मार्सी चामलको भात खुवाएर डाक्टर केसीको अनशन तोडाउन पाए…

मेडिकल कलेज सञ्चालन गर्न खोजिरहेका एक व्यापारीले राज्यसत्ताका दुई शक्तिशाली व्यक्तिलाई सत्कार भोजमा पस्केको मार्सी चामलको भातले व्यंग्य चेत भएका सबैलाई मसला मिलेको छ।

डा. गोविन्द केसीको पन्ध्रौं अनसन आन्दोलनले मार्सी धानको विम्बलाई झन् ताजा बनायो। त्यसमाथि डा. केसीको अनसनस्थल मार्सी धान फल्ने ठाउँ जुम्लामा हुनुले विषयलाई थप रोचक बनाएको छ।

मार्सी चामल र ‘शक्ति’ सम्बन्ध

मार्सी चामलको ‘शक्ति’ सम्बन्ध बडो रोचक छ। यो चामलसँग राज्यशक्ति, देवशक्ति, बाहुशक्ति सम्बन्ध उत्पत्तिकालदेखि जोडिएको पाइन्छ।

जनश्रुतिअनुसार एक ‘शक्तिशाली’ तपस्वी बाबा गंगाभूमिबाट जुम्लाको बाटो हुँदै कैलाश मानसरोवर जाँदै रहेछन्। हिमाली ठाउँमा गज्जबको पानी लाग्ने मलिला फाँट देखेछन्। उनैले स्थानीयलाई धान फलाउने तरिका सिकाइदिए।

ती तपस्वी बाबा ‘चन्दननाथ’ हुन्। खलंगा बजारस्थित चन्दननाथ मन्दिर समग्र जुम्लाबासीको आराध्य मन्दिर मानिन्छ। हरेक साल आफूले उब्जाएको पहिलो एक पाथी मार्सीधान चन्दननाथलाई छुट्याउने (चढाउने) चलन छ। धान भित्र्याउने बेला बर्सेनि नौलो मार्सीधानको च्युरा कुटेर गाईको दूध मिसाएर ‘न्वागी’ गर्दा पहिलो भाग चन्दननाथलाई नै चढाइन्छ।

तिनै चन्दननाथ बाबामार्फत् पहिलोपल्ट मार्सीधानको बीउ ‘लाछु जिउला’ मा छरियो। त्यो ठाउँ हाल जुम्लाको तातोपानी गाउँपालिकामा पर्छ।

अर्को जनविश्वासअनुसार चन्दननाथ बाबाको तपले जंगली प्रजातिलाई घरायसी धान बनाउन सिकाए भन्ने छ। कोही कोही कश्मिरबाट ल्याएको प्रजाति हो भन्छन्।

जेहोस्, चन्दननाथ बाबाले त्यो मार्सीको बीउ उमार्न, खेतमा रोप्न र अन्त जिउलामा फैलाउन ‘पैकेलो’ को सहारा लिए। पैकेलो भनेका अद्वितीय क्षमता भएको एक ‘शक्तिमान’ स्थानीय सर्वसाधारण थिए। पैकेलोसँग जोडिएका साहस, बल, चातुर्य र योगदानका अनेक किस्सा छन्। कृतविर्य पनि भनिने उनलाई सम्मानका साथ ‘लछाल कृति पैकेलो’ भनेर चिनिन्छ।

विसं १०९८ को एउटा शिला प्रमाणअनुसार सुरुआती कालदेखि मार्सी धानको खेती वैज्ञानिक पद्धतिबाट गरिने चलन रहेको बुझिन्छ। हरेक वर्ष चैत १२ गते बीउ उमार्ने धान पानीमा भिझाइन्छ। चार दिनपछि चैत १६ गते पानीबाट उतारिन्छ र न्यानो ठाउँमा स्याहारेर उमार्न राखिन्छ। त्यसको ४ दिनपछि चैत २० गते उम्रेको धान बेर्नामा लगेर छरिन्छ। कर्णालीतिर बीउ छर्ने दिन चैत २० गते अर्थात् ‘बिसुआं’ एउटा ठूलै चाडका रुपमा मनाइन्छ। त्यो चलन अहिलेसम्म छ।

यो पद्दतिको ‘शक्ति’ कतिसम्म थियो भने, आधुनिक सञ्चार सुविधा नपुगुन्जेल यहाँका बासिन्दा परिवारको कोही सदस्य चैत १२ गतेसम्म परदेशबाट घर फ़र्किएन भने मर्यो कि ठूलै बिरामीले सिकिस्त भयो भन्ठान्थे। प्रायः यो विश्वास सत्य हुन्थ्यो।

खस साम्राज्य र त्यसअघिका राजाको राजभोजनको एउटा महत्वपूर्ण हिस्सा मार्सी चामल थियो। उतिबेला मार्सी धान फल्ने जिउलो आसपास राजधानी खडा गरिएका थिए। सिंजाको लुड्कु जिउलामाथि उत्तरपश्चिम लामाथडा, लाछु जिउला पारिपट्टि दक्षिणतर्फ सुनारगाउँ, जुम्लाबजार नजिकको जिउला उत्तरतिर छिनासिम आदि पुराना राज्यशक्तिका केन्द्र थिए। स्थानीय ती शक्तिकेन्द्रलाई करस्वरुप मार्सी धान बुझाउँथे।

राणा शासनकालपाला चन्द्रशमशेरको दरबारमा जुम्लाबाट दैनिक हुलाकमार्फत् केही माना चामल आउँथ्यो। त्यो क्रम जुद्धशमसेरको पालासम्म चल्यो। कसैकसैले त जंगबहादुरको पाला विसं १९०४ मै जुम्लाबाट मार्सी चामल आउँथ्यो र त्यो क्रम राणा शासनको अन्त्य अर्थात् मोहनशमशेरको पालासम्म रह्यो भन्छन्।

मार्सी चामल निरन्तर रुपले राणाको दरबारमा पठाउने क्रम भंग गर्नु पछाडि जुम्लाबाट निरंकुश ‘शक्ति’ विरुद्ध गरिएको विरोधको एक संकेत थियो पनि भनिन्छ। चन्द्रशमशेर र अरु दरबारियाहरु स्वादले वा स्वास्थ्यका कारण मार्सी चामलप्रति आकर्षित भए यकिन छैन। अचेल भने दुवै कारणले यो चामल लोकप्रिय हुँदैछ।

मार्सी चामल बजारमा उपलब्ध अरु चामलको तुलनामा महँगो छ। स्थानीयबाहेक अन्य सर्वसाधारणको चुह्लोमा यो चामलको भात पाक्न चाडपर्व कुर्नुपर्ला। त्यसैले सहरी जीवनमा यसको पहुँच क्रयशक्ति भएकाहरुमा सीमित छ। अचेल पैसावालहरुलाई अरु चामलको भात खान नमिल्ने रोगले च्याप्न थालेपछि विकल्पका रुपमा पनि मार्सी चामलको खोजी बढेको छ।

मार्सी धान संसारमै उच्च क्षेत्रमा फल्ने प्रजातिमध्ये पर्छ। जुम्लाको छुम्चौरको जिउलो संसारमै उच्चस्थान (समुद्र सतहदेखि करिब ३००० मिटर उचाइ) मा धान फल्ने ठाउँ हो। यो प्रजातिको धानमा अरु धानभन्दा कठिन हावापानीमा उम्रन सक्ने विशिष्ट गुण र उत्पादन ‘शक्ति’ निहित छ।

स्वादिलो र स्वास्थ्यवर्द्धक

सामान्यतया चिसो ठाउँमा फल्ने अन्न र फलफूल स्वादिला र पोषिला हुन्छन्। प्रतिकूल हावापानीसँग जुधेर फुल्न र फल्न ती अनाज र वनस्पतिमा निकै विशेष क्षमता विकास हुन्छ। यसले तिनमा अनेकन धातु लगायत सुक्ष्म पोषक तत्व सञ्चय हुन्छन्। जुन स्वाद र स्वास्थ्य निम्ति उपयुक्त मानिन्छन्।

मार्सी धानको चामल खैरो रङको हुन्छ। कसै कसैले रातो चामल पनि भन्छन्। लाभदायक पौष्टिक तत्वको मात्रा सेतो चामलको तुलनामा धेरै भएकाले यो स्वस्थकर मानिन्छ। खैरो चामलको भात खाएपछि बढ्ने ब्लड सुगर सेतो चामलको तुलनामा कम हुन्छ। खैरो चामलमा उच्च मात्रामा म्याग्नेसियम र फाइबर हुन्छ। यसले रगतमा सुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ। त्यस्तै यो चामलमा भएको एन्टिअक्सिडेन्ट गुण र ‘लिग्नान’ तत्वले रगतमा बोसो तत्व, रक्तचाप र धमनीहरुको सुजन घटाउन मद्दत गरी मुटुरोग, मधुमेह र मोटोपना जोखिम नियन्त्रण गर्छ।

मार्सी धानलाई प्रायः ओखलमा कुटेर चामल बनाउने भएकाले बोक्रामा निहित तत्व खेर जाँदैन। जुम्लामा उपलब्ध हुने मार्सी चामलमा भिटामिन र खनिजको मात्रा बजारमा उपलब्ध अरु चामलको तुलनामा उच्च पाइन्छ।

कर्णालीको चामल राजनीति र मार्सी चामल

चार दशकयताको कर्णाली राजनीतिमा ‘चामल’ एउटा अभिन्न तथा केन्द्रीय चुनावी एजेन्डा हुने गर्छ। कर्णाली लगायत कतिपय जिल्लामा राहत खाद्यान्न भित्रिन थालेपछि स्थानीयमा ‘सेतो चामल’ को भात खाने रहर बढ्यो। कर्णालीका नेताहरुको नेतृत्व क्षमता कसले कति क्विन्टल चामल आफ्नो ठाउँमा झार्न सके र कति थान ‘चामलको कुपन’ आफ्ना जनतालाई बाँड्न सक्षम भए भन्ने सूचकले निर्क्योल गर्थ्यो।

कर्णालीमा भोकमरी नभई ‘भातमरी’ छ पनि भन्ने गरिन्छ। पछिल्लो दशकमा कर्णाली सडकले जोडिएपछि धेरै ठाउँमा तराईबाट आउने थरीथरी सेता चिल्ला चामलका बोरा सस्तो र सहजै पुग्न थाले।

कर्णालीमा भात खाने चलन बढे पनि मार्सी चामलको भात भने प्रायः गाउँघरका अवसर र भतेरहरुमा सीमित हुँदै गयो। मार्सी धानको फाइदाबारे चर्चा गरिएन। परिकारमा विविधता आएन। उत्पादकत्व कम हुनु, बजार र बिक्री मूल्य नहुनुले स्थानीयमा यो धानको उत्पादन रुचि हट्यो।

चामल राजनीति अहिले पनि छ। पोहोर कर्णालीबासीलाई परिवारको जन्म र मृत्युमा २० केजी चामल दिने सरकारी घोषणाले निकै चर्चा बटुल्यो। विरोध गर्नेहरुले यो घोषणालाई कर्णालीको ‘इज्जत’ सँग जोडेर सरकारले बेइज्जत गर्यो पनि भने।

स्थानीय राजनीतिक चर्चामा स्थानीय उत्पादनको प्रवर्द्धन, खाद्य सुरक्षा, बजार व्यवस्था लगायत विषय खासै ‘एजेन्डा’ बनेनन्।

संरक्षणको पर्खाइ

यो एक जंगली प्रजातिको धान भएकाले अन्य कतिपय धानको तुलनामा रोग लाग्ने दर कम भएको ठानिन्छ। तै चालीसको दशकपछि विभिन्न रोगको आक्रमण देखिन थालेको पाइन्छ।

पचासको दशकमा ‘ब्लास्ट’ अर्थात् ‘मरुवा’ रोगको प्रकोपले पनि पटकपटक असर पारेको छ। विशेषगरी बीउ छान्ने प्रक्रियामै ध्यान नपुर्याउँदा यस्तो समस्या बेहोर्नुपरेको छ।

दशकौंदेखि कृषि अनुसन्धान परिषदले जुम्लामै कार्यालय राखेर पनि यी समस्या निवारण गर्न सकेको छैन। रोगप्रतिरोधी ‘उन्नत जात’ भनी सिफारिस गरिएका नयाँ धान केही वर्ष पनि टिक्न सकेका छैनन्। उल्टो यी प्रयासले रैथाने वास्तविक मार्सी धानलाई लोपोन्मुख हुन मद्दत गरिरहेका हुन सक्छन्। आयातित र हाइब्रिड बीउहरुले नश्लीय परिवर्तन गरिरहेको हुन सक्छ। यसको स्वतन्त्र अध्ययन गरी कृषि अनुसन्धानको नाउँमा हुन सक्ने असफल, अनुत्पादक र अनैतिक प्रयास रोक्न आवश्यक छ।

आम रूपमा जुम्ला लगायत कर्णालीका बस्ती डाँडाको काख वा फेदमा, हावा छेकिने तथा घाम पर्ने स्थानमा हुन्थे। त्यहाँ प्रायः घर एकापसमा जोडिएका हुन्थे। यसले मान्छे र गाईवस्तुलाई चिसोबाट बचाउने, थोरै जग्गामा धेरै बस्ती बस्न सक्ने, भिरालो ठाउँमा जोडिएर बनेका घरले अडेस दिने, जोडिएर बनेका घरका छतको बहुप्रयोग हुने र सँगै बस्दा ऐंचोपैंचो र साथ-सहयोग मिल्ने लगायत अनेकौं फाइदा मिल्थे।

कुलोबाट पानी लाग्ने खेत भएको ठाउँलाई ‘जिउलो’ भनिन्छ। जिउलो भएका बस्ती ‘समृद्ध’ मानिन्थे। लेक र भोटतिरका व्यापारी भेडा, घोडा, झोवा, चौंरी ल्याएर अन्न साट्न र किन्न आउँथे। अचेल स्वाभाविक रुपले त्यो व्यापारको चक्र फेरियो। अस्वाभाविक र अवैज्ञानिक ढंगले ती जिउलाहरु घडेरी बनेर मासिँदै छन्।

खेतीयोग्य जमिन मासिँदा मार्सी धान त लोप हुन्छ नै, पर्यावरणीय असन्तुलन पनि बेहोर्नुपर्छ। यसबारे न सरकार न त संस्थाहरुको चासो पुगेको छ। स्थानीय सरकारले नीति बनाएर कुलो लाग्ने खेतहरुमा भौतिक संरचना निर्माण गर्न पूर्ण बन्देज लगाउनुपर्छ।

विश्वको सबभन्दा उच्चस्थलमा धान फल्ने भनेर भनिएको ‘छुम्चौर’ को जिउलोमा अचेल धानभन्दा आलु धेरै फल्छ। कि त खेत बाँझो रहन्छ। रोपाइँको सिजनमा स्थानीयको चटारो यार्सा टिप्न जान हुन्छ। अरु जिउलाहरुमा खेत भागबन्डा गर्दा, बेचबिखन गर्दा टुक्रिएर स-साना टुक्रा ‘फोक्टा’ मा रुपान्तरण भैसके। कतिपय खेतमा त एकहल गोरु नअट्ने भैसके। ती खेतले लागतअनुसारको उत्पादन झन् घटाइरहेका छन्। भविष्यमा कतै यान्त्रिक पद्धतिको आधुनिक खेती प्रणाली सुरु गर्न सकिएछ भने ती खेतहरु कति उपयुक्त होलान्, विचारणीय छ।

२०६४ सालदेखि यो धान फल्ने ‘अर्ग्यानिक क्षेत्र’ घोषणा गरिएको छ। लुकिछिपी आउने अवैध किटनाशक विषादी र रासायनिक मल प्रयोग रोक्ने सशक्त निगरानी गरेको देखिँदैन। नयाँ बनेको प्रादेशिक सरकारले सम्पूर्ण प्रदेशलाई नै अर्गानिक प्रदेश बनाउने सोच राखेको त छ, तर व्यवहारमा कसरी लिन्छ हेर्न बाँकी छ।

मार्सी धान संरक्षणको पर्खाइमा छ। अचेल यो धानको बीउ नै संकटमा छ। उन्नत तरिकाले बीउ संकलन र सञ्चय गर्ने परिपाटी छैन। स्थानीयहरु साटफेर गरेर चलाइरहेका हुन्छन्। ती अन्य कुजातसँग मिसिएर अनुपयुक्त भैसकेको हुनसक्छ। स्थानीयमा आकर्षक बजार र उपयुक्त मूल्यको अभावमा उत्पादनमा अरुचि उत्पन्न भएको छ।

पोहोरबाट सरकारले मार्सी लगायत अरु रैथाने प्रजातिका धान खरिद गर्न थालेको त छ, तर दीर्घकालीन प्रभाव पर्ने गरी उत्पादन प्रवर्द्धन गरिएको छैन।

अनाजमा सह लुकेको हुन्छ। आफैंले अन्नपात फलाउनेहरु आत्मनिर्भर हुन्छन्। यसले आत्मविश्वास बढ्छ। यो नै समृद्धिको एक द्योतक हो। तसर्थ मार्सी धानको संरक्षण कर्णालीको वैभव र समृद्धिसँग जोडिएको मुद्दा हुनु आवश्यक छ।

अहिले डा. केसी जुम्लामा अनसनरत छन्। एउटा सत्याग्रही सकुशल र स-सम्मान घर फर्कियोस् भनी सबैतिरबाट चाहना र कामना व्यक्त भैरहेको छ। यसपाला मार्सी चामलको भात खुवाएर उनको अनशन तोडाउन पाए …!

(लेखक चौलागाईं जुम्लाको तातोपानी गाउँपालिका, लाम्राका बासिन्दा हुन्।)    सेतोपाटि   बाट

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्यामा पुर्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। पहिलेको सफलताले भने हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला। अर्थअभाव खट्किनाले काममा बाधा आउन सक्छ। फाइदाका पछि लाग्दा समस्या आउन सक्छन्। आवश्यक पर्दा सरसापटबाट धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुने समय छ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। (नेपाली पात्रो)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। (नेपाली पात्रो)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि धनसञ्चय र कर्मनिश्चय गर्ने समय छ। (नेपाली पात्रो)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। स्वास्थ्य प्रतिकूल रहनेछ भने गरेका कामबाट पनि तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने हुन सक्छ। अध्ययनमा त्यति धेरै समय दिन नसकिएला। श्रम र लगानीका तुलनामा व्यावसायिक प्रतिफल कम मात्र हातलागी हुनेछ। (नेपाली पात्रो)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तर प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। सुन्दर अलंकार वा अन्य विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। भौतिक साधनमा खर्च बढ्नेछ। (नेपाली पात्रो)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। (नेपाली पात्रो)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। कर्मक्षेत्रका बाधा हट्नेछन् र नयाँ कामतर्फ आकर्षित भइनेछ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। लगनशीलताले काम सम्पादन हुनेछ। (नेपाली पात्रो)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। साझेदारीको सम्झौता भंग हुन सक्छ। तत्कालको फाइदा हेर्दा घाटा हुन सक्छ। (नेपाली पात्रो)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइको सहयोगले काम सम्पादन हुनेछ। दिगो फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। स्वयं आँट गर्न नसक्दा अरूको सहयोग आवश्यक पर्नेछ। तर, अरूको मात्र भरपर्दा काम अधुरो रहनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। (नेपाली पात्रो)
काठमाडौंः यसै महिनाको अन्त्यमा हुन गइरहेको चीनका राष्ट्रपति सी जिनपिङको औपचारिक नेपाल भ्रमणको व्यापक तयारी भएको छ । सरकारको विशिष्ट…
काठमाडौंः नेपाल आयल निगमले दशैंका अवसरमा काठमाडौँ उपत्यकालगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने स्पष्ट पारेको छ । पेट्रोलियम पदार्थको…
काठमाडौंः सभामुख पदबाट राजिनामा दिनुभएका कृष्णबहादुर महराबाट आफूमाथि दुर्व्यवहार भएको भनिएकी संसद् सचिवालयमा कार्यरत एक महिलाले आफूमाथि कुनै दुर्व्यवहार नभएको…
काठमाडौंः दशैंलगायतका चाडपर्व नजिकिँदै गर्दा बजारमा उपभोग्य सामानको मूल्य निकै आकासिएको छ। बजार अनुगमनमा प्रदेश तथा स्थानीय सरकारको उपस्थिति नभएकाले…
काठमाडौंः वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल पेस गरेका छन्। २०७६ असारमा…
काठमाडौंः प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि ‘यौन दुव्र्यवहार’ गरेको विषय सोमबार साँझ एक कान, दुई कान…