्रदान गर्दछ। घरमा संस्कार / हवन / शुभ समारोह गरिनेछ। तपाईंको जोडीले आज तपाईंको बारेमा सबै राम्रो कुरा गरेर प्रशंसा गर्नेछिन् र तपाईंको लागि समर्पण गर्नेछिन।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईंको व्यक्तिगत समस्याले मानसिक आनन्द बर्बाद गर्न सक्छ तर आफैलाई यी दबाबबाट बचाउनको लागि रोचक कुराहरू पढेर केही मानसिक व्यायाम गर्न सक्नुहुन्छ। तपाईंले धेरै अनपेक्षित स्रोतहरूको मार्फत कमाउने सम्भावना छ। परिवारका केही महिला सदस्यको स्वास्थ्यलाई लिएर चिन्ता हुन सक्छ। तपाईंले कुनै वनभोज स्थलमा गएर आफ्नो प्रेमी जीवनलाई रोशन गर्न सक्नुहुन्छ। तपाईं र तपाईंको जोडीलाई आज अचम्मको समाचार प्राप्त हुन सक्छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

व्यस्त समय भए तापनि स्वास्थ्य राम्रो रहनेछ। कुनै पुरानो मित्रले साँझ तपाईंलाई फोन गरेर घरको सम्झना दिलाउन सक्छ। आजको दिन खुशी र आनन्दले भरिएको सुंदर सन्देशले भरिएको छ। तपाईंको जोडीले आज तपाईंको बारेमा सबै राम्रो कुरा गरेर प्रशंसा गर्नेछिन् र तपाईंको लागि समर्पण गर्नेछिन।

ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढेको छ । महानरपालिका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार तीनवटा…
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिन लामो केन्द्रीय कमिटी बैठकपछि आइतबार केन्द्रीय सदस्य र सांसदहरुका लागि बालुवाटारस्थित सरकारी निवासमा…
काठमाडौं, वर्तमान मन्त्रिपरिषद्का सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट रहेको छ। ‘पार्टीमा पो दुई अध्यक्ष छन्, छलफल हुन्छन्, कुरा…
नेपालस्थित अमेरिकी दूतावासले काठमाडौंमा रहेका केही तिब्बती शरणार्थीलाई यात्रा अनुमितपत्र (ट्राभल डकुमेन्ट) बनाइदिन परराष्ट्र र गृहमन्त्रालयलाई दबाब दिएको छ। दूतावासले…
काठमाडौं, चीनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाली बजारमा समेत ‘एयर-फिल्टर मास्क’को माग अत्यधिक बढेको छ। काठमाडौंका…
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद स्थापना गर्ने महत्वपूर्ण आधारहरू…